Techie IT
२०८२ कात्तिक ११, सोमबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनसुजाता र अमृतको ‘आलु तामाले’ सार्वजनिक

सुजाता र अमृतको ‘आलु तामाले’ सार्वजनिक


काठमाडौँ । गायिका सुजाता केसीको नयाँ लोकदोहोरी गीत ‘आलु तामाले’ सार्वजनिक गरिएको छ । रोमान्टिक शैलीमा तयार गीतमा गायिका केसीलाई गायक अमृत खातीले स्वरमा साथ दिएका छन् ।

एक अर्कोलाई मनपराउने केटा र केटीले एक अर्कोको आमाले आफुलाई स्वीकार नगरेको कुरा गीतमा गरिएको छ । गायक अमृत खातीकै शब्द, दीप शंकर चौलागाइको संगीत रहेको गीतको एरेन्ज बिनोद बाजुरेलीले गरेका हुन् ।

गीतको आकर्षक भिडियो पनि निर्माण भएको छ । जसमा गायिका केसी र काजिस श्रेष्ठको नृत्य देख्न सकिन्छ । डान्सिङ शैलीमा तयार गीतको भिडियोमा केही कोरस समेत प्रयोग भएको छ ।

सुशिल शर्माको निर्माण रहेको भिडियोमा दुर्गा पौडेलको छायांकन, विकाश ज्ञवलीको सम्पादन छ । भिडियोलाई काजिस श्रेष्ठले निर्देशन गरेका हुन् । भिडियो गायिका केसीको आफ्नै अफिसियल युट्युब च्यानल सुजाता केसीबाट सार्वजनिक भएको छ । गीत श्रोता तथा दर्शकले रुचाउने विश्वास गायिका केसीले लिएकी छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

‘बलिदान’को ओएसटी गीत ‘यो ज्यान बलिदान’ सार्वजनिक, मातृभूमिप्रति पुत्रको भावनात्मक…

काठमाडौं । नेपाली चलचित्र उद्योगमा सर्वाधिक प्रतीक्षा गरिएको चलचित्र’बलिदान’को ओएसटी गीत सार्वजनिक गरिएको छ। लिरिकल शैलीमा रिलिज गरिएको ‘यो ज्यान

बल्छी धुर्बेले सुरु गरे चलचित्र ‘गोबर गणेश’को छायांकन

काठमाडौं । चलचित्र ‘गोबर गणेश’को शुभमुहूर्त गरिएको छ । काठमाडौंको म्हेपी मन्दिर परिसरमा आज चलचित्रको शुभमुहूर्त गरिएको हो । शुभमुहूर्तमा

चलचित्र ‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरू’मा जनै कसरी हराउँछ ?

काठमाडौं । भदौ ६ गते रिलिज हुने चलचित्र ‘जनै हराएको मान्छे :सम्बन्धका धागाहरू’को कथामा के छ भन्नेमा धेरैलाई चासो छ

‘शिवांश : च्याप्टर–१’को छायांकन सम्पन्न

काठमाडौँ । चलचित्र ‘शिवांश : च्याप्टर–१’को छायांकन सम्पन्न भएको छ । जेठको पहिलो साता पोखराको लामाचौर स्थित अकला मन्दिरमा पूजा

‘रियाल रिङ्गेट’को बिदेसिएका युवाको चित्कार बोल्ने गीत ‘आमा’ सार्वजनिक

काठमाडौँ । यही श्रावण १६ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘रियाल रिङ्गेट’ को नयाँ गीत ‘आमा’ सार्वजनिक भएको

‘अभिमन्यु : च्याप्टर १’को मोसन टिजर सार्वजनिक

काठमाडौँ । चलचित्र ‘अभिमन्यु : च्याप्टर १’को मोसन टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले मंगलबार मोसन टिजर सार्वजनिक गरेको हो

Techie IT