Techie IT
२०८१ जेठ ३, बिहीबार
NepaliPatra logo
गृहपृष्ठनेपालइलाममा सुरुभयो अन्तु पर्यटन महोत्सव

इलाममा सुरुभयो अन्तु पर्यटन महोत्सव


काठमाडौँ । इलामको अन्तुलाई पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यले सूर्योदय नगरपालिका– ४ स्थित अन्तुमा आजदेखि ‘अन्तु पर्यटन महोत्सव’ आयोजना हुँदै छ । सूर्योदय नगरपालिकाको आयोजनामा दुईदिने पर्यटन महोत्सव आयोजना गर्न लागिएको आयोजक समिति संयोजक तथा नगरका उपप्रमुख दुर्गाकुमार बरालले बताए ।

उपप्रमुख बरालका अनुसार महोत्सवको पहिलो दिन आज ‘सूर्योदय आइडल’को ‘ग्रान्ड फिनाले’, विभिन्न खाद्य परिकारका स्टल, दीपावली र सांगीतिक कार्यक्रम राखिएको छ । महोत्सवको दोस्रो दिन भोलि अन्तुडाँडाबाट सूर्योदय अवलोकन, शुभकामना आदान–प्रदान, लोपोन्मुख लाप्चा जातिको वेशभूषा प्रदर्शन, विभिन्न जातजातिको सांस्कृतिक झाँकी प्रदर्शन, खाद्य परिकारका स्टल, ‘सूर्योदय आइडल’को विजेता घोषणा, पुरस्कार वितरण र सांगीतिक कार्यक्रमलगायत राखिएको बरालले जानकारी दिए। ‘सूर्योदय आइडल’को ग्रान्ड फिनालेमा आठजना प्रतिस्पर्धीबाट विजेता छनोट गरिनेछ ।

महोत्सवमा कलाकार यम बराल, भूपेन्द्र राई, पूजन प्रधान, गणेश पराजुली, शोभा पराजुली, फुटी शेर्पालगायतको प्रस्तुति रहनेछ। महोत्सवका अवसरमा नगरपालिकाले लागुपदार्थ दुर्व्यसनी, मदिरा तथा सुर्तीजन्य वस्तुको नियन्त्रण तथा व्यवस्थापनसम्बन्धी सन्देशमूलक कार्यक्रम राखेको बरालले जानकारी दिए ।

महोत्सवमा आउने पर्यटकका लागि अन्तुमा रहेका ६६ वटा घरवास, निजी ढंगले चलेका होटेल र कटेजमा गरी पाँच हजारजनाले रात बिताउन सक्ने गरी व्यवस्थापन गरिएको संयोजक बरालले बताए । महोत्सव अवधिभर १० हजार पर्यटक भित्रिने अपेक्षा गरिएको उनको भनाइ छ । महोत्सव आयोजना गर्न रु। १० लाख खर्च हुने आयोजकको अनुमान छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

प्रतिनिधिसभा बैठक अपरान्ह ४ बजेसम्मका लागि सर्‍यो

काठमाडौँ । प्रतिनिधि सभाको बैठक बिहीबार अपराह्न चार बजेका लागि सारिएको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक ४

मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत प्राप्त गरेका छन् । प्रदेश सभाको जम्मा २८ जना प्रदेश सभा

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बिहीबार दिउँसो १ बजेका लागि मन्त्रिपरिषद्को नियमित बैठक बोलाइएको

कांग्रेससँग सहमतिको प्रयास भइरहेको भन्दै बैठक ढिला गर्न सभामुखलाई प्रधानमन्त्रीको…

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सभामुख देवराज घिमिरेलाई टेलिफोन गरि कांग्रेससँग सहमतिको प्रयास भइरहेकाले संसद बैठक केहीबेर ढिला गर्न

नक्कली डाक्टरसहित दुई जना पक्राउ

डोटी । जिल्ला प्रहरी कार्यालय डोटीले नक्कली डाक्टरलाई पक्राउ गरेको छ । प्रहरीले डोटीको राजपुरमा स्वास्थ्य शिविर सञ्चालन गरी ठगी

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिने

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश

Techie IT