Techie IT
२०८१ वैशाख २२, शनिबार
NepaliPatra logo
गृहपृष्ठखेलअपराजित रहँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

अपराजित रहँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा


काठमाडौँ । नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ । साउदी अरेवियालाई ६ विकेटले हराउँदै नेपालले सेमिफाइनलमा स्थान बनाएको हो ।

पानी परेपछि आठ ओभरमा झारिएको खेलमा साउदीले नेपाललाई ७४ रनको लक्ष्य दिएको थियो । ७४ रनको लक्ष्य नेपालले चार बल बाँकी छँदै चार विकेट गुमाएर भेटायो ।

नेपालका लागि गुल्सन झाले अविजित २८ र कप्तान रोहित पौडेलले १६ रन बनाए । साउदीका इस्तिक अहमदले दुई विकेट लिए ।

यसअघि ओमनले छ विकेट गुमाएर ७३ रन बनाएको थियो । उसका लागि अब्दुल वासिदले १६ बलमा ३७ रन बनाए । अरू कुनै खेलाडीले पनि दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालका करण केसी र अविनाश बोहराले सामान दुई तथा प्रतिश जिसी र ललित राजवंशीले सामान एक विकेट लिए ।

आजको नेपालको जीतले हङकङ पनि उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ । सेमिफाइनलमा पुग्न आज साउदीले नेपाललाई हराउनैपर्ने थियो तर साउदी नेपालसँग हार्दा हहङकङ सेमिफाइनलमा पुगेको हो ।

त्यस्तै, हङकङले मलेसियालाई सात विकेटले पराजित गरेको छ । मलेसियाले दिएको एकसय ४१ रनको लक्ष्य हङकङले १२ ओभर एक बलमा तीन विकेट गुमाएर पूरा गर्‍यो । सेमिफाइनलका खेल शुक्रवार, तेस्रो स्थानको खेल शनिवार र फाइनल खेल आइतवार हुनेछ । यो प्रतियोगिताको उपाधि विजेता टोलीले एशिया कप खेल्न पाउनेछ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

कर्पोरेट सुपर सिक्सेस सिजन-७ को तयारी पूरा

काठमाडौँ । आइतबारदेखि सुरु हुने तीनदिने कर्पोरेट सुपर सिक्सेस सिजन–७ को तयारी पूरा भएको छ । आयोजकद्वय एसएस एभेन्ट्स प्राली

वेस्ट इन्डिज ‘ए’ ले १ खेलअघि नै शृङ्खला जित्याे

काठमाडाैँ । वेस्ट इन्डिज ‘ए’ सँगकाे टी–२० क्रिकेट शृङ्खलाकाे चाैथाे खेलमा नेपाल २८ रनले पराजित भएकाे छ । वेस्ट इन्डिज

एआईपीएस एसियाको कंग्रेस नेपालमा हुने

काठमाडौँ । एसियाली खेलकुद पत्रकार महासंघ (एआईपीएस एसिया)को २५औँ कंग्रेस आउँदो भदौ अन्तिम हप्ता नेपालमा हुने भएको छ । स्पेनको

वेस्ट इन्डिज ‘ए’ ले दियाे नेपाललाई २१० रनकाे लक्ष्य

काठमाडौँ । टी– २० क्रिकेट शृङ्खलाको चौथो खेलमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई २१० रनको लक्ष्य दिएको छ । कीर्तिपुरको

नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै वेस्ट इन्डिज ‘ए’

काठमाडौँ । वेस्ट इन्डिज ‘ए’ र नेपालबीचको पाँच खेलको टी– २० सिरिजको चौंथो खेलमा पनि वेस्ट इन्डिज ‘ए’ ले टस

विश्वकप खेल्ने नेपाली टोली घोषणा

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले ट्वान्टी–२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा गरेको छ । बुधबार क्यानले टिमको घोषणा गरेको

Techie IT