Techie IT
२०८१ जेठ ३, बिहीबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियआजबाट भारतमा आमनिर्वाचन हुँदै

आजबाट भारतमा आमनिर्वाचन हुँदै


एजेन्सी । भारतमा आजबाट आमनिर्वाचन हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका लागि सात चरणमा मतदान हुनेछ ।

शुक्रबार आज पहिलो चरणमा २१ राज्य र केन्द्र शासित प्रदेश गरी १ सय २ सिटको लागि मतदान हुनेछ । तमिलनाडुको सबै ३९ सिटमा पहिलो चरणमा निर्वाचन हुँदैछ ।

यस्तै उत्तर प्रदेशका ८, उत्तराखण्डका ५ र पश्चिम बंगालका तीन लोकसभा सिटका लागि पनि पहिलो चरणमा मतदान हुने कार्यक्रम छ । राजस्थानका १२ सिटका लागि पनि आजै मतदान हुनेछ ।

अरुणान्चलका २, असमका ५, बिहारका ४, छत्तीसगढका १, मध्य प्रदेशका ६, महाराष्ट्रका ५, मणीपुरका २, मेघालयका २, मिजोरम, नागाल्याण्ड, त्रिपुरा, सिक्किम, जम्मु काश्मीर, लक्षदीप, अण्डमान, निकोबार र पुण्डुचेरी हरेकमा एक सिटका लागि आज मतदान हुँदैछ ।

भारतको यो निर्वाचनलाई विश्वभर निकै चासोका साथ हेरिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदी तेस्रो कार्यकालका लागि बहुमत जुटाउने अभियानमा रहेका छन् भने विपक्षी भारतीय कांग्रेसका नेता राहुल गान्धी मोदीको विरासत तोड्ने अभियानमा छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

भ्लादिमिर पुटिन र सी जिनपिङबीच भेटवार्ता

काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ समकक्षी सी जिनपिङबीच भेटवार्ता भएको छ । सीलाई भेट्न पुटिन बेइजिङ पुगेका

नरेन्द्र मोदीको सम्पत्ति ३ करोड

काठमाडौँ । प्रधानमन्त्री नरेन्द्र मोदीको चुनावी शपथपत्र अनुसार उनको सम्पत्ति ३ करोड रुपैयाँभन्दा बढी रहेको छ । यसमध्ये धेरैजसो रकम

क्रुज जहाजमार्फत चीन प्रवेश गर्ने पर्यटकलाई भिसा मुक्त प्रवेश अनुमति

काठमाडौँ । चीनले बुधबार समुद्री तटमा रहेका सबै क्रुज जहाज बन्दरगाहहरू हुँदै भित्रिने विदेशी पर्यटकलाई भिसा–मुक्त प्रवेशको अनुमति दिने नीति

मुम्बईमा होर्डिङबोर्ड खस्दा १४ जनाको मृत्यु

काठमाडौँ । भारतको मुम्बईमा होर्डिङ बोर्ड खसेर च्यापिँदा १४ जनाको मृत्यु भएको छ । मुम्बईको घाटकोपरस्थित समता कोलोनी नजिक एक

भारतमा चौथो चरणको मतदान जारी

एजेन्सी । भारतमा लोकसभा निर्वाचनअन्तर्गत आज चौथो चरणको मतदान भइरहेको छ । आज १० राज्य र केन्द्रशासित प्रदेशका ९६ सिटका

गाजामा सैन्य कारबाहीलाई तीव्र पार्दै इजरायल

एजेन्सी । इजरायलले दक्षिणी गाजामा सैन्य कारबाहीलाई तीव्र पार्दै हजारौं प्यालेस्टाइनीहरूलाई रफाह छोड्न अपील गरेको छ । इजरायली सेनाले इजरायलले

Techie IT