Techie IT
२०८२ असार २०, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालकला, संस्कृति संरक्षण गर्ने ऐन तत्काल बनाउने मुख्यमन्त्री जम्कट्टेलकाे घोषण

कला, संस्कृति संरक्षण गर्ने ऐन तत्काल बनाउने मुख्यमन्त्री जम्कट्टेलकाे घोषण


काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले कला, संस्कृति संरक्षण गर्ने ऐन तत्काल बनाउने घोषण गरेका छन् । नेवाः राष्ट्रिय मुक्ति मोर्चा नेपालसँग आइतबार हेटौँडामा भएको छलफलमा मुख्यमन्त्री जम्कट्टेलले बागमती प्रदेशभित्र रहेका कला, संस्कृति संरक्षण गर्ने ऐन आगामी साउन, भदौभित्र पास गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाए ।

सरकारको मूल कामको रूपमा लैजानका लागि र वार्षिक रूपमा बजेट छुट्याएर जानका लागि ऐन बनाएर काम गर्नुपर्ने उनको भनाइ छ । भाषा विधेयक पास गरेर कार्यान्वयनको चरणमा रहेको बताउँदै उनले वैशाख २४ गते बाट कार्यान्वयनको घोषणाको तयारी गरिएको बताए ।

बागमती प्रदेशमा बहुसङ्ख्यकले बोल्ने तामाङ र नेपाल (नेवारी) भाषालाई सरकारी कामकाजको रूपमा कार्यान्वयन भएको घोषणा गरिने छ । भाषा विधेयकलाई कार्यान्वयन गर्न विज्ञ समूह बनाएर ११९ स्थानीय तह र ११२१ वडामा कार्यान्वयनमा लैजाने गरी अगाडि बढाउने तयारी गरिएको छ ।

भाषा विधेयक कार्यान्वयन भएर अगाडि गएपश्चात् नयाँ जागरण पैदा गर्ने र धेरै समस्याहरू हल हुने उहाँको विश्वास छ । सङ्घीयता कार्यान्वयनको महत्त्वपूर्ण पक्षका रूपमा भाषा विधेयकलाई मुख्यमन्त्रीले औँल्याएका छन् । ‘‘विधेयक तयार गरेर संसद्ले पास गरेर अब कार्यान्वयनमा जार्दै छौँ,’’ उनले भने ।

नेपालको सम्पदा र सभ्यताको विकासको मूल पक्ष काठमाडौँ उपत्यकाको नेवा सभ्यता भएको उनको भनाइ छ । उनले हाम्रो सभ्यताको विकास नै नेवा सभ्यताबाट भएको स्पष्ट पारे । नेवा सभ्यतासँग जोडिएका धेरै कुरा धराशायी हुँदै गइरहेको छ, सङ्घीय शासन प्रणालीमा जोडिएसँगै हिजोको सभ्यताको खोजतलास गर्न र विकासका लागि कानुन आवश्यक भएकाले सभ्यता, कलासंस्कृतिको संरक्षण गर्न विना कानुन नसकिने उनले स्पष्ट पारे ।

त्यस्तै संस्कृति, पर्यटन तथा सहकारी मन्त्री शैलेन्द्र मान बज्राचार्यले भाषा, कला, संस्कृतिलाई जोगाउन, संरक्षण गर्न सबै एक ढिक्का भएर लाग्नुपर्ने बताए । उनले सबैको लिपि, भाषा, संस्कृति, परम्परा महत्त्वपूर्ण भएकाले संरक्षण गर्नुपर्नेमा जोड दिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नेपालमा डेङ्गु सङ्क्रमणले भयावह रूप लिनसक्ने चेतावनी

काठमाडौं । सरकारले यस वर्ष नेपालमा डेङ्गु सङ्क्रमणले भयावह रूप लिनसक्ने चेतावनी दिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा

नेपालमा लगानी गर्न स्पेनका व्यवसायीलाई प्रधानमन्त्री ओलीको आग्रह

स्पेन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी विस्तार गर्न स्पेनका उद्यमी र व्यवसायीलाई आग्रह गरेका छन् । स्पेनमा रहेकाे

आगामी वर्ष २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने सरकारको…

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य लिएको छ । शहरी विकास मन्त्रालयले

कर्णालीमै पहिलोपटक वृतिमार्ग निर्देशन तथा रोजगार मेला

सुर्खेत । कर्णाली प्रदेशमा पहिलोपटक वृत्तिमार्ग निर्देशन तथा रोजगार मेला, २०८२ आयोजना हुने भएको छ । प्रदेश सरकार सामाजिक विकास

६ महिनामा साढे पाँच लाख पर्यटकद्वारा नेपाल भ्रमण

काठमाडाैँ । सन् २०२५ को पहिलो ६ महिनामा साढे पाँच लाखभन्दा बढी विदेशी पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन

ताप्लेजुङमा पहिरोले घर पुरिँदा ५ जना घाइते

ताप्लेजुङ । ताप्लेजुङको सिदिङबा गाउँपालिकाको आङखोपमा पहिरोले घर पुरिँदा पाँच जना घाइते भएका छन् । हस्तबहादुर कटुवालको घर पहिरोले पुरिँदा

Techie IT