Techie IT
२०८२ असार ३, मंगलबार
NepaliPatra logo
गृहपृष्ठनेपालभारतद्वारा एकीकृत जाँच चौकी नेपाललाई हस्तान्तरण

भारतद्वारा एकीकृत जाँच चौकी नेपाललाई हस्तान्तरण


काठमाडौँ । उद्घाटन भएको करिब एक वर्षपछि भारत सरकारले नेपालगन्जमा निर्माण गरिएको एकीकृत जाँच चौकी (आइसीपी) नेपाललाई हस्तान्तरण गरेको छ ।

गत जेठ २० गते नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमण गरेको बेला भारतको नयाँ दिल्लीबाट दुबै देशका प्रधानमन्त्रीहरु नरेन्द्र मोदी र प्रचण्डले सो आइसीपीको संयुक्त रूपमा उद्घाटन गर्नु भएको थियो । तर, निर्माणका धेरै काम पुरा नभएकोले भारतले नेपाललाई हस्तान्तरण गरेको थिएन ।

हाल आएर निर्माणका सबै काम करिब सम्पन्न भइसकेको र आइसीपी सञ्चालनका लागि चौतर्फी दबाब सृजना भएपछि भारतले नेपाललाई हस्तान्तरण गरेको नेपाल इन्टर मोडेल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष् गजुरले बताए ।

उनका अनुसार भारत सरकारको निर्माण परियोजना राईटस लिमिटेडका महाप्रबन्धक गुलाब प्रजापतिले एक समारोहका बिच नेपाल सरकारको सङ्घीय आयोजना कार्यान्वयन इकाई बाँकेका प्रमुख विजय केशर खनाललाई आइसीपी हस्तान्तरण गरे ।

भारतबाट आइसीपी हस्तान्तरण भए लगत्तै सङ्घीय आयोजना कार्यान्वयन इकाई बाँकेका प्रमुख खनालले आइसीपीलाई नेपाल इन्टर मोडेल यातायात विकास समितिका निर्देशक युवक डङ्गोललाई हस्तान्तरण गरे ।

नेपाल इन्टर मोडेल यातायात विकास समितिले आइसीपी सञ्चालनको जिम्मा पाएको टिआरएस एटलस लोजिकपाट प्रालिका प्रतिनिधि अमित गुप्तालाई हस्तान्तरण गरेर छिटो भन्दा छिटो सञ्चालनमा ल्याउन आग्रह गरेको छ । १५ दिनभित्र आइसीपी सञ्चालनमा ल्याउने गरी तयारी सुरु गरिएको टिआरएस एटलस लोजिकपाट प्रालिका प्रतिनिधि गुप्ताले बताए ।

भारत सरकारको सहयोगमा सन २०२० नोभेम्बर २५ देखि निर्माण सुरु भएर २०२३ जुन ३ मा उद्घाटन गरिएको सो जाँच चौकीको निर्माण करिब दुई अर्ब भारतीय रुपियाँको लागतमा राजदीप बिल्डकन निर्माण कम्पनीले गरेको हो ।

नेपाल भारत सिमानाको रुपैडिहा र नेपालगन्जमा ८८ बिघा क्षेत्रमा फैलिएको आइसिपीमा भन्सार, अध्यागमन, प्लान्ट तथा पशु क्वारेनटाइन, बैङ्क, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, नेपाल प्रहरी र सशस्त्र प्रहरीको ब्यारेक लगायत कर्मचारीहरूको आवास गृहको पनि निर्माण गरिएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

खेती गर्ने समयमा यो वर्ष पनि रासायनिक मल अभाव

काठमाडौं । खेती गर्ने समयमा यो वर्ष पनि किसानले मल अभाव झेल्नुपरेको छ । बर्खे धान रोपाइँ र मकै खेतीका

हेवा खोलामा बेलिब्रिज खस्दा घाइते भएका ३ जना मजदुरको मृत्यु

पाँचथर । पाँचथरको हेवा खोलामा बन्दै गरेको बेलिब्रिज खस्दा घाइते भएका ३ जना मजदुरको मृत्यु भएको छ। मेची राजमार्गस्थित पाँचथरको

अत्यधिक गर्मी बढेपछि बेलौरीमा दुई दिन विद्यालय बिदा

कञ्चनपुर । बेलौरी नगरपालिकाले अत्यधिक गर्मी बढेपछि दुई दिन विद्यालय बिदा दिने निर्णय गरेको छ । गर्मीका कारण शिक्षक, विद्यार्थी

म्याग्दीको विकट गाउँ पात्लेका १२२ घरपरिवारलाई खानेपानी सुविधा

म्याग्दी । मालिका गाउँपालिका–३ पात्लेमा ‘एक घर, एक धारा’ को सुविधा पुगेको छ । ६५ लाख ५७ हजार दुई सय

म्याग्दीको डाडागाउँमा ‘एक घर, एक धारा’

म्याग्दी । मालिका गाउँपालिका–३ मा एक करोड १० लाखको लागतमा निर्माण भएको डाडागाउँ बोक्रे खानेपानी, सरसफाइ तथा स्वच्छता आयोजनाबाट दुई

अमेरिकामा नेपाली आप्रवासीलाई दिँदै आएको टीपीएस सुविधा खारेज

एजेन्सी । अमेरिकी ट्रम्प प्रशासनले नेपाली आप्रवासीलाई दिँदै आएको टेम्पररी प्रोटेक्टेड स्ट्याटस (टीपीएस) सुविधा २०२५ अगस्ट ५ मा अन्त्य हुने

Techie IT