Techie IT
२०८१ वैशाख २४, सोमबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिइलाम २ मा आजपाको समर्थन डकेन्द्रलाई

इलाम २ मा आजपाको समर्थन डकेन्द्रलाई


काठमाडौँ । प्रभु शाह नेतृत्वको आम जनता पार्टी (आजपा) ले इलाम–२ मा हुने उपनिर्वाचनमा पहिचानवादीका उम्मेदवार डकेन्द्रसिंह लिम्बुलाई समर्थन गर्ने भएको छ ।

प्रवक्ता चन्द्र भूषण साहले मुढा चुनाव चिन्ह लिएर ठूला दललाई चुनौती बनेका लिम्बुलाई पार्टीको तर्फबाट समर्थन गर्ने निर्णय भएको जानकारी दिए ।

अहिलेको उपनिर्वाचन परिणामले संसदीय अङ्कगणितमा खासै फरक नपारे पनि राजनीतिक मुद्दाहरूको बहस र संघर्षमा विशेष प्रभाव राख्ने भएकाले आजपाले गम्भीरतापूर्वक लिन मतदातालाई आह्वान गरेको छ । लिम्बुलाई यसअघि नै उपेन्द्र यादव नेतृत्वको जसपा, बाबुराम भट्टराई नेतृत्वको नेसपा, धरान उपमहानगरका प्रमुख हर्क साम्पाङलगायतले समर्थन जनाएका छन् ।

इलाम दुईमा एमालेको तर्फबाट सुहाङ नेम्वाङ, कांग्रेसबाट डम्बर खड्का, रास्वपाबाट मिलन लिम्बू प्रतिस्पर्धामा छन् । इलाम क्षेत्र २ मा संविधानसभा अध्यक्ष तथा एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन भएपछि रिक्त स्थानमा यहि बैशाख १५ गते उपनिर्वाचन हुन लागेको हो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

सिटिजन्स लाइफले प्रिमियममार्फत् उठाएको पैसाबाट लाभांश दिने

काठमाडौँ । सिटिजन्स लाइफ इन्स्योरेन्सले प्राथमिक सेयरमार्फत् प्रिमियमा उठाएको पैसाबाट लाभांश दिने भएको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समितिको

संसदीय दलका सम्बन्धमा चलाइएको हल्ला गलतः एकीकृत समाजवादी

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले संसदीय दलका सम्बन्धमा चलाइएको हल्ला गलत रहेको समेत जनाएको छ । सोमबार नयाँ बानेश्वरस्थित संघीय

अशाेक राई नेतृत्वकाे नयाँ दल निर्वाचन आयाेगमा दर्ता

काठमाडौँ । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट विभाजन भएर बनेको नयाँ दल जनता समाजवादी पार्टीलाई दलको मान्यता दिएको

कान्तिपुर सिनेमाजबाट सर्टफिल्म ‘भाउ’ रिलिज, युट्युबमा टिजर

काठमाडौँ । विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरुमा छनोट भएको सर्टफिल्म ‘भाउ’ (कस्ट अफ लिभिङ) कान्तिपुर सिनेमाज् ओटीटी प्लेटफर्ममार्फत् सार्वजनिक भएको छ

शेयर बजारमा दोहोरो अङ्कको गिरावट

काठमाडौँ । आज सोमबार पनि शेयर बजार उच्च अङ्कले घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज १५

जसपा विभाजन भएको छैनः जसपा नेपाल प्रवक्ता

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टी विभाजन नभएको दाबी गरेको छ । पार्टीका प्रवक्ता मनिष सुमनले सोमबार एक

Techie IT