Techie IT
२०८२ असार २, सोमबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिरुसी सेनामा गएका नेपालीको अवस्थाबारे परराष्ट्रले जवाफ दिनुपर्छ: प्रदीप पौडेल

रुसी सेनामा गएका नेपालीको अवस्थाबारे परराष्ट्रले जवाफ दिनुपर्छ: प्रदीप पौडेल


काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले रुसी सेनामा भर्ना भएका नेपालीको अवस्थाबारे परराष्ट्र मन्त्रालयले समितिमा जवाफ दिनुपर्ने माग गरेका छन् । मन्त्रालयले सबै नेपालीलाई स्वदेश ल्याउनुपर्नेमा जोड दिँदै त्यहाँ मारिएका तथा सम्पर्कविहीन भएकाको तथ्यांक परराष्ट्र मन्त्रालयले उपलब्ध गराउनुपर्ने पौडेलको धारणा छ ।

बुधबार प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा ध्यानाकर्षण पत्र दायर गर्दै उनले रुसी सेनामा भर्ना भएका,त्यहाँ ज्यान गुमाएका तथा परिवारको सम्पर्कमा नआएका नेपालीको यकिन तथ्यांक उपलब्ध गराउन समितिको ध्यानाकर्षण गराएका हुन् ।

नेपाल र रुस दुवै देशको कानूनले नेपाली युवालाई रुसी सेनामा भर्ती हुने अनुमति नदिए पनि अध्ययन, भ्रमण भिसा वा अन्य अनौपचारिक माध्यमबाट गएका धेरै नेपालीहरु रुसी सेनामा भर्ना भएको औपचारिक तथा अनौपचारिक रुपमा विवरणहरु बाहिर आइरहेको भन्दै नेता पौडेलले सो बारे सरकारले के गर्दै छ भनेर दर्ता गराएको पत्रमा प्रश्न गरेका छन् ।

‘यस सन्दर्भमा परराष्ट्र मन्त्रालयले के कस्तो पहलकदमी गरेको छ रु यति ठुलो संख्यामा नेपाली नागरिक रुसी सेनामा भर्ती भएको अवस्थामा समेत नेपाल सरकारसँग रुसी सेनामा भर्ना भएका नेपाली नागरिकको यकिन संख्या समेत हालसम्म उपलब्ध नहुनुले सरकारको कूटनीतिक पहलमा कमजोरी रहेको देखिन्छ’ दर्ता गरिएको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

रुसी सेनामा भर्ना भएका नेपालीका परिवारका सदस्य र आफन्तहरूले अवस्था तनावयुक्त रहेको उल्लेख गरेका पौडेलले सडक देखि संसदसम्म सो विषयमा आवाज उठाउँदा समेत सरकार गम्भीर नभएको आरोप लगाएका छन् ।

‘यस्तो गम्भीर विषयलाई समेत नेपाल सरकारले वेवास्ता गरेको देखिन्छ । पटक पटक सरोकारवालाहरूले ध्यानाकर्षण गराउँदा समेत नेपाल सरकारले यस विषयलाई लिएर गम्भीर नभएको हुँदा प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १७३ बमोजिम यस समिति अन्तर्गत पर्ने परराष्ट्र मन्त्रालयको सम्बन्धित मन्त्री एवम् जिम्मेवार अधिकारीलाई समितिमा बोलाई नियमावलीको नियम १७८ बमोजिम रुसी सेनामा भर्ती भएका नेपाली नागरिकको अवस्था उनीहरूको सुरक्षा र नेपाल फिर्ता गराउन सरकारले गरेको पहल बारे समितिमा जानकारी गराउन र तदारुकताका साथ प्रभावकारी कदम चाल्नका लागि नेपाल सरकारलाई आवश्यक निर्देशन दिन आवश्यक देखिन्छ ।’

साथै, यस सन्दर्भमा समितिको बैठकमा सरोकारवालाई बोलाई छलफल गर्नुपर्ने घाइते भएका व्यक्तिहरूलाई उचित उपचारको व्यवस्था मिलाई मृतकका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने सम्बन्धमा समेत समितिले थप निर्देशन दिनुपर्ने माग पौडेलको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

असारमा पनि घट्यो बैंकको ब्याजदर

काठमाडाैँ । केही महिनायता ब्याजदर निरन्तर घटाउँदै आएका वाणिज्य बैंकहरूले असारका लागि पनि घटाएका छन् ।बैंकहरूले प्रकाशित गरेको सूचना अनुसार

‘महाभोज’को अस्ट्रेलिया प्रदर्शन नियमित हुने र दक्षिण कोरियामा प्रदर्शनको तयारी,…

काठमाडौँ । नेपालमा दर्शकहरूबाट व्यापक सकारात्मक प्रतिक्रिया पाइरहेको नेपाली चलचित्र ‘महाभोज’ अब अन्तर्राष्ट्रिय बजारमा पनि आफ्नो प्रभाव जमाउने तयारीमा छ

यो सभा चलाउने तरिका भएन: राजेन्द्र पाण्डे

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष एवं सांसद राजेन्द्रप्रसाद पाण्डेले प्रतिपक्ष दलहरुले संसदमा अवरोध गरिरहेको बेलामा संसद बैठक

चलचित्र ‘ऊनको स्वीटर’लाई ऐतिहासिक सफलता: सबै गीत करोड क्लबमा

काठमाडौं । नेपाली चलचित्र उद्योगमा यति बेला चलचित्र ‘ऊनको स्वीटर’ले नयाँ कीर्तिमान स्थापित गरेको छ । आज प्रदर्शनको ३७ औँ

नेपालले पहिलो पटक बंगलादेशलाई बिजुली बेच्न थाल्यो

काठमाडौं । नेपालले पहिलो पटक बंगलादेशलाई ४० मेगावाट विद्युत् व्यावसायिक रूपमा निर्यात शुुरु गरेको छ । अहिले उत्पादित विद्युतले स्वदेशमा

खेती गर्ने समयमा यो वर्ष पनि रासायनिक मल अभाव

काठमाडौं । खेती गर्ने समयमा यो वर्ष पनि किसानले मल अभाव झेल्नुपरेको छ । बर्खे धान रोपाइँ र मकै खेतीका

Techie IT