Techie IT
२०८२ असार १९, बिहीबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिअल्पमतको निर्णय पार्टीमा सर्कुलर भएपछि विद्रोह भयोः अशोक राई

अल्पमतको निर्णय पार्टीमा सर्कुलर भएपछि विद्रोह भयोः अशोक राई


काठमाडौँ । जसपाका अध्यक्ष अशोक राईले अल्पमतको निर्णयलाई उपेन्द्र यादवले पार्टीमा सर्कुलर गरेपछि विद्रोह गरेको बताएका छन् ।

जसपा नेपालबाट अलग भएपछि बिहीबार भएको पत्रकार सम्मेलनमा बोल्दै राईले महाधिवेशन नै अनियमित ढंगले कब्जा गर्ने देखिएपछि नयाँ पार्टी बनाएको बताए । उपेन्द्र यादवको कार्यशैलीनै समस्या बनेको उनको भनाई छ ।

पत्रकार सम्मेलनमा बोल्दै राईले भने, ‘उहाँविरुद्ध असन्तुष्टि त छँदै थिए । महाधिवेशन नै अनियमित ढंगले कब्जा गरेर आफ्नो मुठ्ठीभित्र पार्टी राख्ने गतिविधि देखिएपछि, उहाँ अमेरिका उड्नुअघि एउटा परिपत्र जारी गर्नुभएको छ । त्यसको नमुना त्यो पनि हो । त्यो परिपत्रले विष्फोटक स्थिति बनायो ।’

उनले सत्ताको अंकगणितको कारणले आफूहरुले पार्टी विभाजन नगरेको प्रष्ट पारे । उनले भने, ‘सत्ताको अंकगणित मिलेकै थियो, त्यो फेर्ने प्रयास भइरहेको कुरा आएको थियो, त्यो संवेदनशिल थियो । यो पार्टी बनेपछि हामीले अस्थिरताका कारक हुँदैनौं भनिसकेका छौं । मुलुक अहिले अस्थिरताको सिकार हुँदै आएको छ ।’




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नेपालमा लगानी गर्न स्पेनका व्यवसायीलाई प्रधानमन्त्री ओलीको आग्रह

स्पेन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी विस्तार गर्न स्पेनका उद्यमी र व्यवसायीलाई आग्रह गरेका छन् । स्पेनमा रहेकाे

अदालतको अवहेलनामा हसिनालाई ६ महिनाको जेल सजाय

एजेन्सी । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना गरेको अभियोगमा दोषी ठहर गर्दै ६ महिनाको जेल सजाय सुनाइएको छ ।

आगामी वर्ष २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने सरकारको…

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य लिएको छ । शहरी विकास मन्त्रालयले

कर्णालीमै पहिलोपटक वृतिमार्ग निर्देशन तथा रोजगार मेला

सुर्खेत । कर्णाली प्रदेशमा पहिलोपटक वृत्तिमार्ग निर्देशन तथा रोजगार मेला, २०८२ आयोजना हुने भएको छ । प्रदेश सरकार सामाजिक विकास

६ महिनामा साढे पाँच लाख पर्यटकद्वारा नेपाल भ्रमण

काठमाडाैँ । सन् २०२५ को पहिलो ६ महिनामा साढे पाँच लाखभन्दा बढी विदेशी पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन

ताप्लेजुङमा पहिरोले घर पुरिँदा ५ जना घाइते

ताप्लेजुङ । ताप्लेजुङको सिदिङबा गाउँपालिकाको आङखोपमा पहिरोले घर पुरिँदा पाँच जना घाइते भएका छन् । हस्तबहादुर कटुवालको घर पहिरोले पुरिँदा

Techie IT