गृहपृष्ठ ∕ खेल ∕ पूर्वगोलकिपर मल्लले माल्दिभ्समा एएफसी ‘ए’ लाइसेन्स कोचिङ कोर्स गर्नेपूर्वगोलकिपर मल्लले माल्दिभ्समा एएफसी ‘ए’ लाइसेन्स कोचिङ कोर्स गर्ने नेपालीपत्र बिहीबार, २०८१ वैशाख २७ गते, १८:२२ मा प्रकाशित खेल काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वगोलकिपर विकास मल्लले एसियाली फुटबल महासंघ (एएफसी)को कार्यक्रमानुसार माल्दिभ्समा एएफसी ‘ए’ लाइसेन्स कोचिङ कोर्स गर्ने भएका छन् ।एएफसीसँगको सहकार्यमा माल्दिभ्स फुटबस संघ (एफएएम)ले आयोजना गर्ने कोर्समा भाग लिन मल्ल बिहीबार त्यसतर्फ प्रस्थान गरेका छन् ।राष्ट्रिय टिममा गोलकिपर प्रशिक्षकको भूमिकामा रहेर चार वर्ष काम गरेका मल्लले यसअघि नेपालमै ‘बी’ लाइसेन्स कोर्स गरेका थिए ।माल्दिभ्सको राजधानी मालेमा कोर्स दुई चरणमा गरेर सम्पन्न हुनेछ । पहिलो चरणको कोर्स यही मे १२ देखि २३ सम्म हुनेछ । दोस्रो चरणको कोर्स आउँदो अगस्ट ४ देखि १५ सम्म हुनेछ ।मल्लसँगै नेपाल पुलिस क्लबका पूर्वखेलाडी एवं अखिल नेपाल फुटबल संघ (एन्फा)का ग्रासरुट प्रशिक्षक पंकज शाही पनि कोर्स गर्न माल्दिभ्स गएका छन् । #विकास मल्लग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार ललितपुर सिटी लगातार दोस्रोपटक नेपाल सुपर लिग च्याम्पियनकाठमाडौँ । ललितपुर सिटी एफसी लगातार दोस्रोपटक नेपाल सुपर लिग (एनएसएल)को च्याम्पियन बनेको छ । ललितपुर तेस्रो संस्करणको फाइनलमा शनिबार एन्फा कप फुटबल प्रतियोगिता नहुनेकाठमाडाैँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आयोजना गर्ने भनेको लिग कम नकआउट फुटबल प्रतियोगिता एन्फा कप नहुने भएको छ ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौंमाकाठमाडौं । विश्वकप विजेता ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौं आइपुगेका छन् । उनी नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका वैशाख ५ गते नेपाल आउने भए रोबर्टो कार्लोसकाठमाडाैँ । ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिग हङकङमा हुने चार देशीय क्रिकेट शृङ्खलाको खेल तालिका सार्वजनिककाठमाडाैँ । हङकङमा हुने चार देश सम्मिलित टी–२० क्रिकेट श्रृंखलाको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का आर्मीलाई हराउँदै राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफलाईकाठमाडाैँ । राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफ फुटबल क्लबले जितेको छ । चितवनकाे भरतपुरमा रहेको कृष्णपुर मैदानमा भएको फाइनलमाधेरै पढिएका खबर १ चीनसँग व्यापार वार्ता गर्ने अमेरिकाको प्रस्ताव २ गण्डकी प्रदेश आख्यान महोत्सव, दश जिल्लाका साहित्यकारको जमघट ३ छापा पत्रकारिता: सम्भावना र रणनीति ४ तरबूजा खेती गरेरै जीविका चलाउँछिन् बन्धु चौधरी ५ विद्युत् आपूर्तिमा समस्या छैन, लोडसेडिङ पनि हुँदैन : प्राधिकरण ६ अभिभावकको दबाबले खुल्न थाले इलामका सामुदायिक विद्यालय ७ द ब्रिटिस कलेज र फिक्कल गाउँपालिकाबीच सहकार्यताको लागि सम्झौताThe Film Nepal