गृहपृष्ठ ∕ नेपाल ∕ कञ्चनपुर र कैलालीका सीमा क्षेत्र तीन दिनका लागि बन्दकञ्चनपुर र कैलालीका सीमा क्षेत्र तीन दिनका लागि बन्द नेपालीपत्र शुक्रबार, २०८१ वैशाख २८ गते, १२:४५ मा प्रकाशित नेपाल कञ्चनपुर । भारतको खिरी जिल्लासँग जोडिएका नेपाल–भारत सीमा क्षेत्र तीन दिनका लागि बन्द हुँदै छन् ।छिमेकी राष्ट्र भारतस्थित उत्तर प्रदेश राज्यको खिरी जिल्लामा यही वैशाख ३१ गते अर्थात् मे १३ तारिखका दिन हुन गइरहेको लोकसभा सामान्य निर्वाचनलाई लक्षित गरी आज शुक्रबार साँझ ६ बजेदेखि उक्त मतदान कार्य समाप्त नहुँदासम्म कञ्चनपुर र कैलालीका दक्षिणी सीमा क्षेत्र बन्द गर्न लागिएको प्रशासनले जनाएको छ ।उक्त निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न नेपाल–भारत अन्तर्राष्ट्रिय सीमा नाकाहरू बन्द रहने भनी भारतीय पक्षबाट पत्राचार गरिएको हुँदा उक्त अवधिभर नेपाल–भारत सीमा नाका बन्द गरिने जिल्ला प्रशासन कार्यालय कैलालीले जारी गरेको सूचनामा उल्लेख छ ।त्यस्तै, भारतको खिरी जिल्लासँग जोडिएका कञ्चनपुरको दक्षिण पूर्वी क्षेत्रका सबै चलनचल्तीका सीमा क्षेत्रहरूमा आवागमन बन्द रहने कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले जानकारी दिनुभयो । कञ्चनपुर जिल्लाको दक्षिण पूर्वी क्षेत्र र कैलाली जिल्लाको पुरै दक्षिणी क्षेत्रसँग भारतको खिरी जिल्लाको सीमा जोडिएको छ । #भारतग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरारकाठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जलीकाठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहणकाठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदैकास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधनकाठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी ५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्युकाठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । तीधेरै पढिएका खबर १ श्रृखलाबद्ध रूपमा सुनका सिक्री चोरी गर्ने गिरोह पक्राउ २ नेपलिज डक्टर्स एसोसिएसन यूकेको अध्यक्षमा डा. आरती हमाल चयन ३ त्रिवि उपकुलपतिको विज्ञापनमा ‘पूर्वपदाधिकारीको अनुभव’ हटाएर अर्को सूचना निकाल्न प्रधानमन्त्रीको निर्देशन ४ टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन प्राधिकरणको निर्देशन ५ ब्रिटिस कलेज संयुक्त राष्ट्रको ग्लोबल कम्प्याक्टमा आबद्ध ६ पूर्व राज्यमन्त्री रामचन्द्र रायको हत्या ७ उप्रधानमन्त्री लामिछाने र स्वीडेनका राजदूत थेलेफबीच भेटवार्ताThe Film Nepal