Techie IT
२०८२ कात्तिक १८, सोमबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियरूस–युक्रेनबीच शान्तिका लागि वार्ता आयोजना गर्न दक्षिण अफ्रिका तयारः सरकार

रूस–युक्रेनबीच शान्तिका लागि वार्ता आयोजना गर्न दक्षिण अफ्रिका तयारः सरकार


एजेन्सी । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले द्वन्द्व अन्त्यका लागि अफ्रिकी नेताहरूको शान्ति अभियानको स्वागत गरेपछि दक्षिण अफ्रिकाले बिहीबार रूस र युक्रेनबीच वार्ता आयोजना गर्न तयार रहेको बताएको छ ।

राष्ट्रपति सिरिल रामाफोसाले गत महिना पुटिन र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच छ सदस्यीय अफ्रिकी शान्ति टोलीलाई स्वागत गर्न सहमति भएको बताएका थिए । यो वार्ता यसै महिना सुरू हुने अपेक्षा गरिएको छ ।

राष्ट्रपति कार्यालयका एक मन्त्री खुम्बुद्जो एनतशाभेनीले प्रिटोरियामा पत्रकारहरूसँग भने, “हामीले दक्षिण अफ्रिकाले यहाँ शान्ति शिखर सम्मेलन आयोजना गर्ने सम्भावनालाई ग्रहण गर्नैपर्छ ।”

यसअघि बिहीबार दक्षिण अफ्रिकाको राष्ट्रपतिको कार्यालयले राष्ट्रपति पुटिनसँग रामाफोसाको फोनमा कुराकानी भएको जनाएको थियो । उक्त अवसरमा रूसी नेताले अफ्रिकी राष्ट्रप्रमुखहरूको पहलको स्वागत गर्दै शान्ति अभियानलाई स्वीकार गर्ने इच्छा व्यक्त गरेका बताइएको छ ।

रामाफोसाले गत महिना घोषणा गरेको प्रतिनिधिमण्डलमा कङ्गो गणतन्त्र, इजिप्ट, सेनेगल, दक्षिण अफ्रिका, युगान्डा र जाम्बियाका राष्ट्रपतिहरू रहेका छन् ।

गहुँ र अन्य कृषिजन्य वस्तुहरूको प्रमुख विश्वव्यापी स्रोत युक्रेनमा रूसले गरेको आक्रमण र विश्व व्यापारमा युद्धको व्यापक प्रभावपछि अफ्रिकी देशहरू अन्नको बढ्दो मूल्यवृद्धिबाट नराम्ररी प्रभावित भएका छन् ।

दक्षिण अफ्रिकाले क्रेमलिनतर्फ ढल्केको आरोप लागेपछि आफ्नो तटस्थताको साखलाई चम्काउन खोजिरहेको बेला शान्तिवार्ताको तयारीबारे जानकारी आएको हो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

दोस्रो पटक बेलायतको राजकीय भ्रमणमा ट्रम्प

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मंगलबार ऐतिहासिक दोस्रो राजकीय भ्रमणका लागि बेलायत पुगेका छन् । भ्रमणका क्रममा बेलायत सरकारले

पूर्वी अफगानिस्तानमा ६ म्याग्निच्युडको भूकम्प, कम्तिमा २० जनाको ज्यान गयो

एजेन्सी । पूर्वी अफगानिस्तानमा गएराति ६ म्याग्निच्युडको भूकम्प गएको छ । अमेरिकी भूगर्भ विभाग यूसजीएसका अनुसार भूकम्प स्थानीय समय राति

इजरायली प्रधानमन्त्री नेतान्याहुले गरे विपिन जोशीको परिवारसँग भेटघाट

काठमाडौं । इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतान्याहुले हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीका परिवारसँग भेटघाट गरेका छन् । हमासद्वारा बन्दी

ट्रम्प र पुटिनबीच उच्चस्तरीय भेटवार्ता हुँदै

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच आज अलास्कामा बहुप्रतिक्षित भेटवार्ता हुँदैछ । यसलाई ६ वर्षपछि

ट्रम्पले लगाए भारतमाथि ५० प्रतिशत भन्सार शुल्क

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि थप २५ प्रतिशत भन्सार शुल्क लगाएका छन् । नयाँ शुल्क थपिएपछि पहिले लागू

इजरायलका प्रधानमन्त्री नेतान्याहुले गाजा पुनः कब्जाको प्रस्ताव राखे

एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजा पुनः कब्जाको प्रस्ताव राखेका छन् । उनको यो प्रस्तावलाई सेना प्रमुख लगायत धेरै

Techie IT