Techie IT
२०८२ असार ४, बुधबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जन‘पुजार सार्की’को जापान शोमा १५०० दर्शकले पलसँगै हेरे चलचित्र

‘पुजार सार्की’को जापान शोमा १५०० दर्शकले पलसँगै हेरे चलचित्र


काठमाडौँ । गत बिहीबार रिलिज भएको चलचित्र ‘पुजार सार्की’ जापानमा ऐतिहासिक शो सम्पन्न भएको छ। जापानमा नेपाली चलचित्रको इतिहासमा नै पहिलो पटक एकसाथ १५०० दर्शकले चलचित्र हेरेका हुन्। उक्त शोमा सहभागी हुन नेपालबाट यस चलचित्रका अभिनेता पल शाह र लेखक बिकास सुवेदी टोकियो पुगेका थिए।

नाकानो जेरो हलमा भएको शो मा नै बसेर पहिलो पटक अभिनेता शाहले यो चलचित्र हेरे। नेपालमा रिलिज भएको समयमा अर्को चलचित्रको छायाङ्कनमा व्यस्त रहेको र छोटो समयको लागि काठमाडौं रहेकोले उनले ‘पुजार सार्की’ हेर्न पाएका थिएनन्। अहिले विभिन्न मिडिया तथा सामाजिक सञ्जालहरूमा उक्त शो को भिडियो र फोटोहरू भाइरल भइरहेका छन्। भिडियो र फोटोमा अथाह भिड र क्रेज देखिएको छ।

उक्त शो का आयोजक मध्येका एक पत्रकार सचिन आचार्यले ‘आउट अफ कन्ट्रोल’ भिडका साथ चलचित्र चलाइएको बताए। “हामीले भिड थाम्नै नसक्ने अवस्था थियो। व्यवस्थापन मिलाउन खोज्दा भिड ‘आउट अफ कन्ट्रोल’ भयो। यो चलचित्र र अभिनेता पल शाहको क्रेज देखेर हामी छक्क परेका छौँ। चलचित्र पनि निकै राम्रो बनेको रहेछ। यो शो पछि थप ‘इन्क्वायरी’ आइरहेका छन्। जापानमा अन्य चार वटा शो हरू तय भइसकेका छन्,” यसअघि ‘कबड्डी ४’ चलचित्र रिलिज हुँदा पनि लगभग यस्तै भएको सम्झना गर्दै आचार्यले भने “तीन वर्षअघि ‘कबड्डी ४’ रिलिज गर्दा पनि लगभग यस्तै भएको थियो, तर अहिले जस्तो भने कहिल्यै भएको थिएन। हलको सिट सङ्ख्या १२०० जनाको हो, तर १५०० जना भन्दा धेरै भएपछि उभिएर र भुईँमै बसेर ‘पुजार सार्की’ हेरे। हल व्यवस्थापनले राख्न नमान्दा पनि दर्शकहरू हलबाट निस्किन नमानेपछि १५०० ले नै हेरे।”

मुख्य आयोजक खिमराज शाहले जापानमा ‘पुजार सार्की’ले इतिहास कायम गरेको बताए। उनी भन्छन्, “यहाँ यो चलचित्रको ऐतिहासिक शो सम्पन्न भयो। उत्कृष्ट प्रतिक्रिया पनि पायौँ। पल शाहले निकै भएको रहेछ आफ्नो चलचित्र हलमा नहेरेको। निकै उत्सुक हुनुहुन्थ्यो। चलचित्र हेर्दा उहाँ भाव विह्वल हुनुभयो। उहाँ आफैँले एक गीतमा नृत्य समेत गर्छु भनेर स्टेज चढ्नुभयो। संसारभरका दर्शकले ‘पुजार सार्की’लाई दिएको प्रेमलाई पलले धन्यवाद व्यक्त गर्नुभयो।”

बिहीबार रिलिज भएदेखि नै ‘पुजार सार्की’ले ब्लकबस्टर व्यापार गरिरहेको छ। पलले रिलिजको पहिलो दिन बिहीबार मध्यान्हदेखि काठमाडौंका विभिन्न हल भिजिट गरेर जापान तर्फ लागेका थिए। दिनेश राउतले निर्देशन गरेको यो चलचित्रमा पलसहित आर्यन सिग्देल, प्रदीप खड्का, अञ्जना बराइली, परीक्षा लिम्बु लगायतको प्रमुख अभिनय रहेको छ। किङ्गडम नेटवर्कको ब्यानरमा सुबास भुसालले निर्माण गरेको ‘पुजार सार्की’को अन्तर्राष्ट्रिय वितरक एमएसएम इन्टरटेन्मेन्ट हो भने नेपाल वितरक आरआर फिल्मस हो।

आज ‘पुजार सार्की’ रिलिजको पाँचौँ दिन सोमवार पनि काठमाडौं र काठमाडौं बाहिरका उल्लेख्य हलमा दर्शकको चाप देखिएको छ। मङ्गलवार गणतन्त्र दिवसको दिन सार्वजनिक बिदा भएकोले यो चलचित्रले दर्शकलाई पुनः हलमा फर्काउने विश्वास गरिएको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

‘महाभोज’को अस्ट्रेलिया प्रदर्शन नियमित हुने र दक्षिण कोरियामा प्रदर्शनको तयारी,…

काठमाडौँ । नेपालमा दर्शकहरूबाट व्यापक सकारात्मक प्रतिक्रिया पाइरहेको नेपाली चलचित्र ‘महाभोज’ अब अन्तर्राष्ट्रिय बजारमा पनि आफ्नो प्रभाव जमाउने तयारीमा छ

चलचित्र ‘ऊनको स्वीटर’लाई ऐतिहासिक सफलता: सबै गीत करोड क्लबमा

काठमाडौं । नेपाली चलचित्र उद्योगमा यति बेला चलचित्र ‘ऊनको स्वीटर’ले नयाँ कीर्तिमान स्थापित गरेको छ । आज प्रदर्शनको ३७ औँ

‘महाभोज’ देशभर रिलिज

काठमाडौँ । प्रतीक्षा गरिएको नेपाली चलचित्र ‘महाभोज’ बिहीबारदेखि देशभरका सिनेमा हलहरूमा प्रदर्शनमा आएको छ । दिनेश राउत निर्देशित यस चलचित्रले

‘महाभोज’ले पोखरामा जन्मायो आक्रोश, दर्शकद्वारा व्यापक प्रशंसा

पोखरा । दिनेश राउतको निर्देशनमा बनेको प्रतीक्षित चलचित्र ‘महाभोज’ को पोखरामा सोमबार भव्य प्रिभ्यु प्रिमियर सम्पन्न भएको छ । प्रिमियरमा

चलचित्र सेन्सर बोर्डको सदस्यमा गिरी नियुक्त 

काठमाडौं । केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) मा बरिष्ठ रंग पत्रकार कुबेर गिरी नियुक्त भएका छन् । सञ्चार तथा

अस्ट्रेलियामा ‘महाभोज’को प्रिमियर

काठमाडौँ । नेपालमा तय भएको प्रदर्शन अन्तिम समयमा स्थगित भएपछि चलचित्र ‘महाभोज’ अब अस्ट्रेलियामा पहिलो प्रिमियर हुने भएको छ ।

Techie IT