Techie IT
२०८२ माघ २१, मंगलबार
NepaliPatra logo
गृहपृष्ठअर्थमहालक्ष्मी कर्पोरेट क्रिकेट लिगको उपाधि प्राइम कमर्सियल बैंकलाई

महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको उपाधि प्राइम कमर्सियल बैंकलाई


काठमाडौँ। महालक्ष्मी कर्पोरेट क्रिकेट लिग– २०२३ को उपाधि प्राइम कमर्सियल बैंकले जितेको छ। २२ जेठमा सम्पन्न प्रतियोगितामा माछापुच्छ्रे बैंकलाई पराजित गर्दै प्राइम कमर्सियल बैंकले उपाधि जितेको छ। हारसँग माछापुच्छ्रे बैंकले उपविजेतामा चित्त बुझाउनु परेको थियो।

इमाडोलस्थित बलपार्क इन्डोरमा २० जेठदेखि सञ्चालित लिगमा विभिन्न बैंक तथा वित्तीय संस्था गरी १६ टिमको सहभागिता रहेको थियो।

प्रतियोगितामा एनआईसी एसिया बैंकका सञ्जय गिरी उत्कृष्ट फिल्डर, एनआईसी एसियाकै रितेश अधिकारी उत्कृष्ट विकेट किपर, कामना सेवा विकास बैंकका छितेन दोर्जे शेर्पा उत्कृष्ट बलर, कामना सेवा विकास बैंककै शमिर थापा क्षेत्री उत्कृष्ट ब्याट्सम्यान, प्राइम कमर्सियल बैंकका क्रितार्थ शाक्य उत्कृष्ट खेलाडी घोषित भए।

नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर बमबहादुर मिश्र र महालक्ष्मी विकास बैंक लिमिटेडका अध्यक्ष राजेश उपाध्यायले विजेता एवम् उपविजेता टिम, विभिन्न विद्यामा उत्कृष्ट खेलाडीहरुलाई संयुक्त रुपमा ट्रफी तथा मेडल प्रदान गरेका थिए।

पुरस्कार वितरण कार्यक्रममा बोल्दै मिश्रले यस क्रिकेट लिग लगायत अन्य सामूहिक खेलले बैंक तथा वित्तीय संस्थाहरु बीच भाइचारा, आत्मियता, सद्‍भाव, मित्रता बढाउन थप सहयोग पुग्नुका साथै कर्मचारीहरुलाई बैंकिङ गतिविधिमा मात्रै सीमित नराखी उनीहरुलाई मनोञ्जन प्रदान गर्न र उत्पादनशीलतामा वृद्धि गर्न मद्दत पुग्ने बताए।

महालक्ष्मी विकास बैंकका अध्यक्ष उपाध्यायले खेलमा हार र जित स्वभाविक प्रक्रिया रहेको र यस्ता खेलहरुले कर्मचारीहरुमा समूह निर्माण गर्न, समूहमा नेतृत्वदायी भूमिका निर्वाह गर्न, कार्यकुशलतामा अभिवृद्धि गर्न मद्दत पुर्‍याउने विश्वास व्यक्त गरे।

२९ औं वर्षमा प्रवेश गरेको अवसरमा बैंकले ग्राहक, सेयरधनी, नियमनकारी निकायहरुलाई उनले धन्यवाद समेत दिए।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

भैरहवा भन्सार कार्यालयले अस्थायी संरचनाबाट अत्यावश्यक सामाग्री ल्याउदै

रुपन्देही । भैरहवा भन्सार कार्यालयले अस्थायी संरचनाबाट नेपालका लागि अत्यावश्यक सामाग्रीहरु भित्र्याउन शुुरु गरेको छ । जिल्ला सुरक्षा समितिले बिहिबार

व्यवसायिक अकबरे खुर्सानी खेती गरेका कृषकलाई बजारको चिन्ता

म्याग्दी । व्यवसायिक अकबरे खुर्सानी खेती गरेका म्याग्दी र पर्वतका कृषकलाई बजारको चिन्ताले सताएको छ । बजारको अभावले किसानहरु मर्कामा

जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया अघि बढ्यो : ठेक्का सम्झौतामा…

काठमाडाैँ । डोल्पाको जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया अगाडि बढेको छ । प्रवर्द्धक कम्पनी र निर्माण व्यवसायीबीच निर्माणसम्बन्धी द्विपक्षीय सम्झौतामा

धान चामल खरिदका लागि बाहिरियो ४० अर्ब

काठमाडौं । मुलुकबाट एक वर्षमा धान चामल खरिदका लागि ४० अर्ब रुपैयाँभन्दा बढी रकम बाहिरिएको छ । स्वदेशमै उत्पादन गर्न

मेची भन्सारबाट चिया निर्यात ३२ प्रतिशतले बढ्यो

काठमाडौं । मेची भन्सार कार्यालयबाट आर्थिक वर्ष २०८१/८२ मा चिया निर्यात ३२ दशमलव ५० प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कानुसार

डिशहोमको ‘खुशीको बोनस’ : हरेक हप्ता १४ जनालाई एक वर्ष…

काठमाडौं । डिशहोमले आफ्ना इन्टरनेट ग्राहकहरूका लागि विशेष योजना ‘खुशीको बोनस ३६५ दिन नै सार्वजनिक गरेको छ । यो अफर

Techie IT