Techie IT
२०८२ भदौ २९, आईतबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिसरकार दुनियाँभर आर्थिक सहयोगको भिख माग्ने अवस्थामा हुनु विडम्बना

सरकार दुनियाँभर आर्थिक सहयोगको भिख माग्ने अवस्थामा हुनु विडम्बना


काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार दुनियाँभर आर्थिक सहयोगको भिख माग्ने अवस्थामा हुनु विडम्बना भएको बताएका छन्। शुक्रबार पार्टीको रिटर्नी सेन्टर नेपालको प्रथम राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन्।

देशमै प्रचुर सम्भावना भएपनि विदेशीसँग भिख माग्नु दुर्भाग्यको कुरा भएको उनको भनाई छ। नेपाल आफैमा सुनको कचौरा जस्तो भएपनि अरुसँग भिख माग्दै हिँड्ने गरेको प्रधानमन्त्री प्रचण्डको टिप्पणी छ।

‘नेपाल प्रकृतिले दिएको साधन स्रोतका दृष्टिकोणले गरिब विल्कुल छैनौँ। प्रकृतिले दिएको कुरा भन्ने हो भने तराई मधेसदेखि पहाड, हिमालसम्म विविधता त्यसको उत्पादकत्व र स्रोतहरूको दृष्टिकोणले धेरै धनी छौँ। तपाईँहरूले सुन्नु भएको होला विदेशका कयौँ बौद्धिक अर्थशास्त्रीहरूले नेपाल सुनको कचौरा लिएर भिख मागेर हिँडेको छ भन्ने गर्छन्,’ प्रधानमन्त्रीले भने, ‘नेपाल आफैमा सुनको कचौरा जस्तो छ। हामी दुनियाभरि रोजी रोटीको निम्ति जान बाध्य छौँ। सरकार दुनियाँभर आर्थिक सहयोगको भिख माग्ने अवस्था छ। यो एउटा विडम्बना हो। नेपाल र नेपालीका निम्ति दुर्भाग्यको कुरा हो।’

हामी यस्तो किन भयौँ भनेर प्रश्न वा गहिरो गरी घोत्लिनु पर्ने उनको भनाई छ। हाम्रो इतिहास र विरासत यस्तो नभएको भन्दै प्रचण्डले भने, ‘अरू ठुला देशहरू वैदेशिक हस्तक्षेपको बुटमुनी कुल्चिदा हामी स्वतन्त्र भएको इतिहास छ। वीरता र बलिदानको दृष्टिकोणले हेर्ने हो भने नेपालीहरू विश्वभर ख्याति कमाएका हौँ।’




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

पूर्वी अफगानिस्तानमा ६ म्याग्निच्युडको भूकम्प, कम्तिमा २० जनाको ज्यान गयो

एजेन्सी । पूर्वी अफगानिस्तानमा गएराति ६ म्याग्निच्युडको भूकम्प गएको छ । अमेरिकी भूगर्भ विभाग यूसजीएसका अनुसार भूकम्प स्थानीय समय राति

लिम्पियाधुरा, लिपुलेख र कालापानी नेपालको ऐतिहासिक, भौगोलिक र कानुनी अधिकारमा…

नेपालको पश्चिमोत्तर सिमाना—लिपुलेख, कालापानी र लिम्पियाधुरा—केवल भूगोलका सीमारेखा मात्र होइनन्, यी नेपाली सार्वभौमिकताको गहिरो पहिचान हुन्। इतिहास, भूगोल, संस्कृति र

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन

काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी

५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु

काठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती

वीरगञ्जमा ४० जनामा हैजा संक्रमण पुष्टि

काठमाडौं । वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मुर्लीको नयाँटोलमा हैजासँग लक्षण मिल्ने बिरामी फेला परेका छन । हैजाको संक्रमण पहिचानका

Techie IT