Techie IT
२०८३ असोज १३, मंगलबार
NepaliPatra logo
गृहपृष्ठ ∕ UK ∕ अभियन्ता तथा व्यवसायी दयानिधि सापकोटा लण्डनमा सम्मानित

अभियन्ता तथा व्यवसायी दयानिधि सापकोटा लण्डनमा सम्मानित


लण्डन। बेलायत लेस्टरका एकजना सफल नेपाली व्यवसायी दयानिधि सापकोटा लण्डनमा सम्मानित भएका छन् ।

लण्डनबाट सञ्चालित अनलाइन मिडिया साउथ एसिया टाइमले शनिबार एक कार्यक्रमबीच सापकोटालाई उनको सामाजिक योगदानको कदर गर्दै सम्मान गरेको हो ।

बेलायतस्थित नेपाली दूतावासकी उपनियोग प्रमुख रोशन खनाल र अन्तर्राष्ट्रिय कानुनविद् प्राध्यापक डा. सूर्यप्रसाद सुवेदीले सापकोटालाई सम्मान गरे । सापकोटा सन् २००६ बाट नै गैर आवासीय नेपाली संघ बेलायतमा सक्रिय भूमिकामा थिए ।

उनले नेपालमा आपतविपत र प्राकृतिक विपत्ति हुँदा होस् वा शैक्षिक तथा स्वास्थ्य क्षेत्र, निरन्तर आर्थिक सहयोग गर्दै आएका छन् ।

बाग्लुङ काठेखोला गाउपालिका बिहुँकोट ५ देउरालीमा बुबा पद्मनाथ सापकोटा र आमा भावी सापकोटाको कोखबाट जन्मिएका दयानिधि स्थानीय अमर माध्यमिक विद्यालयबाट एसएलसी र काठमाडौँको शंकरदेव क्याम्पसबाट बीकम अध्ययन गर्दै गर्दा सन् १९९३ मा जर्मनी पुगे ।

करिब १५ वर्ष जर्मनीमा बिताएपछि उनी सन् २००६ अक्टोबर १ मा बेलायत आएका हुन् । बेलायतको लेस्टरमा दुई इटालियन रेष्टुरेन्टका सन्चालक सापकोटा इटालियन खानाको कुशल सेफ पनि हुन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

दोस्रो पटक बेलायतको राजकीय भ्रमणमा ट्रम्प

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मंगलबार ऐतिहासिक दोस्रो राजकीय भ्रमणका लागि बेलायत पुगेका छन् । भ्रमणका क्रममा बेलायत सरकारले

गाजा युद्ध अन्त्य गर्न आवश्यक कदम नचाले प्यालेस्टाइनलाई मान्यता दिने…

लण्डन । बेलायतका प्रधानमन्त्री किअर स्टार्मरले इजरायलले गाजा युद्ध अन्त्यका लागि ठोस कदम नचाले सेप्टेम्बरमा प्यालेस्टाइन राज्यलाई औपचारिक मान्यता दिने

नेपलिज डक्टर्स एसोसिएसन यूकेको अध्यक्षमा डा. आरती हमाल चयन

लण्डन । नेपलिज डक्टर्स एसोसिएसन यूकेको अध्यक्षमा डा. आरती हमाल चयन भएकी छिन् । जुलाई २५ देखि २७ सम्म डरहममा

शङ्कर पोखरेल बेलायतमा

लण्डन । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेल बेलायत आइपुगेका छन् । अन्तर्राष्ट्रिय नेपाली मञ्चको बेलायतको अधिवेशनमा सहभागी हुन

लन्डनमा स्ट्याण्डअप कमेडीमा उत्रिँदै राजेश हमाल

काठामडौँ । महानायक राजेश हमाल यतिबेला लन्डनमा छन् । महानयक हमालले कमेडियन सन्दीप क्षेत्रीसँगै करिब सवा दुई घण्टा हँसाउने तयारीमा

स्पेनमा भारी वर्षा, जनजीवन प्रभावित

एजेन्सी । पारिस्थितिक संक्रमण र जनसांख्यिकीय चुनौती मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार स्पेनमा भारी वर्षाका कारण जनजीवन प्रभावित भएको बताएको छ

Techie IT