Techie IT
२०८२ असार २०, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठखेलविश्वकप क्रिकेटको सुपर आठमा पुग्ने सबै टोलीको टुङ्गो लाग्यो

विश्वकप क्रिकेटको सुपर आठमा पुग्ने सबै टोलीको टुङ्गो लाग्यो


काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेटमा सुपर आठमा पुग्ने सबै टोलीको टुङ्गो लागेको छ । आजको खेलमा नेपाल बङग्लादेशसँग २१ रनले पराजित भएसँगै सुपर आठमा पुग्ने अन्तिम टोलीको टुङ्गो लागेको हो ।

टी–२० विश्वकपमा समूह ‘ए’ बाट भारत र अमेरिका, ‘बी’ बाट अस्ट्रेलिया र इङ्ग्ल्यान्ड, ‘सी’ बाट अफगानिस्तान र वेस्ट इन्डिज तथा समूह ‘डी’ बाट दक्षिण अफ्रिका र बङ्ग्लादेश सुपर आठमा पुगे ।

दोस्रो चरणको खेल आउँदो बुधवारदेखि शुरु हुनेछ । हरेक समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।

आज भएको समूह ‘डी’ को अर्को खेलमा श्रीलङ्काले सुखद अन्त्य गरेको छ । उसले नेदरल्यान्ड्सलाई ८३ रनले हरायो । आज बेलुका समूह ‘सी’ का न्युजिल्यान्ड र पपुवा न्यू गिनी (पीएनजी) खेल्दैछन् ।

त्यस्तै अब समूह ‘सी’ मा अफगानिस्तान र वेष्टइण्डिजको अन्तिम खेल भोलि मङ्गलवार हुनेछ । समूह ‘डी’ मा रहेको नेपाल ४ खेलमा १ अङ्कका साथ समूहको पुछारमा रहेर बाहिरियो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

एपीएफ क्लबले एएफसी महिला च्याम्पियन्स लिगमा अल नासरसँग खेल्ने

काठमाडाैँ । सशस्त्र प्रहरी बलको एपीएफ क्लब एएफसी महिला च्याम्पियन्स लिगको समूह ‘बी’ मा परेको छ । एपीएफ रहेको समूहमा

एसिसी यु-१६ कप क्रिकेट : सिंगापुरमाथि नेपालको जित

काठमाडौं । एसीसी मेन्स यू-१६ इस्ट जोन कपमा नेपालले विजयी शुरुवात गरेको छ । आज भएको पहिलो खेलमा नेपालले सिंगापुरलाई

बाघ ई–स्पोर्ट्सले ३२४ टिमलाई उछिन्दै जित्यो वेस्टमिन्स्टर कलेज पब्जी टुर्नामेन्ट

काठमाडौँ । कुपण्डोलस्थित द वेस्टमिन्स्टर कलेजले आयोजना गरेको पब्जी टुर्नामेन्टको उपाधि ‘बाघ ई–स्पोर्ट्स’ले जितेको छ । ब्रिटिस एजुकेशन ग्रुपअन्तर्गतको वेस्टमिन्स्टर

राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता जेठको अन्तिममा हुने

काठमाडौँ । राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको १५औं संस्करण यही जेठ २८ देखि ३० गतेसम्म काठमाडौँमा हुने भएको छ ।

नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं । नेपाल एक खेल अगावै साफ यू–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भारतको उत्तर प्रदेशस्थित गोल्डेन जुब्ली

ललितपुर सिटी लगातार दोस्रोपटक नेपाल सुपर लिग च्याम्पियन

काठमाडौँ । ललितपुर सिटी एफसी लगातार दोस्रोपटक नेपाल सुपर लिग (एनएसएल)को च्याम्पियन बनेको छ । ललितपुर तेस्रो संस्करणको फाइनलमा शनिबार

Techie IT