Techie IT
२०८२ साउन १७, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिएकीकृत समाजवादी कुनै पार्टीमा गएर विलय हुँदैन, बरु पुरानो नेकपा ब्युँझाउँछः माधव नेपाल

एकीकृत समाजवादी कुनै पार्टीमा गएर विलय हुँदैन, बरु पुरानो नेकपा ब्युँझाउँछः माधव नेपाल


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टी अर्को कुनै पार्टीमा गएर विलय नहुने बताएका छन् । शनिबार भक्तपुरमा एकीकृत समाजवादीको प्रथम जिल्ला अधिवेशनमा बोल्दै उनले एकीकृत समाजवादी अर्को पार्टीमा विलय हुन्छ भन्ने भ्रममा नपर्न आग्रह गरे ।

अध्यक्ष नेपालले भने, “कसै–कसैलाई लागेको छ, हाम्रो पार्टी अरु कुनै पार्टीमा गएर विलय हुनेछ, एमालेमा त आफैँ रुवाबासी चलिरहेको छ । तर हामी कतै विलय हुँदैनौँ, बरु हामी पुरानो पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ब्युँताउन तयार छौँ ।”

उनले कम्युनिष्ट सबै मिलेर अघि बढ्नुपर्ने आवश्यकता आएको चर्चा गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली तयार भए नेकपा ब्युँताउन आफू तयार रहेको बताए । एमालेका अध्यक्ष ओलीले आफू अध्यक्ष पदबाट हट्नुपर्ला भनेर ७० वर्षको उमेरहद हटाएको बताउँदै अध्यक्ष नेपालले आफू सल्लाहकारमा बसेर युवालाई जिम्मेवारी नदिए एमाले पनि सकिने बताए ।

उनले चारवटा पार्टी मिलेर मोर्चा बनाउने तयारी गरिरहेको बताए । अध्यक्ष नेपालले भने, “बालुवाटारमा हिजो प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा विप्लव समूहका नेता विप्लव, जनता समाजवादी पार्टीका नेता उपेन्द्र यादव र राजेन्द्र श्रेष्ठ, हाम्रो पार्टीबाट म आफैँ र प्रवेश हमाल बसेर समाजवादका पक्षमा चारवटा पार्टी एक ठाउँमा बसेर मोर्चा बनाऔं, सडक, संसद्मा आवाज बुलन्द गरौं र सरकारमा बसेर राम्रो काम गरौँ भन्नेबारेमा छलफल भयो । यसबारेमा केही समयमै हामी सहमतिमा पुग्ने गरी छलफल गर्छौं ।”

नेपालको राजनीति प्रतिगामी दिशामा लैजाने प्रयास भइरहेको भन्दै उनले राजावादीले टाउको उठाउने कोसिस गरे पनि त्यसलाई सफल हुन नदिने बताए ।

कार्यक्रममा कृषि तथा पशुपक्षीमन्त्री डा बेदुराम भुसालले सरकारले यस वर्ष मल खरिदका लागि बजेटमार्फत रु ३० अर्बको बजेट विनियोजन गरेको बताए । उनले भने, “मल खरिदका लागि गत वर्षको जस्तो रु १५ अर्बले पुग्दैन भनेर यस वर्ष बजेटमै रु ३० अर्बको सुनिश्चितता गरेका छौँ, यस वर्ष मल अभाव हुन दिँदैनौं ।”

उहाँले सरकारमा जम्मा दुईवटा मन्त्री लिएर बसेकाले आफ्नो पार्टी निर्णायक नभए पनि समाजवादीको भागमा परेका दुई मन्त्रालयको जिम्मेवारी भने पूरा गर्ने बताए । उनले कृषि क्षेत्रको विकासका लागि पहल गरेको, बाँझो जमिन उपयोग गर्ने नीति लिएर बजेट छुट्याएको, कृषिमा यान्त्रिकीकरण, बजारीकरणको समस्याका लागि पहल सुरु गरेको, सिँचाइको योजना ल्याएको बताए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

अर्थतन्त्रको मेरुदण्ड: उद्योगबिना सम्भव छैन

आज नेपालले भोगिरहेको प्रमुख चुनौतीमध्ये रोजगारी अभाव सबैभन्दा गहिरो समस्या बनिसकेको छ । प्रत्येक वर्ष हजारौं युवाशक्ति विदेशिने क्रम बढ्दो

गुल्मीमा ८७ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ

गुल्मी । गुल्मीका किसानहरु यतिबेला खेतमा धान रोपाइँमा व्यस्त बनेका छन । वर्षा शुरु भएसँगै यहाँका किसानहरुलाई खेत रोपाइँको चटारो

‘फिफा फुटबल फर स्कुल’ कार्यक्रमको शुभारम्भ

काठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओलीले खेल क्षेत्रको विकासमा सरकारले बिशेष प्राथमिकता दिएको बताएका छन् । अखिल नेपाल फुटबल संघ

ट्रम्पद्वारा क्यानडाको सामानमा ३५ प्रतिशत कर लगाउने घोषणा

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाको सामानमा ३५ प्रतिशत करको घोषणा गरेका छन् । यसअघि २५ प्रतिशत करको घोषणा

गाजा युद्ध अन्त्य गर्न आवश्यक कदम नचाले प्यालेस्टाइनलाई मान्यता दिने…

लण्डन । बेलायतका प्रधानमन्त्री किअर स्टार्मरले इजरायलले गाजा युद्ध अन्त्यका लागि ठोस कदम नचाले सेप्टेम्बरमा प्यालेस्टाइन राज्यलाई औपचारिक मान्यता दिने

भोटेकोशीमा बाढी: रसुवा, नुवाकोट र धादिङमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडाैँ । रसुवाको भोटेकोशीमा गएराति ठूलो बाढी आएको छ । बाढीलगत्तै रसुवा, नुवाकोट र धादिङमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको

Techie IT