Techie IT
२०८२ साउन २७, सोमबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिप्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदै LIVE

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदै LIVE


काठमाडौँ । प्रतिनिधि सभाको बैठक सुरु भएको छ ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिँदै छन् ।

नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उनले नेपालको सविंधानको धारा १०० को उपधारा (२) अनुसार विश्वासको मत लिन लागेका हुन् ।

संसद्का दुई ठूला दल नेपाली कांग्रेस र एमालेबीच केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने समझदारी भएअनुसार एमालेले मन्त्रीहरुलाई फिर्ता बोलाएर समर्थन फिर्ता लिएको थियो ।

२७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३८ मत चाहिन्छ । तर अहिले प्रधानमन्त्री दाहालसँग माओवादीको ३२, रास्वपाको २१ र एकीकृत समाजवादीको १० गरेर जम्मा ६३ मत मात्र पुग्दछ । यस अंकगणित अनुसार प्रधानमन्त्री दाहालले विश्वासको मत नपाउने निश्चित छ । प्रधानमन्त्री दाहाललाई आज विश्वासको मत नदिनका लागि काँग्रेस, एमाले लगायतका दलहरुले आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

कैलाली कारागार घटनापछि देशैभरका कारागारमा सुरक्षा सतर्कता बढाइयो

काठमाडाैँ । एक जनाको ज्यानै जानेगरी कैलाली कारागारमा भएको कैदीबन्दीहरुबीचको भडपपछि देशैभरका कारागारहरुको सुरक्षा सतर्कता बढाइएको छ । गएको शुक्रवार

मधेशमा ७७ प्रतिशत धान रोपाइँ, २७ प्रतिशतले उत्पादन घट्ने अनुमान

धनुषा । खडेरीको प्रभावमा परेका मधेश प्रदेशका आठ जिल्लामा अहिलेसम्म करिब ७७ प्रतिशत धान रोपाइँ भएको छ । मधेश प्रदेशको

कर्णाली प्रदेशमा कांग्रेसको भूमिकाप्रति एमाले असन्तुष्ट

सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेशसभा संसदीय दलले सत्ता साझेदार नेपाली कांग्रेसले गठबन्धन संस्कृति अनुरूप व्यवहार नगरेको निष्कर्ष निकालेको छ

उच्च अदालतमा तीन महिलासहित २७ जना न्यायाधीशमा सिफारिश

काठमाडाैँ । न्याय परिषदले उच्च अदालतमा तीन जना महिलासहित २७ जना न्यायाधीश सिफारिश गरेको छ । हिजो प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको

नेपाल र भारतका थिङ्क ट्याङ्क स्तरमा सम्झौता

काठमाडाैँ । नेपाल र भारतबीच द्विपक्षीय सम्बन्धमा योगदान पुर्‍याउने उद्देश्यले थिङ्क ट्याङ्क स्तरमासम्झौता भएको छ । नेपालको इन्टरनेशनल रिलेसन एन्ड

अब सबै संघीय अस्पतालमा अनलाइन भुक्तानी

काठमाडौँ । अब देशका सबै संघीय अस्पतालमा डिजिटल भुक्तानी हुने भएको छ । संघीय अस्पतालको सेवा डिजिटल बनाउने मन्त्री प्रदीप

Techie IT