गृहपृष्ठ ∕ नेपाल ∕ कञ्चनपुरमा महिलाको ज्यान लिने बाघ नियन्त्रणमाकञ्चनपुरमा महिलाको ज्यान लिने बाघ नियन्त्रणमा नेपालीपत्र शुक्रबार, २०८१ साउन १८ गते, १३:०३ मा प्रकाशित नेपाल काठमाडौँ । कञ्चनपुरमा महिलाको ज्यान लिएको बाघ शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र बर्दिया राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीले बिहान डार्ट गरेर नियन्त्रणमा लिएको छ ।प्राविधिक टोलीले बाघलाई महिलामाथि आक्रमण गरेकै स्थान दोधारा चाँदनी नगरपालिका–२ को उखुबारीबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेश जोशीले जानकारी दिए । बाघलाई अहिले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयमा राखिएको छ भने कहाँ पठाउने भन्ने विषयमा सल्लाह भइरहेको छ ।बिहीबार बिहान घर नजिकैको उखुबारीमा घाँस काट्ने क्रममा दोधाराचाँदनी नगरपालिका–२ बस्ने २३ वर्षीया हिरा शाहलाई बाघले आक्रमण गर्दा घटनास्थलमै मृत्यु भएको थियो ।तत्कालै बाघको खोजीका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट हात्तीसहितको प्राविधिक टोली खटिएको थियो तर बिहीबार दिनभर प्रयास गर्दा पनि सफलता प्राप्त भएको थिएन् । #शुक्लाफाँटा राष्ट्रिय निकुञ्जग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधनकाठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी ५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्युकाठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती वीरगञ्जमा ४० जनामा हैजा संक्रमण पुष्टिकाठमाडौं । वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मुर्लीको नयाँटोलमा हैजासँग लक्षण मिल्ने बिरामी फेला परेका छन । हैजाको संक्रमण पहिचानका लिपुलेक नेपालको अभिन्न भू-भाग हो : परराष्ट्र मन्त्रालयकाठमाडाैँ । परराष्ट्र मन्त्रालयले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू-भाग रहेको स्पष्ट पारेको छ । नेपाली भूमि लिपुलेक हुँदै कोरिया जान १ लाख ३ हजार आवेदनकाठमाडौं । सन् २०२५ मा रोजगार अनुमति प्रणाली इपिएस मार्फत दक्षिण कोरिया जानका लागि एक लाख तीन हजार जनाको आवेदन बागलुङको निसेलढोर गाउँमा विद्युत नपुग्दा स्थानीय अन्धकारमा बस्न बाध्यबागलुङ । बागलुङको निसेलढोर गाउँमा विद्युत नपुग्दा स्थानीय अहिले पनि अन्धकारमा बस्न बाध्य छन् । निसीखोला गाउँपालिका–५ स्थित यस गाउँमाधेरै पढिएका खबर १ नेपलिज डक्टर्स एसोसिएसन यूकेको अध्यक्षमा डा. आरती हमाल चयन २ ब्रिटिस एजुकेशन ग्रुपले किल युनिभर्सिटीसँगको सहकार्यमा बीएससी (अनर्स) डाटा साइन्स कार्यक्रम सुरु गर्यो ३ पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा ४ ५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु ५ न्युजिल्याण्डविरुद्ध ७ विकेट लिएका शमीले आफ्नो सफलताबारे यसो भने ६ ‘अमेरिकी विदेश नीतिमा सम्भावित परिवर्तनहरूबाट डरको वातावरण बनेको छ’ ७ लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधनThe Film Nepal