Techie IT
२०८२ कात्तिक २, शनिबार
NepaliPatra logo
गृहपृष्ठनेपालसरकारलाई रचनात्मक सुझाव दिएर सहयोग गर्न उपप्रधानमन्त्री सिंहको आह्वान

सरकारलाई रचनात्मक सुझाव दिएर सहयोग गर्न उपप्रधानमन्त्री सिंहको आह्वान


काठमाडौँ । उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले सरकारलाई रचनात्मक सुझाव दिएर सहयोग गर्न आह्वान गरेका छन् ।

केही नयाँ गर्ने भनेरै सरकारमा गएको भन्दै उनले रचनात्मक आइडियासहितको सुझावको अपेक्षा गरेको बताए । उनले सुझावका लागि घरमै वा सम्पर्क कार्यालयमै आउनसमेत आग्रह गरेका छन् ।

जनताले चुनेका व्यक्ति नै राज्य सञ्चालनको तहमा पुगेको भन्दै उनले भने, ‘राम्रा विचारहरु, आइडियाहरु, नदीनालाहरुको सुधार गर्नेदेखि लिएर, काठमाडौं उपत्यकाको प्रदूषित वातावरण सुधार के गर्दाखेरि हुन्छ भन्ने कुरामा कुनै त्यस्तो सुझाव छ भने दिनुहोला ।’

संविधानमा उल्लिखित अधिकारहरु जनताले महसुस हुने गरी कार्यान्वयनमा लैजानुपर्ने जरुरी रहेको भन्दै उनले त्यसका लागि सरकार क्रियाशील रहेको दाबी पनि गरे । ‘अधिकार खाली संविधानमा भएर भएन, त्यसलाई कार्यान्वयन गराउनुपर्छ । त्यो स्टेजमा अहिले हामी छौं ।’ उनले भने ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट

जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन

काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी

५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु

काठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती

Techie IT