गृहपृष्ठ ∕ नेपाल ∕ दाङको तुलसीपुरमा इनार सफा गर्ने क्रममा निसासिएर दुई जनाको ज्यान गयोदाङको तुलसीपुरमा इनार सफा गर्ने क्रममा निसासिएर दुई जनाको ज्यान गयो नेपालीपत्र बुधबार, २०८१ भदौ ५ गते, १३:०२ मा प्रकाशित नेपाल दाङ । दाङको तुलसीपुरमा रहेको दमार गाउँमा इनार सफा गर्न पसेका दुई जनाको निसासियर ज्यान गएको छ । सफा गर्न इनारभित्र पसेका तुलसीपुर उपमहानगरपालिका–१३ दमार गाउँका १६ वर्षीय मुकेश विक र ३८ वर्षीय रामबहादुर नेपालीको ज्यान गएको हो ।उनीहरू बिहान १० बजेतिर इनारमा पस्नुभएको थियो । तर उनीहरूलाई भित्रै अचेत भएको देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । खबर पाएपछि प्रहरी पोस्ट दमार गाउँ, इलाका प्रहरी कार्यालय तुलसीपुर र नेपाली सेनाको अम्बापुर बेस क्याम्पको टोली उद्धारमा खटिएको थियो ।इनारभित्रै फसेका दुई जनालाई उद्धारपछि तुलसीपुरको राप्ती प्रादेशिक अस्पताल ल्याइएको थियो । बिहान ११ बजेतिर अस्पताल पुर्याउनासाथ दुवै जनालाई चिकित्सकले मृत घोषणा गरेका इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए । #दाङग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरारकाठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जलीकाठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहणकाठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदैकास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधनकाठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी ५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्युकाठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । तीधेरै पढिएका खबर १ श्रृखलाबद्ध रूपमा सुनका सिक्री चोरी गर्ने गिरोह पक्राउ २ नेपलिज डक्टर्स एसोसिएसन यूकेको अध्यक्षमा डा. आरती हमाल चयन ३ बेनी अस्पतालः ‘बेड’ थपियो, थपिएन जनशक्ति ४ चौथो ब्रिटिस कप इन्टर कलेज फुटसल आजबाट ५ नेम्वाङको निधनबाट मुलुकले क्षति व्यहोर्योः पूर्वप्रधानमन्त्री डा भट्टराई ६ चाडपर्व लक्षित सुरक्षा योजनामा चार हजार प्रहरी परिचालित ७ ललितपुर महानगरको बजेट साढे ६ अर्बThe Film Nepal