Techie IT
२०८२ भदौ २६, बिहीबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिआम दलित मोर्चाको केन्द्रीय कमिटीको पुनर्गठन

आम दलित मोर्चाको केन्द्रीय कमिटीको पुनर्गठन


काठमाडौं । आम जनता पार्टी (आजपा) निकटको आम दलित मोर्चाको केन्द्रीय कमिटी पुनर्गठन गरिएको छ । काठमाडौंमा भएको एक भेलाबाट केन्द्रीय कमिटी पुनर्गठन भएको हो । ठागा दासको अध्यक्षतामा ७७ सदस्यीय केन्द्रीय कमिटी पुनर्गठन गरिएको हो ।

आम दलित मोर्चाले सम्पूर्ण गरिब दलित मोर्चालाई आवासको व्यवस्था गर्नुपर्ने, आम दलितको सम्मान, अधिकार, रोजगार एवं आवासको लागि संघर्षका कार्यक्रमलाई अगाडी बढाउँने निर्णय समेत गरेको छ ।

तराई मधेसका जिल्लाहरुमा दलित समुदायको घर निर्माणका लागि सरकारले गम्भिरतापूर्वक नलिएको निष्कर्ष निकाल्दै भेलाले अधुरो घर निर्माण तत्काल पुरा गर्नुपर्ने, निर्माण भईसकेका घरहरुको रकम निकासा गर्नुपर्ने, प्रत्येक गरिब दलिय परिवारलाई आवासको व्यवस्था सरकारले तत्काल गर्नुपर्ने लगायतका माग दलित मोर्चाले गर्दै आएको छ । यि माग पुरा गराउँनका लागि संघर्षका कार्यक्रम गर्दै आएको दलित मोर्चाले अब कडा आन्दोलनमा जाने निर्णय समेत गरेको अध्यक्ष ठागा दासले जनाएका छन् ।

चन्देश्वर बैठा इन्चार्ज र शर्मिला राम, रामनाथ माझी सहइन्चार्ज रहेको दलित मोर्चाको उपाध्यक्षमा विरचन राम, राकेश बैठा, चिनीलाल दास, विमला विश्वकर्मा, महासचिवमा रामाशंकर पासवान, सचिवमा अमर सुनार, सहसचिवमा सन्ध्या पासवान, गणेश राम र कोषाध्यक्षमा सन्झाकुमारी राम रहेकी छन् ।

यसैगरी सदस्यहरुमा प्रमिला दास, राजेश रबिदास, श्रीराम महरा, सोन्फी पासवान, हिर्देनारायण दास, अरुण पासवान, सोनेलाल राम, प्रमोद पासवान, सागर बिक, रमेश नेपाली, राजकुमार सुचिकार, रामबहादुर नेपाली, सोनु सुनाले, निरज कुमार रन्जन, संजिप नेपाली, रामबहादुर परियार, रामजनम पासवान, सुनिता राम, सुनितादेवी राम, अन्जना विक, राजकुमार हजरा, रुपलाल राम, कुस कुमार पासवान, सूर्यनारायण राम, अन्कित कुमार पासवान, रामबहादुर दास, गिर्जालाल हजरा, निशान्त पासवान, रामपुकार पासवान, ललन पासवान, उमेश दास, दिपक पासवान, गोपाल विक लगायतका रहेका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

पूर्वी अफगानिस्तानमा ६ म्याग्निच्युडको भूकम्प, कम्तिमा २० जनाको ज्यान गयो

एजेन्सी । पूर्वी अफगानिस्तानमा गएराति ६ म्याग्निच्युडको भूकम्प गएको छ । अमेरिकी भूगर्भ विभाग यूसजीएसका अनुसार भूकम्प स्थानीय समय राति

लिम्पियाधुरा, लिपुलेख र कालापानी नेपालको ऐतिहासिक, भौगोलिक र कानुनी अधिकारमा…

नेपालको पश्चिमोत्तर सिमाना—लिपुलेख, कालापानी र लिम्पियाधुरा—केवल भूगोलका सीमारेखा मात्र होइनन्, यी नेपाली सार्वभौमिकताको गहिरो पहिचान हुन्। इतिहास, भूगोल, संस्कृति र

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन

काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी

५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु

काठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती

वीरगञ्जमा ४० जनामा हैजा संक्रमण पुष्टि

काठमाडौं । वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मुर्लीको नयाँटोलमा हैजासँग लक्षण मिल्ने बिरामी फेला परेका छन । हैजाको संक्रमण पहिचानका

Techie IT