गृहपृष्ठ ∕ नेपाल ∕ चाइनिज पिपुल्स हस्पिटलमा काठमाडौँ महानगरले ताला लगायोचाइनिज पिपुल्स हस्पिटलमा काठमाडौँ महानगरले ताला लगायो नेपालीपत्र सोमबार, २०८० जेठ २९ गते, १७:४० मा प्रकाशित नेपाल काठमाडौँ। काठमाडौँ महानगरपालिकाले बौद्धस्थित चाइनिज पिपुल्स हस्पिटलको प्रशासन शाखामा ताला लगाएको छ। महानगरले अनुगमनको क्रममा कानुनी प्रक्रिया पूरा नगरी सञ्चालन गरेको पाइएकाले ताला लगाइएको हो।दर्ता नगरेकाले उक्त अस्पतालमा ताला लगाएको नगर प्रहरीले जनाएको छ। सन् २००८ देखि सञ्चालनमा आएको उक्त अस्पताल हालसम्म दर्ता नभएको बताइएको छ। पटकपटक निर्देशन दिँदा पनि नियममा आउन नमानेपछि उक्त अस्पतालमा ताला लगाएको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले बताए।प्रशासनमा ताला लगाएसँगै अस्पतालमा उपचाररत बिरामी अन्यत्र सार्न महानगरले निर्देशन दिएको छ।स्वास्थ्य संस्था सञ्चालन ऐनविपरीत सञ्चालनमा रहेका तथा मापदण्ड पूरा नगरेका अस्पतालहरूलाई कारबाहीको मागसहित महानगरले जेठ १७ गते स्वास्थ्य मन्त्रालयलाई ६८ वटा अस्पतालको सूची पेस गरेको थियो। #चाइनिज पिपुल्स हस्पिटलग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधनकाठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी ५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्युकाठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती वीरगञ्जमा ४० जनामा हैजा संक्रमण पुष्टिकाठमाडौं । वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मुर्लीको नयाँटोलमा हैजासँग लक्षण मिल्ने बिरामी फेला परेका छन । हैजाको संक्रमण पहिचानका लिपुलेक नेपालको अभिन्न भू-भाग हो : परराष्ट्र मन्त्रालयकाठमाडाैँ । परराष्ट्र मन्त्रालयले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू-भाग रहेको स्पष्ट पारेको छ । नेपाली भूमि लिपुलेक हुँदै कोरिया जान १ लाख ३ हजार आवेदनकाठमाडौं । सन् २०२५ मा रोजगार अनुमति प्रणाली इपिएस मार्फत दक्षिण कोरिया जानका लागि एक लाख तीन हजार जनाको आवेदन बागलुङको निसेलढोर गाउँमा विद्युत नपुग्दा स्थानीय अन्धकारमा बस्न बाध्यबागलुङ । बागलुङको निसेलढोर गाउँमा विद्युत नपुग्दा स्थानीय अहिले पनि अन्धकारमा बस्न बाध्य छन् । निसीखोला गाउँपालिका–५ स्थित यस गाउँमाधेरै पढिएका खबर १ नेपलिज डक्टर्स एसोसिएसन यूकेको अध्यक्षमा डा. आरती हमाल चयन २ ५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु ३ लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन ४ ब्रिटिस एजुकेशन ग्रुपले किल युनिभर्सिटीसँगको सहकार्यमा बीएससी (अनर्स) डाटा साइन्स कार्यक्रम सुरु गर्यो ५ पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा ६ लिम्पियाधुरा, लिपुलेख र कालापानी नेपालको ऐतिहासिक, भौगोलिक र कानुनी अधिकारमा आधारित भू–भाग ७ ‘अमेरिकी विदेश नीतिमा सम्भावित परिवर्तनहरूबाट डरको वातावरण बनेको छ’The Film Nepal