Techie IT
२०८२ असार २, सोमबार
NepaliPatra logo
गृहपृष्ठपर्यटनअन्नपूर्ण पदमार्गमा पर्यटकको चहलपहल

अन्नपूर्ण पदमार्गमा पर्यटकको चहलपहल


लमजुङ । बर्खायाम प्रारम्भ भएसँगै सुनसान अन्नपूर्ण पदमार्गमा पर्यटकको चहलपहल सुरु भएको छ । खुम्बुपछिको आकर्षक यो पदामार्गमा दैनिक एक सय ५० पर्यटक आउन थालेका छन् ।

धारापानीस्थित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच तथा सूचना केन्द्रका प्रमुख भूपेन्द्र गुरुङका अनुसार बर्खायाममा दैनिक दुई–चार जना पर्यटक आउने गरेकामा हाल एक सय ५० जना आउन थालेका छन् ।

पर्यटक आगमनसँगै पदमार्ग क्षेत्रका होटल व्यवसायी पनि व्यस्त भएका छन् । सन् २०२४ को जनवरीदेखि हालसम्म उक्त पदमार्गमा १२ हजार तीन सय ५५ जना पर्यटक आएका प्रमुख गुरुङले बताए । अघिल्लो वर्षको सोही अवधिमा १० हजार आठ सय ९७ जना पर्यटकले पदयात्रा गरेका थिए । हालसम्म फ्रान्सका एक हजार एक सय ७२, इजरायलका एक हजार ८२, जर्मनीबाट आठ सय ९२, भारतका आठ सय २८ जना पर्यटकले यो भेगको भ्रमण गरेको उनले जानकारी दिए ।

पर्यटक आउने याममा दैनिक ५० हजारभन्दा बढी आम्दानी हुने गरेकामा बर्खायाममा पर्यटक नआउँदा दैनिक दुई–चार हजार आम्दानी हुँदै आएकामा हाल १५ देखि ३० हजारसम्म कारोबार हुने गरेको मस्र्याङ्दी गाउँपालिका–४ का पर्यटन व्यवसायी मेखबहादुर गुरुङले बताए ।

हिमाल, उच्च पहाड र पहाडका साथै यहाँको रीतिरिवाज, वेशभूषाबारे जानकारी लिँदै संसारको सबैभन्दा अग्लो मानिसएको थोराङला पासबाट मुस्ताङक र पोखरा जान पर्यटकहरू अन्नपूर्ण पदमार्गमा आउने गरेका छन् ।

पर्वतारोण र पदयात्राका निम्ति प्रख्यात मनाङ आउने पर्यटक थोराङलातर्फ पनि जाने गरेका छन् । यो स्थान पार गर्न करिब २१ दिन लाग्ने गरेकामा केही स्थानमा सवारीसाधनसमेत सञ्चालनमा आएपछि थोराङलाको यात्रा १२ दिनमा टुङ्गिने गरेको पदयात्रा व्यवसायीहरूले बताएका छन् ।

विगतका वर्षहरूमा झै यो वर्ष पनि दैनिक चार सय पर्यटकले मनाङ भ्रमण गर्ने उनीहरूको अपेक्षा छ ।
रासस




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

कैलाश मानसरोवर दूरदर्शन शुरु

हुम्ला । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ को लिमी लाप्चा लोलुङबाट कैलाश मानसरोवरको दूरदर्शन शुरु भएको छ । वैशाख महिनाको दोस्रो

हिमाल जोगाउन जलवायु परिवर्तनका असर न्युनिकरणका लागि प्रतिवद्धताका साथ लागौँ:…

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रिप्रसाद पाण्डेले जलवायु परिवर्तनका कारण सगरमाथा लगायतका हिमश्रृंखलाहरुले ठूलो असर व्यहोरिरहेकोबताएका छन्

फाप्लु–काठमाडौँ हप्तामा चार दिन उडान

सोलुखुम्बु । सदरमुकाम सल्लेरीको फाप्लु विमानस्थलबाट काठमाडाैँ हप्तामा चार दिन नियमित उडान हुन थालेको छ । नेपाल एयरलाइन्सले हप्ताको चार

हिमालबाट ७७ करोड रोयल्टी सङ्कलन

काठमाडाैँ । यस वर्षको वसन्त ऋतुको हिमाल आरोहणबाट ७७ करोड रुपैयाँ भन्दा बढी रोयल्टी सङ्कलन भएको छ । पर्यटन विभागको

पर्यटन विकास व्यवसायी सङ्घको अध्यक्षमा सिग्देल

काठमाडौं । नेपाल पर्यटन विकास व्यवसायी सङ्घको अध्यक्षमा अच्युतप्रसाद सिग्देल निर्बिरोध निर्वाचित भएका छन् । सङ्घको मङ्गलबार राजधानीमा सम्पन्न छैटौँ

मनाङमा सार्वजनिक बस सेवा सञ्चालन सुरु

मनाङ । हिमाली जिल्ला मनाङमा आइतबारदेखि नियमित रूपमा सार्वजनिक बस सेवा सञ्चालनमा ल्याइएको छ । ट्रयाक खोलिएको २२ वर्षपछि सदरमुकाम

Techie IT