Techie IT
२०८२ असार २, सोमबार
NepaliPatra logo
गृहपृष्ठनेपालसहकारीको बचत रकम अपलचनमा लामिछानेसहितलाई कारबाही सिफारिश

सहकारीको बचत रकम अपलचनमा लामिछानेसहितलाई कारबाही सिफारिश


काठमाडाैँ । सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी संसदीय विशेष छानबिन समितिको पूर्ण प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिनिधिसभाले आफ्नो वेबसाइटमार्फत एक हजार एक सय २४ पृष्ठको प्रतिवेदन सार्वजनिक गरेको हो ।

नेकपा एमालेका सांसद सूर्य थापाको सभापतित्वमा रहेको सात सदस्यीय समितिले गएको भदौ ३१ गते प्रतिनिधिसभामा सहकारीसम्बन्धी प्रतिवेदन पेश गरेको थियो । त्यही दिन सभामुख देवराज घिमिरेले प्रतिवेदन सरकारलाई पठाउन निर्देशन दिएका थिए । असोज २ गतेको मन्त्रिपरिषद् बैठकले सहकारीसम्बन्धी प्रतिवेदन कार्यान्वयनमा लैजाने निर्णय गरिसकेको छ ।

प्रतिवेदनले सहकारी बचत रकम अपलचनमा गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक एवम् पूर्व गृहमन्त्री रवि लामिछानेसहितलाई कारबाही सिफारिश गरेको छ । छानबिन समितिले सूर्यदर्शन, सुप्रिम, स्वर्णलक्ष्मी, सहारा र सानोपाइला सहकारीबाट कानून विपरीत गोर्खा मिडियामा रकम प्रवाह भएको प्रष्ट किटान गरेको छ ।

नेपाली कांग्रेसले सहकारी बचत अपचलनमा लामिछाने संलग्न रहेको भन्दै संसदीय छानबिन समिति गठनको माग गरेपछि जेठ १५ गते समिति बनेको थियो । समितिले तीन महिनाभन्दा लामो समय अध्ययन र छानबिन गरी प्रतिवेदन तयार पारेको हो ।

प्रतिवेदनमा विभिन्न सहकारी संस्थाबाट गोर्खा मिडिया नेटवर्क प्रालीका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई र उनका आफन्तको नाममा मात्रै सहकारी कानून विपरीत ऋण तथा पेश्की गरी दुई अर्ब ५८ करोड रुपैयाँ बराबर अपचलन भएको उल्लेख छ ।

सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी संसदीय विशेष छानबिन समितिको पूर्ण प्रतिवेदन यहाँ पढ्न सकिन्छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

खेती गर्ने समयमा यो वर्ष पनि रासायनिक मल अभाव

काठमाडौं । खेती गर्ने समयमा यो वर्ष पनि किसानले मल अभाव झेल्नुपरेको छ । बर्खे धान रोपाइँ र मकै खेतीका

हेवा खोलामा बेलिब्रिज खस्दा घाइते भएका ३ जना मजदुरको मृत्यु

पाँचथर । पाँचथरको हेवा खोलामा बन्दै गरेको बेलिब्रिज खस्दा घाइते भएका ३ जना मजदुरको मृत्यु भएको छ। मेची राजमार्गस्थित पाँचथरको

अत्यधिक गर्मी बढेपछि बेलौरीमा दुई दिन विद्यालय बिदा

कञ्चनपुर । बेलौरी नगरपालिकाले अत्यधिक गर्मी बढेपछि दुई दिन विद्यालय बिदा दिने निर्णय गरेको छ । गर्मीका कारण शिक्षक, विद्यार्थी

म्याग्दीको विकट गाउँ पात्लेका १२२ घरपरिवारलाई खानेपानी सुविधा

म्याग्दी । मालिका गाउँपालिका–३ पात्लेमा ‘एक घर, एक धारा’ को सुविधा पुगेको छ । ६५ लाख ५७ हजार दुई सय

म्याग्दीको डाडागाउँमा ‘एक घर, एक धारा’

म्याग्दी । मालिका गाउँपालिका–३ मा एक करोड १० लाखको लागतमा निर्माण भएको डाडागाउँ बोक्रे खानेपानी, सरसफाइ तथा स्वच्छता आयोजनाबाट दुई

अमेरिकामा नेपाली आप्रवासीलाई दिँदै आएको टीपीएस सुविधा खारेज

एजेन्सी । अमेरिकी ट्रम्प प्रशासनले नेपाली आप्रवासीलाई दिँदै आएको टेम्पररी प्रोटेक्टेड स्ट्याटस (टीपीएस) सुविधा २०२५ अगस्ट ५ मा अन्त्य हुने

Techie IT