Techie IT
२०८२ असार २, सोमबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनडा. डीआर उपाध्यायलाई सातौं मानार्थ विद्यावारिधि

डा. डीआर उपाध्यायलाई सातौं मानार्थ विद्यावारिधि


काठमाडाैँ । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायलाई सातौं मानार्थ विद्यावारिधिको प्रमाणपत्र अर्पण गरिएको छ । भारतको जयपुरमा भएको एक विशेष समारोहमा इटलीको कुनेओ युनिभर्सिटीले उनलाई विद्यावारिधिको प्रमाणपत्र प्रदान गरेको हो ।

डा. उपाध्यायले गीत र साहित्यमा पुर्‍याएको योगदानको मूल्यांकन गर्दै उक्त विद्यावारिधिको प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ । सो समारोहमा अन्य विशिष्ट व्यक्तित्वलाई पनि मानार्थ विद्यावारिधिको प्रमाणपत्र प्रदान गरिएको थियो ।

डा. उपाध्यायले सन् २०० मा विधावारिधि गरिसकेका छन् । डा. उपाध्यायलाई अमेरिकालगायत अन्य विश्व विद्यालयले यसअघि ६ वटा मानार्थ विद्यावारिधिको प्रमाणपत्र प्रदान गरेका छन् ।

डा. उपाध्यायले गीत संगीत र विविध विधामा १५३ विश्व कीर्तिमान कायम गरेका छन् । यस्तै, उनका एक दर्जन बढी उपन्यास, तीन गीति पुस्तक र ३६ एल्बम सार्वजनिक भएका छन् । दुई सय पचासको हाराहारीमा गीत सार्वजनिक गर्नुभएका उपाध्यायका सयौं गीतका भिडियो पनि सार्वजनिक छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

‘महाभोज’को अस्ट्रेलिया प्रदर्शन नियमित हुने र दक्षिण कोरियामा प्रदर्शनको तयारी,…

काठमाडौँ । नेपालमा दर्शकहरूबाट व्यापक सकारात्मक प्रतिक्रिया पाइरहेको नेपाली चलचित्र ‘महाभोज’ अब अन्तर्राष्ट्रिय बजारमा पनि आफ्नो प्रभाव जमाउने तयारीमा छ

चलचित्र ‘ऊनको स्वीटर’लाई ऐतिहासिक सफलता: सबै गीत करोड क्लबमा

काठमाडौं । नेपाली चलचित्र उद्योगमा यति बेला चलचित्र ‘ऊनको स्वीटर’ले नयाँ कीर्तिमान स्थापित गरेको छ । आज प्रदर्शनको ३७ औँ

‘महाभोज’ देशभर रिलिज

काठमाडौँ । प्रतीक्षा गरिएको नेपाली चलचित्र ‘महाभोज’ बिहीबारदेखि देशभरका सिनेमा हलहरूमा प्रदर्शनमा आएको छ । दिनेश राउत निर्देशित यस चलचित्रले

‘महाभोज’ले पोखरामा जन्मायो आक्रोश, दर्शकद्वारा व्यापक प्रशंसा

पोखरा । दिनेश राउतको निर्देशनमा बनेको प्रतीक्षित चलचित्र ‘महाभोज’ को पोखरामा सोमबार भव्य प्रिभ्यु प्रिमियर सम्पन्न भएको छ । प्रिमियरमा

चलचित्र सेन्सर बोर्डको सदस्यमा गिरी नियुक्त 

काठमाडौं । केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) मा बरिष्ठ रंग पत्रकार कुबेर गिरी नियुक्त भएका छन् । सञ्चार तथा

अस्ट्रेलियामा ‘महाभोज’को प्रिमियर

काठमाडौँ । नेपालमा तय भएको प्रदर्शन अन्तिम समयमा स्थगित भएपछि चलचित्र ‘महाभोज’ अब अस्ट्रेलियामा पहिलो प्रिमियर हुने भएको छ ।

Techie IT