गृहपृष्ठ ∕
राजनीति ∕
भाटभटेनीका मालिकले एमाले पार्टी कार्यालय बनाउने निर्णय सच्याउन बिन्दा पाण्डेको माग भाटभटेनीका मालिकले एमाले पार्टी कार्यालय बनाउने निर्णय सच्याउन बिन्दा पाण्डेको माग
काठमाडौं । नेकपा एमाले स्थायी कमिटी सदस्य बिन्दा पाण्डेले कीर्तिपुरमा भाटभटेनी सुपर मार्केटमा संचालक मीनबहादुर गुरुङलाई एमालेको पार्टी कार्यालय बनाउन जिम्मा दिने निर्णयले साढे ५ लाख पार्टी सदस्यको शिर झुकाएको बताएकी छिन् ।
त्यसैगरी पाण्डेले सो निर्णयले २८ लाख मतदाताको समेत अपमान भएकाले उक्त निर्णय सच्याउन आग्रह गरेकी छन् । सोमबार सामाजिक सजालमार्फत यसबारे पार्टीमा छलफल, निर्णय नभएको र जानकारी समेत नभएको बताएकी छिन् । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिन अघि भवनको शिलान्यास गरेका थिए । सो भवन भाटभटेनी सुपरमार्केटका संचालक गुरूङले बनाइदिन लागेका हुन् । भवन शिलान्यासमा गुरूङ दम्पत्ति पनि सहभागी भएका थिए । पाण्डेले कीर्तिपुरमा एमाले केन्द्रीय कार्यालय भवन व्यवसायीबाट निर्माण गराउने कुरा भविष्यमा पार्टीका लागि आत्मघाती हुने बताएकी छिन् ।
एमालेको पार्टी कार्यालयका लागि गुरुङ र उनकी श्रीमती सावित्री गुरुङले १० रोपनी १४ आना जग्गा उपलब्ध गराएका हुन् । पाण्डेले मनमोहन अधिकारी र मदनभण्डारीले उँचो बनाएको पार्टीको इतिहास, वर्तमानमा बाँचेका स्वाभिमानी पार्टी पंक्ति र भावी सन्ततिका लागि एमालेको गौरव जोगाउन व्यापारीबाट भवन निर्माण गर्ने गÞलत निर्णय सच्याउनुपर्ने उल्लेख गरेकी छिन ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौं । बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रा.लि.ले ‘बजाज ग्रान्ड कार्निभल’ कार्यक्रममा नयाँ दुई मोडेल
एजेन्सी । भारतको अहमदाबादको चण्डोला ताल क्षेत्रमा कथित बङ्गलादेशी नागरिकहरूमाथि ठूलो मात्रामा डिमोलिसन ड्राइभ अर्थात् (भत्काउने अभियान) तीव्र बनेको बीबीसी
काठमाडौं । नेपाल पर्यटन विकास व्यवसायी सङ्घको अध्यक्षमा अच्युतप्रसाद सिग्देल निर्बिरोध निर्वाचित भएका छन् । सङ्घको मङ्गलबार राजधानीमा सम्पन्न छैटौँ
समयले हरेक क्षेत्रमा परिवर्तन ल्याउँछ। प्रकृतिदेखि सामाजिक क्षेत्रमा समेत परिवर्तनले आफ्नो प्रभाव छाडेर गएको हामी देख्न सक्छौँ । मानव जीवनमा
काठमाडौँ । निर्माणको चरणमा रहेको नेपाली चलचित्र ‘माया प्रीति’मा अभिनेता आशीर्वाद क्षेत्रीको पनि अभिनय रहने निर्माण टिमले जनाएको छ ।
काठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी) र सिन्धुलीको फिक्कल गाउँपालिकाबीच नवप्रवर्तन र उद्यमशीलता प्रवद्र्धनका लागि सहकार्य भएको छ । ब्रिटिस