Techie IT
२०८२ असार २, सोमबार
NepaliPatra logo
गृहपृष्ठनेपालप्रहरीले जनता निराश बनाउने काम गर्न हुँदैनः मुख्यमन्त्री कार्की

प्रहरीले जनता निराश बनाउने काम गर्न हुँदैनः मुख्यमन्त्री कार्की


विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जनताको पहिलो सरकार बर्दी लगाएको प्रहरी भएकाले जनतालाई निराश बनाउने काम प्रहरीले गर्न नहुने बताएका छन् ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले ‘६९औँ प्रहरी दिवस–२०८१’ का अवसरमा आयोजित विशेष कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै उनले अपराधीलाई कानूनको दायरा भित्र ल्याउन सक्ने नेपाल प्रहरी अन्तर्राष्ट्रिय स्तरमा पनि ख्याति कमाएको प्रसङ्ग उल्लेख गरे । उनले आफूलाई सबल र सक्षम साबित गर्न प्रहरी सङ्गठन समयानुकूल बन्नुपर्ने धारणा राखे ।

कार्कीले प्रहरी समायोजन भएमा कोशी प्रदेश प्रहरी सङ्गठनलाई दुई वर्ष भित्र साधन र स्रोतले सम्पत्र बनाउने प्रतिबद्धता व्यक्त गर्दै उनले भने, “सङ्घीय सरकारले प्रहरी ऐन बनाएर छिट्टै प्रदेश सरकारलाई प्रहरी समायोजन गर्नुपर्छ ।” सात दशक इतिहास बोकेको नेपाल प्रहरी अहिले पनि साधन र स्रोतले सम्पत्र हुन नसक्नु दुःखद विषय हो भन्दै सङ्घीयताको कार्यान्वयन सँगै प्रदेश सरकारले प्रहरी संरचना सवारीमा ठूलो लगानी गरेको जानकारी दिए ।

सूचना प्रविधिको विकास सँगै प्रहरीले पनि आफूलाई सोही स्तरमा परिवर्तन गर्नुपर्ने भन्दै मुख्यमन्त्री कार्कीले भने, “जनताको जीउधनको सुरक्षा गरेर समाजमा सुशासन कायम गर्न प्रहरीको भूमिका महत्वपूर्ण छ ।” उनले प्रदेश सरकारले प्रहरीको माध्यम बाट शान्तिसुरक्षा, सुशासन र शासकीय पद्धति सुधार गर्न प्रयत्नशील छ भन्दै प्रहरीको विशिष्ट भूमिकाले नै जनता वर्तमान व्यवस्थाप्रति नतमस्तक भएको बताए ।

आन्तरिक मामिला तथा कानून मन्त्री लीलाबल्लभ अधिकारीले नेपाल प्रहरीले शान्ति सुरक्षाका अतिरिक्त आपत्विपद्का घटनामा खेलेको भूमिकाको सराहना गरे। उनले नेपाल प्रहरीको कार्यक्षमता, दक्षता र व्यावसायिकता सशक्त हुनुपर्ने भन्दै प्रदेश सरकारले प्रहरीका ५८ भवन, १४ प्रहरी भ्यान र सयौँ मोटर साइकल वितरण गरेको जानकारी दिए । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले नेपाल प्रहरीले दबाब र प्रभावमा काम गर्न नुहने बताए ।

कोशी प्रदेशका प्रमुख सचिव केदारनाथ शर्माले नेपाली जनताको मनमस्तिष्कमा बस्न सफल नेपाल प्रहरीको छवि उच्च रहेको स्पष्ट पारे । वरिष्ठ प्रहरी उपरीक्षक जय सापकोटाको अध्यक्षतामा भएको सो कार्यक्रममा वरिष्ठ प्रहरी उपरीक्षक एवं समादेशक भीमबहादुर दाहालले पनि बोलेका थिए ।

कार्यक्रममा महिला बालबालिकाका क्षेत्रमा उत्कृष्ट कार्य गर्ने २५ राशिको पुरस्कार सुशीला श्रेष्ठ र ट्राफिक व्यवस्थापनमा उत्कृष्ट कार्य गर्ने २५ राशिको पुरस्कार पाँचथरका वरिष्ठ प्रहरी सहायक निरीक्षक कुलबहादुर थापालाई प्रदान गरियो । सोही अवसरमा कोशी प्रदेशमा सबै भन्दा सर्वोत्कृष्ट कार्य गर्ने वरिष्ठ प्रहरी नायब निरीक्षक गोपालबहादुर थापालाई एक लाखको पुरस्कार तथा सम्मानपत्र प्रदान गरिएको थियो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

खेती गर्ने समयमा यो वर्ष पनि रासायनिक मल अभाव

काठमाडौं । खेती गर्ने समयमा यो वर्ष पनि किसानले मल अभाव झेल्नुपरेको छ । बर्खे धान रोपाइँ र मकै खेतीका

हेवा खोलामा बेलिब्रिज खस्दा घाइते भएका ३ जना मजदुरको मृत्यु

पाँचथर । पाँचथरको हेवा खोलामा बन्दै गरेको बेलिब्रिज खस्दा घाइते भएका ३ जना मजदुरको मृत्यु भएको छ। मेची राजमार्गस्थित पाँचथरको

अत्यधिक गर्मी बढेपछि बेलौरीमा दुई दिन विद्यालय बिदा

कञ्चनपुर । बेलौरी नगरपालिकाले अत्यधिक गर्मी बढेपछि दुई दिन विद्यालय बिदा दिने निर्णय गरेको छ । गर्मीका कारण शिक्षक, विद्यार्थी

म्याग्दीको विकट गाउँ पात्लेका १२२ घरपरिवारलाई खानेपानी सुविधा

म्याग्दी । मालिका गाउँपालिका–३ पात्लेमा ‘एक घर, एक धारा’ को सुविधा पुगेको छ । ६५ लाख ५७ हजार दुई सय

म्याग्दीको डाडागाउँमा ‘एक घर, एक धारा’

म्याग्दी । मालिका गाउँपालिका–३ मा एक करोड १० लाखको लागतमा निर्माण भएको डाडागाउँ बोक्रे खानेपानी, सरसफाइ तथा स्वच्छता आयोजनाबाट दुई

अमेरिकामा नेपाली आप्रवासीलाई दिँदै आएको टीपीएस सुविधा खारेज

एजेन्सी । अमेरिकी ट्रम्प प्रशासनले नेपाली आप्रवासीलाई दिँदै आएको टेम्पररी प्रोटेक्टेड स्ट्याटस (टीपीएस) सुविधा २०२५ अगस्ट ५ मा अन्त्य हुने

Techie IT