गृहपृष्ठ ∕
पर्यटन ∕
पर्यटकीय क्षेत्र स्याङबोचे माथि हेलिकप्टर उडानमा प्रतिबन्ध पर्यटकीय क्षेत्र स्याङबोचे माथि हेलिकप्टर उडानमा प्रतिबन्ध
काठमाडौँ । सगरमाथा राष्ट्रिय निकुन्जले पर्यटकीय क्षेत्र स्याङबोचेमाथि हेलिकप्टर उडानमा प्रतिबन्ध लगाएको छ । निकुन्जको कोर एरियामा हेलिकप्टर उडाउँदा वन्यजन्तुमा नकरात्मक असर गर्ने तथा ध्वनि प्रदूषण समेत हुने भएकाले स्याङबोचे भन्दा माथिको हिमाली क्षेत्रमा व्यवसायिक उडानमा रोक लगाएको हो ।
निकुन्ज नेपाली सेनाको भगवती प्रसाद गुल्म र मध्यवर्ति क्षेत्र ब्यवस्थापन समितिको संयुक्त बैठक बसेर नै स्याङबोचे क्षेत्र भन्दा माथि व्यवसायीक उडान नगर्नका लागि नागरिक उड्यान कार्यालय लुक्लालाई पत्राचार गरेको छ । निकुन्जको कोर क्षेत्रमा दैनिक ५० भन्दा बढी हेलिकप्टर उडान तथा अवतरण हुँदा वन्यजन्तु तर्सिएर गाउँ पस्ने गरेको भन्दै निकुन्जले हेलिकप्टर उडानमा प्रतिबन्ध लगाएको हो ।
निकुन्जको परिपत्रलाई अटेरि गर्दै शुक्रबार बिहानै देखि स्याङबोचे भन्दा माथिल्लो क्षेत्रमा दर्जनौ हेलिकप्टरले उडान गरेका छन् । निकुन्ज र सरोकारवालाले निर्णय गरे पनि माथिल्लो हिमाली क्षेत्रमा हेलिकप्टरको उडान नरोकिएको हो । यता नागरिक उड्यान प्राधिकरणको लुक्ला कार्यालयले भने राष्ट्रिय निकुन्जको निर्देशन मान्नु पर्ने आवश्यकता नरहेको बताएको छ । माथिल्लो क्षेत्रमा हुने हेलिकप्टरको व्यवसायिक उडानको स्थानीय सरकार र पर्यटन व्यवसायीहरुले पनि विरोध गर्दै आएका छन् ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
हुम्ला । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ को लिमी लाप्चा लोलुङबाट कैलाश मानसरोवरको दूरदर्शन शुरु भएको छ । वैशाख महिनाको दोस्रो
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रिप्रसाद पाण्डेले जलवायु परिवर्तनका कारण सगरमाथा लगायतका हिमश्रृंखलाहरुले ठूलो असर व्यहोरिरहेकोबताएका छन्
सोलुखुम्बु । सदरमुकाम सल्लेरीको फाप्लु विमानस्थलबाट काठमाडाैँ हप्तामा चार दिन नियमित उडान हुन थालेको छ । नेपाल एयरलाइन्सले हप्ताको चार
काठमाडाैँ । यस वर्षको वसन्त ऋतुको हिमाल आरोहणबाट ७७ करोड रुपैयाँ भन्दा बढी रोयल्टी सङ्कलन भएको छ । पर्यटन विभागको
काठमाडौं । नेपाल पर्यटन विकास व्यवसायी सङ्घको अध्यक्षमा अच्युतप्रसाद सिग्देल निर्बिरोध निर्वाचित भएका छन् । सङ्घको मङ्गलबार राजधानीमा सम्पन्न छैटौँ
मनाङ । हिमाली जिल्ला मनाङमा आइतबारदेखि नियमित रूपमा सार्वजनिक बस सेवा सञ्चालनमा ल्याइएको छ । ट्रयाक खोलिएको २२ वर्षपछि सदरमुकाम