Techie IT
२०८२ असार २, सोमबार
NepaliPatra logo
गृहपृष्ठपर्यटनपर्यटक लोभ्याउने सिरहाको ‘गोसाइ डाँडा ताल’

पर्यटक लोभ्याउने सिरहाको ‘गोसाइ डाँडा ताल’


सिरहा । चुरेको फेदमा अवस्थित छ ‘गोसाइ डाँडा ताल’ । चारैतिर हरियाली जङ्गल, चराचुरुङ्गीको मधुर चिरबिर, बीचमा रहेको मनमोहक ताल, सूर्यको किरण पर्दा सुनजस्तै टल्किरहेको सफा कञ्चन पानी, कहिल्यै गर्मी महसुस नहुने शान्त वातावरण यसको विशेषता हुन् ।

लहान नगरपालिका–१५ बानोगाउँस्थित ‘झोवाइ खोल्सी चुरिया डाँडा सामुदायिक वन’ भित्रको सिमसार क्षेत्रलाई संरक्षण गरी ‘गोसाइ डाँडा ताल’ निर्माण गरिएको छ । पूर्व–पश्चिम राजमार्गमा पर्ने लहान बजारदेखि करिब १० किलोमिटर उत्तरमा पर्छ यो ताल ।

जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न ताल संरक्षण र व्यसस्थापनसँगै पर्यापर्यटनको समेत विकास गरिएको झोवाइ खोल्सी चुरिया डाँडा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष लगनलाल चौधरीले बताए । झण्डै दुई बिघा क्षेत्रफलमा फैलिएको यस तालको वरिपरि अन्य चारवटा सानाठूला पोखरीसमेत रहेका छन् । प्रकृतिक सुन्दरताका साथै थप पयटकीय संरचनाको निर्माणपछि पर्यापर्यटनको नयाँ गन्तव्यका रुपमा यस क्षेत्र विकास भएको चौधरीले जानकारी दिए ।

अध्यक्ष चौधरीका अनुसार तालको संरक्षण, सम्बद्र्धन र सौन्दर्यीकरण गरी पर्यटकीयस्थल निर्माणमा डिभिजन वन कार्यालय लहान, सिरहाबाट ७० लाख, वन तथा भूसंरक्षण विभागबाट २० लाख, जलस्रोत तथा सिँचाइ विकास डिभिजनबाट ४० लाख, संसद विकास कोषबाट १५ लाख रुपैयाँ सहयोग रकम खर्च भएको छ ।

त्यसैगरी पर्यटन विकास कार्यलय लहानबाट यस आर्थिक वर्षभित्रमा कार्यान्वयन गर्ने गरी ५० लाख विनियोजन भएको छ । उक्त बजेटबाट समितिले तालमा ‘बोटिङ’ सञ्चालन, ठाउँ–ठाउँमा विश्रामस्थल निर्माण, ताल घुम्ने बाटो, शौचालय, वनभोजस्थललगायतका संरचना बनाइसकेको छ भने महादेव र हनुमान मन्दिर निर्माण अधुरो रहेको छ ।

त्यसैगरी आगामी दिनमा यहाँ भ्युटावर बनाउने लक्ष्यसमेत रहेको अध्यक्ष चौधरीले जानकारी दिए । ठूलो सम्भावना बोकेको यो ताललाई पर्यटकीयस्थलको रुपमा विकास गरी स्थानीयको आर्थिक उपार्जनमा टेवा पुर्‍याउन डिभिजन वन कर्यालय लहानले सहयोग गरिरहेको कार्यालय प्रमुख शैलेन्द्रकुमार मिश्रले बताए । सामुदायिक वनभित्र भएका स्रोतसाधनको पहिचान गरी लाभ लिन उपभोक्ता समितिका सदस्यलाई उनको आग्रह छ ।

यस पर्यटकीय क्षेत्रमा आवतजावतको लागि बानोखोलामा पुल नबन्दा वर्षाको समयमा खोला तर्न समस्या परेको वडा नं १५ का वडाध्यक्ष तेजनारायण चौधरी बताए । पुल निर्माणको लागि नगरको मात्रै स्रोतले सम्भव नरहेकाले प्रदेश तथा सङ्घीय सरकारसँग पहल गरिने लहान नगर उपप्रमुख रामचलितार महतोले बताए ।

साथै महतोले जमिनमा पानीको सतह घट्दै गएकाले चुरे क्षेत्रमा यस प्रकृतिका पोखरीले ‘वाटर रिचार्ज’ हुने भन्दै वन उपभोक्ता समितिले वनजंगल संरक्षण र जलाधार क्षेत्र संरक्षणको लागि गरेको प्रयासमा नगरपालिकाले सधैँ सहयोग र प्रोत्साहन गर्ने बताए ।

जलवायु परिवर्तनको चुनैतीलाई सामना गरी तालको संरक्षणको साथसाथै हरियाली प्रवद्र्धन गर्दै पर्यापर्यटनको विकास गर्नुपर्ने जिल्ला वन क्षेत्र समन्वय समितिका पदेन सदस्य रहनुभएका जिल्ला समन्वय समिति सिरहाका सभापति दिनेशकुमार महतोले जोड दिए ।

चुरेको काखमा अवस्थित ‘गोसाइ डाँडा ताल’ले पोखराको फेवातालको झल्को दिने स्थानीय बताउँछन् । तालको बीचमा जमिनको भाग उठेको छ । यसलाई थप आकर्षक बनाई आन्तरिक तथा बाह्य पर्यटकको आगमनबाट स्थानीयको रोजगारीमा समेत अभिवृद्धि हुने यसका अध्यक्ष चौधरीको भनाइ छ । यस पर्यटकीय क्षेत्रकोे विकासका लागि सबैलाई सहयोग र प्रचारप्रसार गरिदिन अध्यक्ष चौधरीले आग्रह गरेका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

कैलाश मानसरोवर दूरदर्शन शुरु

हुम्ला । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ को लिमी लाप्चा लोलुङबाट कैलाश मानसरोवरको दूरदर्शन शुरु भएको छ । वैशाख महिनाको दोस्रो

हिमाल जोगाउन जलवायु परिवर्तनका असर न्युनिकरणका लागि प्रतिवद्धताका साथ लागौँ:…

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रिप्रसाद पाण्डेले जलवायु परिवर्तनका कारण सगरमाथा लगायतका हिमश्रृंखलाहरुले ठूलो असर व्यहोरिरहेकोबताएका छन्

फाप्लु–काठमाडौँ हप्तामा चार दिन उडान

सोलुखुम्बु । सदरमुकाम सल्लेरीको फाप्लु विमानस्थलबाट काठमाडाैँ हप्तामा चार दिन नियमित उडान हुन थालेको छ । नेपाल एयरलाइन्सले हप्ताको चार

हिमालबाट ७७ करोड रोयल्टी सङ्कलन

काठमाडाैँ । यस वर्षको वसन्त ऋतुको हिमाल आरोहणबाट ७७ करोड रुपैयाँ भन्दा बढी रोयल्टी सङ्कलन भएको छ । पर्यटन विभागको

पर्यटन विकास व्यवसायी सङ्घको अध्यक्षमा सिग्देल

काठमाडौं । नेपाल पर्यटन विकास व्यवसायी सङ्घको अध्यक्षमा अच्युतप्रसाद सिग्देल निर्बिरोध निर्वाचित भएका छन् । सङ्घको मङ्गलबार राजधानीमा सम्पन्न छैटौँ

मनाङमा सार्वजनिक बस सेवा सञ्चालन सुरु

मनाङ । हिमाली जिल्ला मनाङमा आइतबारदेखि नियमित रूपमा सार्वजनिक बस सेवा सञ्चालनमा ल्याइएको छ । ट्रयाक खोलिएको २२ वर्षपछि सदरमुकाम

Techie IT