Techie IT
२०८२ वैशाख १८, बिहीबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिपहुँच र पैसाको आधारमा कागजी प्रमाण तयार हुने भएकाले न्याय पाईदैन्: जनार्दन शर्मा

पहुँच र पैसाको आधारमा कागजी प्रमाण तयार हुने भएकाले न्याय पाईदैन्: जनार्दन शर्मा


काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्माले न्याय सम्पादन सबै कागजी प्रमाणको आधारमा हुने भएकाले मिलाएर अन्याय गरेकाले न्याय पाउने घटना हुने गरेको टिप्पणी गरेका छन्।

संसदीय सुनुवाइ समितिमा सर्वोच्च अदालतका लागि प्रस्तावित दुई न्यायाधीशको सुनुवाइमा बोल्दै कागजी प्रमाण पहुँच र पैसाको आधारमा पनि तयार हुने गरेको बताए।

उनले भने, ‘हाम्रो न्याय सम्पादनको विधि र प्रक्रिया सबै कागजी प्रमाणको आधारित छ। घटना त थाहा पाउने कुरा भएन। कागज बनाउने प्रक्रिया हेर्दा बनाउने मान्छे, उसको पहुँच, क्षमता, आर्थिक स्रोतलगायतको कुराले धेरै प्रभावित गरेका हुन्छन्। बयान पनि कागजमा लेख्ने बनाउने कुरा हो। जसले गर्दा कहिलेकाहीँ तथ्यहरू ओझेल गर्ने र न्याय पाउनुपर्ने मान्छेले नपाइरहेको अवस्था हुन्छ।’

सर्वोच्चमा जाँदा कागजी प्रमाणको आधारमा अन्यायमा परेकाले न्याय नपाउने र कागज मिलाएर अन्याय गरेकाले न्याय पाउने घटना पनि बढेको भन्दै त्यसलाई रोक्ने योजना अघि सार्नुपर्नेमा जोड दिए।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

‘बजाज ग्रान्ड कार्निभल’मा पल्सर एन १२५ र एन १६० सार्वजनिक

काठमाडौं । बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रा.लि.ले ‘बजाज ग्रान्ड कार्निभल’ कार्यक्रममा नयाँ दुई मोडेल

भारतको अहमदाबादमा बङ्गलादेशी नागरिकविरुद्धको कारबाही रोकिएन

एजेन्सी । भारतको अहमदाबादको चण्डोला ताल क्षेत्रमा कथित बङ्गलादेशी नागरिकहरूमाथि ठूलो मात्रामा डिमोलिसन ड्राइभ अर्थात् (भत्काउने अभियान) तीव्र बनेको बीबीसी

पर्यटन विकास व्यवसायी सङ्घको अध्यक्षमा सिग्देल

काठमाडौं । नेपाल पर्यटन विकास व्यवसायी सङ्घको अध्यक्षमा अच्युतप्रसाद सिग्देल निर्बिरोध निर्वाचित भएका छन् । सङ्घको मङ्गलबार राजधानीमा सम्पन्न छैटौँ

छापा पत्रकारिता: सम्भावना र रणनीति

समयले हरेक क्षेत्रमा परिवर्तन ल्याउँछ। प्रकृतिदेखि सामाजिक क्षेत्रमा समेत परिवर्तनले आफ्नो प्रभाव छाडेर गएको हामी देख्न सक्छौँ । मानव जीवनमा

‘माया प्रीति’मा आशीर्वाद क्षेत्रीको अभिनय रहने

काठमाडौँ । निर्माणको चरणमा रहेको नेपाली चलचित्र ‘माया प्रीति’मा अभिनेता आशीर्वाद क्षेत्रीको पनि अभिनय रहने निर्माण टिमले जनाएको छ ।

द ब्रिटिस कलेज र फिक्कल गाउँपालिकाबीच सहकार्यताको लागि सम्झौता

काठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी) र सिन्धुलीको फिक्कल गाउँपालिकाबीच नवप्रवर्तन र उद्यमशीलता प्रवद्र्धनका लागि सहकार्य भएको छ । ब्रिटिस

Techie IT