Techie IT
२०८२ वैशाख १६, मंगलबार
NepaliPatra logo
गृहपृष्ठनेपालपूर्वाञ्चल विश्वविद्यालयले बालबालिकालक्षित दुई दिवसीय अन्तर्राष्ट्रिय सम्मेलन गर्दै

पूर्वाञ्चल विश्वविद्यालयले बालबालिकालक्षित दुई दिवसीय अन्तर्राष्ट्रिय सम्मेलन गर्दै


विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयले बालबालिकाको सर्वाङ्गीण विकास, नवप्रवर्तन, हेरचाह लगायतको परिकल्पना गर्दै दुई दिवसीय अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्ने भएको छ।

बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै विश्वविद्यालयका शिक्षाशास्त्र संकायका डीन प्राडा अनिलकुमार पोखरेलले बालबालिकाको विकासका देखिने विभिन्न आयामलाई केन्द्रित गरी पहिलो पटक अन्तर्राष्ट्रिय सम्मेलन हुन लागेको जानकारी दिए ।

‘इनभिजनिङ अर्ली चाइल्डहुड डेभलवमेन्ट (इसिडी)’मा केन्द्रित सम्मेलनबारे डीन पोखरेलले सम्मेलनमा नेपालसहित बेलायत, अमेरिका, भारत, मलेशियालगायत १५ वटा राष्ट्रका प्राज्ञ, अनुसन्धानकर्ता, नीति निर्माताहरु र विद्यार्थीहरुको सहभागिता रहने जानकारी दिए ।

मंसिर २१ र २२ गते विराटनगरमा हुने सम्मेलनबारे जानकारी दिँदै उनले भने, ‘मुलुकमै पहिलोपटक बालबालिकाको विषयलाई केन्द्रित गरेर कार्यक्रम हुन लागेको हो। यसले बालबालिकाको विकास, हेरचाह, अध्ययनलाईमा कसरी सघाउ पुर्याउन सक्छ, त्यसबारेमा बृहत छलफल हुनेछ ।’

बालबालिकाहरुको हेरचाह, जनशक्ति, पेशागत विकास, जलवायु परिवर्तन र त्यसले पारेको प्रभाव, पोषण, प्रारम्भिक बाल्यकाल विकासमा नवप्रवर्तनलगायतका विषयमा ४० बढी सहभागीको अध्ययन अनुसन्धानलाई छलफलमा राखिने डीन प्राडा पोखरेलले जानकारी दिए ।

कार्यक्रममा अमेरिकाबाट ३ जना, मलेशियाबाट २ जना, नेपाल, भारत र बेलायतबाट समान १ जना मुख्य वक्ता रुपमा रहने उनले बताए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

द ब्रिटिस कलेज र फिक्कल गाउँपालिकाबीच सहकार्यताको लागि सम्झौता

काठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी) र सिन्धुलीको फिक्कल गाउँपालिकाबीच नवप्रवर्तन र उद्यमशीलता प्रवद्र्धनका लागि सहकार्य भएको छ । ब्रिटिस

विद्युत् आपूर्तिमा समस्या छैन, लोडसेडिङ पनि हुँदैन : प्राधिकरण

काठमाडाैँ । नेपाल विद्युत् प्राधिकरणले विद्युत आपूर्तिमा कुनै समस्या नरहेको र लोडसेडिङ पनि नहुने स्पष्ट पारेको छ । प्राधिकरणले विज्ञप्ति

तरबूजा खेती गरेरै जीविका चलाउँछिन् बन्धु चौधरी

कञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका बन्धु चौधरीले स्याली नदी बगरमा उत्पादित तरबूजा बिक्री गरेरै जीविका चलाउँदै आएकी छिन् ।

अभिभावकको दबाबले खुल्न थाले इलामका सामुदायिक विद्यालय

इलाम । शिक्षकहरुको आन्दोलनका कारण बन्द भएका यहाँका सामुदायिक विद्यालय अभिभावकको दबाबपछि खुल्न थालेका छन् । अभिभावकले विद्यार्थीको भविष्य अन्धकार

बङ्गुर पालेर स्वरोजगार र आत्मनिर्भर

म्याग्दी । बङ्गुरपालन गरेका म्याग्दीका एक युवाले निरन्तर मेहनत गर्ने हो भने देशमै स्वरोजगार र आत्मनिर्भर बन्न सकिने सन्देश दिएका

भूकम्पको दशक: भत्किएका संरचना अझै अधुरा

काठमाडौं । विसं २०७२ को विनाशकारी भूकम्पका कारण हरेक वर्षको वैशाख १२ गतेले नेपालीलाई झस्काइरहन्छ । त्यो कम्पनले लाखौँ सपनाहरू

Techie IT