Techie IT
२०८३ असोज २९, बिहीबार
NepaliPatra logo
गृहपृष्ठ ∕ नेपाल ∕ नेपालको चिकित्सा स्नातकोत्तरलाई विदेशमा आपसी मान्यता दिलाउन स्वास्थ्य मन्त्री पौडेलको पहल

नेपालको चिकित्सा स्नातकोत्तरलाई विदेशमा आपसी मान्यता दिलाउन स्वास्थ्य मन्त्री पौडेलको पहल


काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालको चिकित्सा शिक्षालाई विदेशमा आपसी मान्यता प्रदान गर्नका लागि पहल थालेको छ ।

नेपालमा स्नातकोत्तर गरे भारत तथा अन्य राष्ट्रहरुमा सोसरहको मान्यता नपाउँदा नेपालका चिकित्सा विद्यार्थीलाई समस्या भैरहेको छ । यस्तो समस्या अन्त्य गर्न तथा पूर्ण शुल्कमा विदेशी विद्यार्थी नेपालमा अध्ययन गर्न आउने वातावरण बनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको कदमको फलस्वरुप मन्त्रालयले पहल थालेको हो ।

शुरुवातमा माल्दिभ्सलगायत सार्क देशका विद्यार्थीलाई चिकित्सा शिक्षाको आपसी मान्यता प्रक्रिया सहज बनाउन सहजीकरण र कोटा व्यवस्थापनका उपाय खोज्न भन्दै मन्त्रालयले नेपाल मेडिकल काउन्सिललाई ३० दिनभित्र प्रारम्भिक प्रतिवेदन दिन भनेको छ ।

३० दिनभित्र प्रतिवेदन दिने गरी उपाय सुझाउन मन्त्रालयअन्र्तगतको नीति योजना तथा अनुगमन महाशाखाले काउन्सिललाई पत्राचार गरेको प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए ।

गत महिना इन्डोनेसियामा एक कार्यक्रममा गएका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेललाई त्यहाँका स्वास्थ्य मन्त्रीले स्नातकोत्तर शिक्षा दिनका लागि आग्रह गरेका थिए । जवाफमा मन्त्री पौडेलले आफूले यसका लागि पहल गर्ने बताए पछि मन्त्रालयले काम अघि बढाएको हो ।
समितिले दिएको प्रतिवेदनले चिकित्सा शिक्षालाई अन्तर्राष्ट्रियस्तरमा लोकप्रिय बनाउन विदेशी विद्यार्थीको चासो सम्बोधन गर्न सफल हुने विश्वास लिएको मन्त्री पौडेलले बताए ।

नेपालमा अध्ययन गरेका चिकित्सा विद्यार्थीको समस्या समाधान गर्ने हाम्रो उद्देश्य हो, मन्त्री पौडेलले भने, सँगै, नेपालमा पूर्ण शुल्कमा विदेशी विद्यार्थीसमेत पढाउन सकिए हाम्रो शिक्षाको स्तर र देशमा विदेशी मुद्रा दुवै वृद्धि गर्न सकिन्छ भन्ने विश्वास लिएका छौं ।

अहिले भारतलगायतका मुलुकमा स्नातकोत्तर अध्ययन गरेकाले नेपालमा सहजै अभ्यास गर्न पाए पनि नेपालमा अध्ययन गरेका विद्यार्थीका हकमा भने आपसी मान्यता प्राप्त नहुँदा कठिनाइ भैरहेको छ । आपसी मान्यता पाउने गरी कम्तिमा सार्कस्तरमा पहल गर्न सकिएमा नेपालमा विदेशी विद्यार्थीको आकर्षण बढाउन सकिने विश्वास गरिएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

मधेश प्रदेश प्रमुख भण्डारी पदमुक्त

काठमाडौं । मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त भएकी छन् । मन्त्रिपरिषद्को सोमबारको निर्णय र सिफारिस बमोजिम राष्ट्रपति रामचन्द्र

ब्रिटिस कलेजको ११ औँ ग्राजुयसनमा ६०० भन्दा बढी ग्राजुयट सम्मानित

काठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी)को ११ औं ग्राजुयसन समारोह सम्पन्न भएको छ । शुक्रबार द सोल्टीमा ब्रिटिस एजुकेशन ग्रुप

देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट

जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

Techie IT