Techie IT
२०८२ वैशाख १७, बुधबार
NepaliPatra logo
गृहपृष्ठपर्यटनसौराहामा आज हात्ती सुन्दरी प्रतियोगिता

सौराहामा आज हात्ती सुन्दरी प्रतियोगिता


काठमाडाैँ । चितवनको सौराहामा हिजोदेखि शुरु भएको हात्ती तथा पर्यटन महोत्सव अन्तर्गत आज हात्ती सुन्दरी प्रतियोगिता हुनेछ । भोलिदेखि हात्तीको पिकनिक कार्यक्रम छ ।

सौराहा नजिकैको बाघमारा मध्यवर्ती सामुदायिक वनको चौरमा आउँदो सोमबारसम्म महोत्सव सञ्चालन हुनेछ ।

हिजो महोत्सवको उदघाटनअघि सिङ्गारिएका हात्तीको लस्करसहित आदिवासी थारू लगायतका समुदायको सांस्कृतिक झाँकी निस्किएको थियो ।

हात्ती महोत्सवको अवसरमा हात्तीको फुटबल पेनाल्टी हान्ने खेलसहित विविध गतिविधि र साङ्गीतिक कार्यक्रमहरू हुने आयोजक क्षेत्रीय होटल सङ्घ सौराहाले जनाएको छ ।

इस्वी संवतको नयाँ वर्ष २०२५ र क्रिसमसको अवसर पारेर १८ औँ चितवन हात्ती तथा पर्यटन महोत्सव शुरु भएको हो ।

हरेक वर्ष आयोजना हुने महोत्सवले सौराहामा आन्तरिक तथा वाह्य पर्यटक आगमन बढ्ने विश्वास गरिएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

पर्यटन विकास व्यवसायी सङ्घको अध्यक्षमा सिग्देल

काठमाडौं । नेपाल पर्यटन विकास व्यवसायी सङ्घको अध्यक्षमा अच्युतप्रसाद सिग्देल निर्बिरोध निर्वाचित भएका छन् । सङ्घको मङ्गलबार राजधानीमा सम्पन्न छैटौँ

मनाङमा सार्वजनिक बस सेवा सञ्चालन सुरु

मनाङ । हिमाली जिल्ला मनाङमा आइतबारदेखि नियमित रूपमा सार्वजनिक बस सेवा सञ्चालनमा ल्याइएको छ । ट्रयाक खोलिएको २२ वर्षपछि सदरमुकाम

पर्यटकको रोजाइमा विचित्र गुफा

गुल्मी । यहाँको धुर्कोट गाउँपालिका–५ स्थित विचित्र गुफा यतिबेला आन्तरिक एवं वाह्य पर्यटकको आकर्षणको केन्द्र बनेको छ । जिल्ला सदरमुकाम

सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकियो

काठमाडौं । यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकिएको छ । सगरमाथा प्रदूषण नियन्त्रण

‘पोखरा-छेन्दु उडानलाई नियमित गर्न सबैको सहयोग आवश्यक छ’

कास्की । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट शुरु भएको चीनको सिचुवान प्रान्तको छेन्दुको सिधा उडानलाई निरन्तरता दिन

पर्यटकीयस्थल पुनहिलमा विद्युत् सेवा विस्तार

म्याग्दी । अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीयस्थल पुनहिलमा विद्युत् सुविधा विस्तार भएको छ । समुद्री सतहबाट तीन हजार २१० मिटर उचाइमा

Techie IT