Techie IT
२०८२ भदौ ८, आईतबार
NepaliPatra logo
गृहपृष्ठनेपालचन्द्रागिरि नगरपालिकाद्वारा ‘बहुप्राविधिक शिक्षालय’ सञ्चालन

चन्द्रागिरि नगरपालिकाद्वारा ‘बहुप्राविधिक शिक्षालय’ सञ्चालन


काठमाडौं । चन्द्रागिरि नगरपालिकाले सामुदायिक विद्यालयमा ‘बहुप्राविधिक शिक्षालय’ सञ्चालन गर्न शुरुआत गरेको छ ।

‘पढ्दै कमाउँदै’ अवधारणा एवं विद्यार्थीलाई माध्यामिक शिक्षा (दशजोड दुई) पश्चात् स्वारोजगार बनाउने ध्येयले नगरपालिकाले पहिलो पटक चन्द्रागिरि–१२ स्थित बलम्बु माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई प्राविधिक शिक्षालय मार्फत सीप सिकाउन थालेको हो ।

यसका लागि नगरपालिकाले दक्षिण कोरियाको ड्रिम सेयरिङ फाउन्डेसन सँगको सहकार्यमा सो विद्यालय परिसरमा शिक्षालय भवनसहित अत्याधुनिक चार वटा प्रयोगशाला निर्माण गरेको छ । दुई तले भवन एवं प्रयोगशालका लागि २ करोड ५० खर्च भएको जनाइएको छ । शिक्षालयमा अब प्राविधिक शिक्षा तथा व्यावसायिक शिक्षा परिषद् (सि.टि.इ.भि.टी.) अन्तर्गतको पाठ्यक्रममा आधारित ब्यूटिसियन, इलेक्ट्रिसियन, मोटरसाइकल तथा मोबाइल मर्मत विधामा सीप विद्यार्थीलाई अतिरिक्त समयमा सिकाइने छ ।

माध्यामिक शिक्षा परीक्षामा (एस.र्इ.ई.)मा शतप्रतिशत विद्यार्थीलाई उत्तीर्ण गराउँदै आएको अब्बल सो सामुदायिक विद्यालयमा साधारण तर्फ कक्षा ९ देखि १२ अध्ययन गरिराखेका विद्यार्थीले आफू रुचिको ती विधामध्ये एक विधामा सीप सिक्नेछन् । अतिरिक्त समयमा उनीहरूले सिक्ने सो सीप स्नातक तह बराबरको हुनेछ ।

कक्षा १२ उत्तीर्ण हुँदा विद्यार्थीले आफूले रोजेका विधामा प्राविधिक सीपको प्रमाणपत्र पनि लिएर निस्कने छन् । यस बाट विद्यालयमै विद्यार्थीलाई आत्मनिर्भर तथा रोजगार बनाउन सहयोग पुग्ने अपेक्षा नगरपालिकाले लिएको छ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले मङ्गलबार ‘बहुप्राविधिक शिक्षालय’को शुभारम्भ गर्दै सामुदायिक विद्यालयमा बहुप्राविधिक शिक्षालय सञ्चालन गर्ने नगरपालिकाको नीतिको प्रशंसा गर्दै यो नीति सङ्घीय सरकारका लागि पनि सिकाइ हुनसक्छ बताए ।

नगरप्रमुख घनश्याम गिरीले भने, “विद्यालयमै विद्यार्थीलाई आत्मनिर्भर तथा स्वरोजगार बनाउने नीति नगरपालिकाको हो, यसका लागि नै नगरपालिकाले सामुदायिक विद्यालयमा ‘बहुप्राविधिक शिक्षालय’ सञ्चालन गरेको हो । यो पहिलो शिक्षालयको सिकाइका आधारमा अन्य विद्यालयमा यो कार्यक्रम कार्यान्वयनमा ल्याउँछौँ । विद्यालय शिक्षा पछि जीविकोपार्जन गर्न विदेश जानु नपरोस् भन्ने नै हाम्रो ध्येय हो ।”

उनका अनुसार नगर क्षेत्रका सामुदायिक विद्यालयमा ९० घण्टा बराबरको प्राविधिक शिक्षा कार्यक्रम कार्यान्वयन भइराखेको, स्मार्ट बोर्ड मार्फत पठनपाठन भइराखेको, विद्यालयका लागि बसको व्यवस्था गरिएको छ । नगरप्रमुख गिरीले भने, “नगर क्षेत्रका सबै सामुदायिक विद्यालयका भौतिक पूर्वाधारको काम सम्पन्न भएका छन्, अब शैक्षिक गुणस्तरलाई अझ उत्कृष्ट बनाउँदै विद्यार्थी प्राविधिक सीप पनि सिकाउने काममा लागेका छौँ ।”

प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले भने, “जीवनोपयोगी शिक्षा, गुणस्तरीय पठनपाठन र प्राविधिक सीप मार्फत स्वदेशमै युवालाई स्वरोजगार बनाउने प्रयासमा लागेका छौँ । अर्धदक्ष सीप बेच्न विदेश जानुपर्ने अवस्थालाई घटाउन लागेका छौँ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरलाई अझ माथि उठाउन नगरपालिकाले आवश्यक पक्षमा ध्यान दिएको छ । यसमा नै हाम्रा शैक्षिक नीतिनियम केन्द्रित छन् ।”

शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख सुजनराज खनालले विद्यार्थीलाई विद्यालय शिक्षा सँगै प्राविधिक शिक्षाको सैद्धान्तिक र प्रयोगात्मक ज्ञान हुँदा स्वरोजगार बन्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । बलम्बु मा.वि.का प्रधानाध्यापक सुमन रावतले भने, “कक्षा ९ देखि प्राविधिक शिक्षा पढ्न थालेका विद्यार्थीले कक्षा १२ कक्षा पास गर्दा एक हातमा शैक्षिक प्रमाणपत्र अर्को हातमा प्राविधिक शिक्षाको, रोजगार बनाउने हाम्रो उद्देश्य हो ।” ड्रिम सेयरिङ फाउन्डेसन कोरियाका अध्यक्ष सी विनले अगामी दिनमा नेपालको सामुदायिक विद्यालयमा नै प्राविधिक शिक्षाको आवश्यकता रहेको हुँदा यस क्षेत्रमा फाउन्डेसनको सहयोग जारी राख्ने जानकारी दिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

वीरगञ्जमा ४० जनामा हैजा संक्रमण पुष्टि

काठमाडौं । वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मुर्लीको नयाँटोलमा हैजासँग लक्षण मिल्ने बिरामी फेला परेका छन । हैजाको संक्रमण पहिचानका

लिपुलेक नेपालको अभिन्न भू-भाग हो : परराष्ट्र मन्त्रालय

काठमाडाैँ । परराष्ट्र मन्त्रालयले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू-भाग रहेको स्पष्ट पारेको छ । नेपाली भूमि लिपुलेक हुँदै

कोरिया जान १ लाख ३ हजार आवेदन

काठमाडौं । सन् २०२५ मा रोजगार अनुमति प्रणाली इपिएस मार्फत दक्षिण कोरिया जानका लागि एक लाख तीन हजार जनाको आवेदन

बागलुङको निसेलढोर गाउँमा विद्युत नपुग्दा स्थानीय अन्धकारमा बस्न बाध्य

बागलुङ । बागलुङको निसेलढोर गाउँमा विद्युत नपुग्दा स्थानीय अहिले पनि अन्धकारमा बस्न बाध्य छन् । निसीखोला गाउँपालिका–५ स्थित यस गाउँमा

राहुघाट जलविद्युत् आयोजनाको बाँध क्षेत्रमा पहिरोमा पुरिएर २ जनाको मृत्यु,…

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन राहुघाट जलविद्युत् आयोजनाको बाँध क्षेत्रमा सोमबार पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ भने

बालबालिकाको प्रतिरोधात्मक क्षमता बढाउन स्वर्णप्रासन आयुर्वेदिक थोपा प्रदान गरिने

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बालबालिकाको प्रतिरोध क्षमता विकासका लागि आयुर्वेदिक पद्दतीको स्वर्णप्रासन थोपा प्रदान गर्ने निर्णय

Techie IT