Techie IT
२०८२ असार १, आईतबार
NepaliPatra logo
गृहपृष्ठखेलखो खो विश्वकपको उपाधिका लागि आज नेपाली महिला र पुरूष टोलीले भारत सँग खेल्दै

खो खो विश्वकपको उपाधिका लागि आज नेपाली महिला र पुरूष टोलीले भारत सँग खेल्दै


काठमाडौं । नेपालको खो खो महिला र पुरुष राष्ट्रिय टोली भारतमा जारी खो खो विश्वकपको फाइनल खेल आज (आइतबार) हुँदै छ ।

नेपाली महिला टोलीले शनिबार भएको पहिलो सेमिफाइनलमा युगान्डालाई पराजित गर्दै ऐतिहासिक फाइनल यात्रा तय गरेको हो । नयाँ दिल्ली स्थित ईन्दिरा गान्थी ईन्डोर हलमा भएको खेलमा नेपालले युगान्डालाई ८९–१८ ले हरायो ।

नेपालको कुनै पनि टोली कुनै पनि खेलको विश्वकपको फाइनलमा पुगेको यो पहिलो पटक हो । नेपाली महिला टोली अपराजित रहँदै फाईनलमा पुगेको हो । यसैगरी, नेपाली पुरुष टोली पनि इरानलाई ७२–२० को स्कोरले हराउँदै फाइनलमा प्रवेश गरेको हो ।

नेपालले आज भारत सँग उपाधिका लागि खेल्नेछ । नेपाल समूह उपविजेता बन्दै क्रुवाटरफाइनलमा पुगेको थियो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

बाघ ई–स्पोर्ट्सले ३२४ टिमलाई उछिन्दै जित्यो वेस्टमिन्स्टर कलेज पब्जी टुर्नामेन्ट

काठमाडौँ । कुपण्डोलस्थित द वेस्टमिन्स्टर कलेजले आयोजना गरेको पब्जी टुर्नामेन्टको उपाधि ‘बाघ ई–स्पोर्ट्स’ले जितेको छ । ब्रिटिस एजुकेशन ग्रुपअन्तर्गतको वेस्टमिन्स्टर

राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता जेठको अन्तिममा हुने

काठमाडौँ । राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको १५औं संस्करण यही जेठ २८ देखि ३० गतेसम्म काठमाडौँमा हुने भएको छ ।

नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं । नेपाल एक खेल अगावै साफ यू–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भारतको उत्तर प्रदेशस्थित गोल्डेन जुब्ली

ललितपुर सिटी लगातार दोस्रोपटक नेपाल सुपर लिग च्याम्पियन

काठमाडौँ । ललितपुर सिटी एफसी लगातार दोस्रोपटक नेपाल सुपर लिग (एनएसएल)को च्याम्पियन बनेको छ । ललितपुर तेस्रो संस्करणको फाइनलमा शनिबार

एन्फा कप फुटबल प्रतियोगिता नहुने

काठमाडाैँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आयोजना गर्ने भनेको लिग कम नकआउट फुटबल प्रतियोगिता एन्फा कप नहुने भएको छ

ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौंमा

काठमाडौं । विश्वकप विजेता ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौं आइपुगेका छन् । उनी नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका

Techie IT