गृहपृष्ठ ∕ नेपाल ∕ पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाइदैपाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाइदै नेपालीपत्र मंगलबार, २०८१ माघ २२ गते, १०:१४ मा प्रकाशित नेपाल काठमाडौ । आजदेखि देशभरका बालिकाहरूलाई एचपिभी खोप अर्थात पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप दिइँदै छ । परिवार कल्याण महाशाखाकका अनुसार खोप १० देखि १४ वर्षभित्रका सबै बालिकालाई दिइनेछ ।सबै विद्यालयमा र विद्यालय बाहिर गरी देशभरि २८ हजार ५ सय खोप केन्द्रमार्फत खोप दिने तयारी भएको छ । विद्यालयमा अध्ययनरत बालिकाका हकमा विद्यालयभित्रै र बाहिरकालाई स्वास्थ्य केन्द्र र नजिकका खोप केन्द्रमार्फत खोप दिने गरी तयारी गरिएको हो ।शाखाका अनुसार ९० प्रतिशत खोप केन्द्र विद्यालयमा र १० प्रतिशत बाहिर छन् । कुनै कारणवश खोप लिन छुटेकाहरूका हकमा सम्बन्धित ठाउँमै पुगेर पनि खोप दिने व्यवस्था मिलाइएको छ । यो वर्ष नेपाल सरकारले गाभीमार्फत खरिद गरी १७ लाख ३० हजार डोज खोप ल्याएको हो । सबै केन्द्रहरूमा खोप पुगिसकेको शाखाले जनाएको छ ।सरकारले सिकोलिन नामको एचपिभी खोप दिन लागेको हो । यो वर्ष १६ लाख ८८ हजार जना बालिकालाई खोप दिइनेछ । निःशुल्क दिन लागिएको यो खोपका लागि सरकारले एक अर्ब ३० करोड रूपैयाँ लगानी गरेको छ । पाठेघरको मुखको क्यान्सरका कारण नेपालमा प्रतिवर्ष औसत १३ देखि १४ सय महिलाको मृत्यु हुने गरेको छ । #खोप #पाठेघरको मुखग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार मध्यपूर्वको तनावले इजरालयमा रहेका नेपाली प्रभावितकाठमाडौं । सरकारले पछिल्लो केही दिन यता मध्यपूर्वमा तनाव बढ्दै गएपछि उक्त क्षेत्रमा कार्यरत नेपाली कामदार तथा नागरिकलाई सुरक्षित राख्ने मेयर र उपमेयरबीचको विवादले तनावग्रस्त धरान उपमहानगरपालिकाधरान । धरान उपमहानगरपालिकामा नगर प्रमुख हर्क साम्पाङ र उपप्रमुख अइनविक्रम बेघाबीचको विवाद चुलिँदै गएको छ । दुई जनाप्रतिनिधिको बिबादले खेती गर्ने समयमा यो वर्ष पनि रासायनिक मल अभावकाठमाडौं । खेती गर्ने समयमा यो वर्ष पनि किसानले मल अभाव झेल्नुपरेको छ । बर्खे धान रोपाइँ र मकै खेतीका हेवा खोलामा बेलिब्रिज खस्दा घाइते भएका ३ जना मजदुरको मृत्युपाँचथर । पाँचथरको हेवा खोलामा बन्दै गरेको बेलिब्रिज खस्दा घाइते भएका ३ जना मजदुरको मृत्यु भएको छ। मेची राजमार्गस्थित पाँचथरको अत्यधिक गर्मी बढेपछि बेलौरीमा दुई दिन विद्यालय बिदाकञ्चनपुर । बेलौरी नगरपालिकाले अत्यधिक गर्मी बढेपछि दुई दिन विद्यालय बिदा दिने निर्णय गरेको छ । गर्मीका कारण शिक्षक, विद्यार्थी म्याग्दीको विकट गाउँ पात्लेका १२२ घरपरिवारलाई खानेपानी सुविधाम्याग्दी । मालिका गाउँपालिका–३ पात्लेमा ‘एक घर, एक धारा’ को सुविधा पुगेको छ । ६५ लाख ५७ हजार दुई सयधेरै पढिएका खबर १ यो सभा चलाउने तरिका भएन: राजेन्द्र पाण्डे २ बाघ ई–स्पोर्ट्सले ३२४ टिमलाई उछिन्दै जित्यो वेस्टमिन्स्टर कलेज पब्जी टुर्नामेन्ट ३ रूसी राष्ट्रपति पुटिन र अमेरिकी राष्ट्रपति ट्रम्पबीच फोनवार्ता ४ ‘महाभोज’को अस्ट्रेलिया प्रदर्शन नियमित हुने र दक्षिण कोरियामा प्रदर्शनको तयारी, जापानमा जारी ५ शङ्कर पोखरेल बेलायतमा ६ खेती गर्ने समयमा यो वर्ष पनि रासायनिक मल अभाव ७ हेवा खोलामा बेलिब्रिज खस्दा घाइते भएका ३ जना मजदुरको मृत्युThe Film Nepal