Techie IT
२०८२ वैशाख २५, बिहीबार
NepaliPatra logo
गृहपृष्ठUKचलचित्र ‘अञ्जिला’को बेलायतमा भव्य प्रिमियर, निकै प्रभावशाली र प्रेरणादायी भएको प्रतिक्रिया

चलचित्र ‘अञ्जिला’को बेलायतमा भव्य प्रिमियर, निकै प्रभावशाली र प्रेरणादायी भएको प्रतिक्रिया


लण्डन । बेलायतको एल्डरसटस्थित एम्पायर हलमा नेपाली महिला फुटबल टिमकी कप्तान तथा गोलरक्षक एञ्जिला तुम्बाप्पो सुब्बाको जीवनमा आधारित नेपाली चलचित्र ‘अञ्जिला’को भव्य प्रिमियर सम्पन्न भएको छ । प्रिमियरमा बेलायतका लागि नेपाली राजदूत चन्द्र कुमार घिमिरे प्रमुख अतिथिका रूपमा उपस्थित थिए भने बेलायतमा रहने नेपाली चलचित्रकर्मीहरू, व्यवसायीहरू तथा सर्वसाधारण दर्शकहरूको उपस्थिति थियो ।

नेपालबाट यस चलचित्रकी कलाकार सिर्जना सुब्बा, निर्माता तथा कलाकार प्रेम कुमार श्रेष्ठ, सह-निर्माता विनोद अग्रवाल र निर्देशक मिलन चाम्स बेलायत पुगेका थिए । साथै, चलचित्र निर्देशक समाजका महासचिव अरुण कुमार प्रधान र उद्घोषक नरेश भट्टराई पनि उपस्थित थिए । नेपालमा जारी अन्तर्राष्ट्रिय खेल प्रतियोगिताका कारण एञ्जिला भने बेलायत प्रिमियरमा उपस्थित हुन सकिनन् । प्रिमियर अगाडि उनको भिडियो सन्देश प्रस्तुत गरिएको थियो, जसमा उनले चलचित्र टिमलाई शुभकामना दिँदै सबै दर्शकहरूलाई धन्यवाद दिएकी थिइन् । साथै, उनको छोटो परिचयात्मक भिडियो पनि प्रदर्शन गरिएको थियो ।

प्रिमियर समारोहमा राजदूत घिमिरेले चलचित्र टिमलाई बधाई दिँदै चलचित्रले नेपाली खेल जगतमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे । “म आज साँच्चै नै गर्व गरिरहेको छु । उहाँहरूले यस्तो राम्रो बायोपिक लिएर आउनुभएको छ, जसले खेल जगतलाई ठुलो प्रभाव पार्न गइरहेको छ । अहिले उकालो लागिरहेको नेपालको खेल क्षेत्रका उदीयमान खेलाडीहरू माथि चलचित्र बन्न सुरु भएको छ, जसले नयाँ इतिहासको अध्याय सुरु गरेको छ,” राजदूत घिमिरेले बताए ।

समारोहमा चलचित्रका निर्देशक मिलन चाम्सले खेल क्षेत्रको विकास र खेलाडीहरूको सङ्घर्षलाई उजागर गर्न यो चलचित्र निर्माण गरिएको बताए । चाम्सले नेपाली खेलकुद क्षेत्रलाई प्रवर्द्धन गर्न र खेलाडीहरूको कथा दर्शकसम्म पुर्‍याउन अञ्जिला निर्माण गरिएको बताउँदै भने, “नेपालमै पहिलो पटक हामीले फुटबल खेलाडीको जीवनीमा आधारित चलचित्र बनाउने कोसिस गरेका छौँ । खेल क्षेत्रको उन्नतिका लागि यो चलचित्र बनाइएको हो ।” उनका अनुसार नेपाली खेल क्षेत्रमा अझै धेरै कथा छन्, जसलाई चलचित्र मार्फत विश्वसामु लैजान सकिन्छ ।

चलचित्र हेरेका दर्शकहरूले ‘अञ्जिला’ निकै प्रभावशाली र प्रेरणादायी भएको प्रतिक्रिया दिए । नेपालमा खेलाडी बन्न कति कठिन रहेछ भन्ने चलचित्र हेरेपछि महसुस भएको बताउँदै चलचित्र हेरिरहँदा धेरै पटक आँखामा आँसु आएको दर्शकले बताए ।

निर्माता प्रेम कुमार श्रेष्ठले युकेका दर्शकहरूले चलचित्र अत्यन्तै मन पराएको बताए । “हङकङमा पनि चलचित्रको प्रिमियर भएको थियो, जहाँ उच्च प्रशंसा भएको थियो । ‘रियल स्टोरी’मा ‘रियल प्लेयर’लाई अभिनय गराउन निकै कठिन थियो, तर पनि हामीले ४ वर्ष लगाएर यो चलचित्र बनायौँ । अहिले प्राप्त भइरहेका प्रतिक्रियाले उत्साहित छौँ,” श्रेष्ठले भने ।यो चलचित्र नेपाल रिलिज अगावै अमेरिका, अस्ट्रेलिया, र जापानमा समेत रिलिज हुँदैछ ।

निर्माता श्रेष्ठले प्रिमियरबाट सङ्कलित सबै रकम एञ्जिलाको घर बनाउन प्रयोग गरिने बताए । उनले देशका लागि एञ्जिलाले अझै खेल्न सकुन् भनेर प्रेरणा दिनका लागि एञ्जिलाको घर बनाइदिन लागिएको जनाए । उनले यस अभियानले अन्य खेलाडीहरूलाई नि हौसला दिने विश्वास गरे । एञ्जिलाले भविष्यमा उक्त घरलाई फुटबल एकेडेमीका रूपमा विकास गर्ने योजना बनाएकी छन् ।

नेपालमा ‘अञ्जिला’ यही फागुन २९ गते रिलिज हुँदैछ । हालै मात्र यस चलचित्रको टिजर सार्वजनिक गरिएको थियो, जसमा एञ्जिला घरभित्रबाट बाहिर निस्कन गरेको सङ्घर्षदेखि कप्तान बन्दा सम्मको कथा रहेको छ । चलचित्रमा एञ्जिला आफैँ मुख्य भूमिकामा छन् भने सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, र बुद्धि तामाङले पनि अभिनय गरेका छन् । निर्माता प्रेम कुमार श्रेष्ठले पनि चलचित्रमा प्रमुख भूमिका निर्वाह गरेका छन् । चलचित्रको छायाङ्कन एञ्जिलाको जन्मथलो इलामको आइतबारे, झापा र काठमाडौंमा गरिएको छ ।

चलचित्रको छायाङ्कन सुदीप बरालले गरेका छन् भने सम्पादन मिलन श्रेष्ठले गरेका छन् । मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा निर्मित यस चलचित्रका निर्माता प्रेम कुमार श्रेष्ठ हुन्, भने टुबेन्द्र लिम्बु, विनोद अग्रवाल र राजेश बगडिया सह-निर्माता हुन् । विनोद सुवेदी खत्रीले निर्माण नियन्त्रकको भूमिका निर्वाह गरेका छन् ।

अञ्जिला नेपाली खेलकुद क्षेत्रमा निर्माण भएको पहिलो बायोपिक भएकाले यसको ऐतिहासिक महत्त्व छ । निर्देशक चाम्सले दर्शकहरूले यो चलचित्रलाई साथ दिएमा भविष्यमा अन्य खेलाडीहरूको जीवनमा आधारित चलचित्रहरू पनि बन्न सक्ने सम्भावना बलियो हुने बताए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

भनेजस्तो काम गर्न झुमाले कुनुपर्यो २५ वर्ष

काठमाडौँ । गायिका तथा संगीतकार झुमा लिम्बूले चलचित्र ‘जार’मा आफूले चाहेजस्तो खुलेर काम गर्न पाएको बताएकी छन् । साढे दुई

रारा ताल पुगेर अभिनेता प्रदिपले भने, ‘कर्णालीवासीले क्षतिपुर्ति माग्नुपर्छ’

मुगु । दोस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव अन्तर्गतको ‘रारा चलचित्र, पर्यटन तथा जलवायु समिट’ ऐतिहासिक रारा तालको मुहानमै भव्य रूपमा

‘माया प्रीति’मा आशीर्वाद क्षेत्रीको अभिनय रहने

काठमाडौँ । निर्माणको चरणमा रहेको नेपाली चलचित्र ‘माया प्रीति’मा अभिनेता आशीर्वाद क्षेत्रीको पनि अभिनय रहने निर्माण टिमले जनाएको छ ।

लन्डनमा स्ट्याण्डअप कमेडीमा उत्रिँदै राजेश हमाल

काठामडौँ । महानायक राजेश हमाल यतिबेला लन्डनमा छन् । महानयक हमालले कमेडियन सन्दीप क्षेत्रीसँगै करिब सवा दुई घण्टा हँसाउने तयारीमा

चलचित्र ‘खेल’को ग्रान्ड प्रिमियर सम्पन्न

काठमाडौँ । यही शुक्रवार रिलिज हुने नेपाली चलचित्र ‘खेल’को काठमाडौंमा ग्रान्ड प्रिमियर शो सम्पन्न गरिएको छ । बुधवार साँझ छाया

सकियो दयाहाङ र विजयको ‘वरिष्ठ बलराम’को छायांकन

काठमाडौं । चलचित्र ‘वरिष्ठ बलराम’को छायांकन सकिएको छ । चितवन र हेटौंडाका विभिन्न स्थानमा छायांकन गरिएको चलचित्रको छायांकन ३६ दिनमा

Techie IT