गृहपृष्ठ ∕ खेल ∕ १०औं राष्ट्रिय खेलकुदको मिति फेरि सर्याे१०औं राष्ट्रिय खेलकुदको मिति फेरि सर्याे नेपालीपत्र शुक्रबार, २०८१ फागुन १६ गते, ०८:४१ मा प्रकाशित खेल काठमाडौँ । कर्णाली प्रदेशमा हुने भनिएको १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति दोस्रो पटक सरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का अध्यक्ष युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा बसेको बोर्ड बैठकले १०औं राष्ट्रिय खेलकुद आयोजनाको नयाँ मिति तय गरेको छ ।नयाँ मितिअनुसार २०८२ साल जेठ ३ देखि १० गतेसम्म १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने निर्णय गरिएको राखेपले जनाएको छ । यसअघि २०८१ साल चैत २३ देखि ३० गतेसम्म प्रतियोगिता गर्ने भनिएको थियो । गण्डकी प्रदेशमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको समापनमा २०८१ को मङ्सिर २ देखि ९ गतेसम्म आयोजना गर्ने घोषणा गरिएको थियो ।यस्तै बैठकले प्रथम राष्ट्रिय पारा खेलकुद २०८२ साल जेठ १७ देखि २१ गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेको छ ।राखेपले अवैध ठहर गरेको नेपाल ओलम्पिक कमिटी (एनओसी) को चुनावमा सहभागी ६ राष्ट्रिय खेल सङ्घलाई राखेपले निलम्बन गर्ने निर्णयसमेत गरेको छ । #कर्णाली प्रदेश #राष्ट्रिय खेलकुद प्रतियोगिताग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार ललितपुर सिटी लगातार दोस्रोपटक नेपाल सुपर लिग च्याम्पियनकाठमाडौँ । ललितपुर सिटी एफसी लगातार दोस्रोपटक नेपाल सुपर लिग (एनएसएल)को च्याम्पियन बनेको छ । ललितपुर तेस्रो संस्करणको फाइनलमा शनिबार एन्फा कप फुटबल प्रतियोगिता नहुनेकाठमाडाैँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आयोजना गर्ने भनेको लिग कम नकआउट फुटबल प्रतियोगिता एन्फा कप नहुने भएको छ ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौंमाकाठमाडौं । विश्वकप विजेता ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौं आइपुगेका छन् । उनी नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका वैशाख ५ गते नेपाल आउने भए रोबर्टो कार्लोसकाठमाडाैँ । ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिग हङकङमा हुने चार देशीय क्रिकेट शृङ्खलाको खेल तालिका सार्वजनिककाठमाडाैँ । हङकङमा हुने चार देश सम्मिलित टी–२० क्रिकेट श्रृंखलाको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का आर्मीलाई हराउँदै राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफलाईकाठमाडाैँ । राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफ फुटबल क्लबले जितेको छ । चितवनकाे भरतपुरमा रहेको कृष्णपुर मैदानमा भएको फाइनलमाधेरै पढिएका खबर १ ललितपुर सिटी लगातार दोस्रोपटक नेपाल सुपर लिग च्याम्पियन २ भूकम्पको दशक: भत्किएका संरचना अझै अधुरा ३ भारतमा भएको आतङ्कवादी हमलाको नेपाल सरकारद्वारा निन्दा ४ गण्डकी प्रदेश आख्यान महोत्सव, दश जिल्लाका साहित्यकारको जमघट ५ श्रीमतीको हत्या गरी फरार भएका श्रीमान पक्राउ ६ नेपाल र भारतबीच ऊर्जा विकासका सम्झौतामा हस्ताक्षर ७ युक्रेनमा रुसी ड्रोन आक्रमण हुँदा ९ जनाको मृत्युThe Film Nepal