Techie IT
२०८२ असार १, आईतबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जन‘अञ्जिला’ हेर्दा हलमा रोए दर्शक, खेलाडी प्रीति राई पनि भइन् भावुक

‘अञ्जिला’ हेर्दा हलमा रोए दर्शक, खेलाडी प्रीति राई पनि भइन् भावुक


काठमाडौं । फागु पूर्णिमाको अवसर पार्दै बिहीबार रिलिज भएको नेपाली चलचित्र ‘अञ्जिला’ले दर्शकबाट व्यापक सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ । बिहीबार पहिलो शो देखि नै दर्शकहरूको उत्साहजनक उपस्थितिसहित प्रदर्शन भएको यो चलचित्र हेर्दा दर्शकहरू भावुक बनेका छन् । निर्देशक मिलन चाम्स, कलाकार तथा निर्माता प्रेमकुमार श्रेष्ठ, कलाकार सुमीन गुरुङसहितको चलचित्र टिम दर्शक भेट्न हल पुग्दा अधिकांश दर्शकहरू रोइरहेका देखिन्थे । त्यसो त, यो चलचित्रको प्रिमियर शो मा पनि दर्शकहरू भाव विह्वल भएका थिए, जुन क्रम दर्शकसम्म पुगेको छ ।

‘अञ्जिला’ नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित छ, जसमा एन्जिला आफैँले प्रमुख भूमिकामा अभिनय गरेकी छन् । यसमा उनको बाल्यकालदेखि खेल जीवनसम्मको सङ्घर्ष र सफलताको भावुक कथा प्रस्तुत गरिएको छ । यस चलचित्रमा एन्जिलाको साथमा सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, सुमीन गुरुङ, बुद्धि तामाङ लगायतका कलाकारको अभिनय रहेको छ ।

यस्तै, बिहीबार साँझ राष्ट्रिय महिला फुटबल टिमकी खेलाडी प्रीति राईले पनि चलचित्र ‘अञ्जिला’ हेरेकी छन् । चलचित्र हेरेपश्चात् दर्शकसँग साक्षात्कार गर्दै राईले एन्जिलाले चलचित्रमा देखाइएको भन्दा पनि अझै धेरै सङ्घर्ष गरेको बताइन् । “यस चलचित्रमा देखाइएको भन्दा पनि धेरै सङ्घर्ष एन्जिलाले गरेकी छन्, जुन मलाई थाहा छ । नेपाली राष्ट्रिय महिला फुटबल खेलाडीहरूले आ-आफ्नो हिसाबले धेरै सङ्घर्ष गर्नुभएको छ । उहाँहरूले यति धेरै सङ्घर्ष गरेर नै आज हामीले खेलको क्षेत्रमा यो ठाउँसम्म आइपुगेका छौँ,” राईले भनिन्, “एन्जिलालाई यो ठाउँमा देख्दा मलाई एकदमै खुसी महसुस भइरहेको छ । छोरीले फुटबल खेल्नु हुँदैन भन्ने सामाजिक दृष्टिकोण मैले पनि भोगेकी थिएँ, आज यो ठाउँमा उभिँदा मलाई पनि गर्व लागेको छ । सबैले अञ्जिला चलचित्र हेरेर एन्जिलालाई सहयोग गर्नुहोला ।” राई सशस्त्र प्रहरी बलको सुरक्षासहित हलमा आएकी थिइन् ।

निर्देशक मिलन चाम्सले आफूले चाहेर पनि एन्जिलाको जीवनमा घटेका थप दर्दनाक घटनाहरू देखाउन नसकेको बताए । “हामीले चाहेर पनि सबै देखाउन सकेनौँ, यो चलचित्रमा आएको कथा त २५ प्रतिशत मात्रै हो । चलचित्र बनाउने क्रममा यत्तिमै म धेरै पटक रोएको छु, सबै कथा त म भन्नै सक्दिन,” चाम्सले दर्शकहरूसँग भने । उनले आफूले दर्शकलाई रुवाउने उद्देश्य नराखेको तर, एन्जिलाको वास्तविक कथा नै दर्दनाक रहेकोले सबै जना भावुक बन्न पुगेको बताए ।

चलचित्रले प्रदर्शनको पहिलो दिन देशभरका प्राय: शोहरू हाउस फुल दर्शकका साथ चलेको जुन आफ्नो अपेक्षाभन्दा पनि माथि रहेको निर्देशक चाम्सले बताए । अहिले सोसल मिडियामा ‘अञ्जिला’को प्रशंसा भएका र दर्शक रोइरहेका भिडियो क्लिप्सहरू भाइरल छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चलचित्र ‘ऊनको स्वीटर’लाई ऐतिहासिक सफलता: सबै गीत करोड क्लबमा

काठमाडौं । नेपाली चलचित्र उद्योगमा यति बेला चलचित्र ‘ऊनको स्वीटर’ले नयाँ कीर्तिमान स्थापित गरेको छ । आज प्रदर्शनको ३७ औँ

‘महाभोज’ देशभर रिलिज

काठमाडौँ । प्रतीक्षा गरिएको नेपाली चलचित्र ‘महाभोज’ बिहीबारदेखि देशभरका सिनेमा हलहरूमा प्रदर्शनमा आएको छ । दिनेश राउत निर्देशित यस चलचित्रले

‘महाभोज’ले पोखरामा जन्मायो आक्रोश, दर्शकद्वारा व्यापक प्रशंसा

पोखरा । दिनेश राउतको निर्देशनमा बनेको प्रतीक्षित चलचित्र ‘महाभोज’ को पोखरामा सोमबार भव्य प्रिभ्यु प्रिमियर सम्पन्न भएको छ । प्रिमियरमा

चलचित्र सेन्सर बोर्डको सदस्यमा गिरी नियुक्त 

काठमाडौं । केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) मा बरिष्ठ रंग पत्रकार कुबेर गिरी नियुक्त भएका छन् । सञ्चार तथा

अस्ट्रेलियामा ‘महाभोज’को प्रिमियर

काठमाडौँ । नेपालमा तय भएको प्रदर्शन अन्तिम समयमा स्थगित भएपछि चलचित्र ‘महाभोज’ अब अस्ट्रेलियामा पहिलो प्रिमियर हुने भएको छ ।

‘महाभोज’ अब जेठ ३० गते रिलिज हुने

काठमाडौँ । विशेष परिस्थितिका कारण निर्धारित मिति जेठ १५ गते रिलिज हुन नसकेको नेपाली चलचित्र ‘महाभोज’ अब यही जेठ ३०

Techie IT