Techie IT
२०८२ भदौ २१, शनिबार
NepaliPatra logo
गृहपृष्ठनेपालगर्मीले पश्चिमी मधेसको जनजीवन प्रभावित

गर्मीले पश्चिमी मधेसको जनजीवन प्रभावित


रूपन्देही । रूपन्देहीको भैरहवा, लुम्बिनीलगायतका क्षेत्रमा तापक्रम ४३ डिग्री सेल्सियस पुग्दा यहाँको जनजीवन प्रभावित भएको छ । उच्च तापमान र बढ्दो गर्मीका कारण बजार सुनसान देखिएका छन् भने स्थानीयको दैनिकी प्रभावित बनेको छ ।

खेतबारीमा लगाइएका बालीनाली चर्को घामले सुक्न थालेका छन् । गर्मी सँगसँगै पानी नपर्दा वर्षे पानीमा आश्रित किसानले खेतमा धानको ब्याडसमेत राख्न पाएका छैनन् भने धेरैले जेनतेन गरी राखेको ब्याड पनि सुक्न थालेको छ । बढ्दो गर्मीले मानिसमात्र नभई पशुपक्षीसमेत पानी र शीतलता खोज्न थालेका छन् । रूपन्देही र कपिलवस्तुलगायतका क्षेत्रमा तापमान बढ्दै जाँदा दैनिक ज्यालादारी गरी खाने मजदुर वर्गलाई समस्या थपिएको सरोकारवालाको भनाइ छ ।

“वायुमण्डलीय तापक्रममा वृद्धिसँगै तातो हावा चल्नुले घरबाहिर निस्कन समस्या उत्पन्न भएको छ”, सम्मरीमाइ स्वास्थ्य शाखा प्रमुख मुन्सी माझीले भने, “अत्यधिक गर्मीले बजार, शैक्षिक संस्थाका साथै सरकारी कामकाजसमेत प्रभावित छ ।” यही जेठ ३१ गते बुधबार पश्चिमी मधेसअन्तर्गत रुपन्देहीको भैरहवा क्षेत्रमा अधिकतम ४३ र न्यूनतम २८ दशमलव आठ डिग्री सेल्सियस (देशभरिकै उच्च) तापमान मापन गरिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाको विशेष मौसम बुलेटिनमा उल्लेख छ ।

“यस क्षेत्रमा बढ्दो गर्मीका कारण बिरामीको चाप पनि बढ्दै गएको छ”, भैरहवा भीम अस्पतालका सूचना अधिकारी डा आरिफ अन्सारीले भन्नुभयो, “सामान्य अवस्थामा दैनिक दुई सयसम्म बिरामी आउने भीम अस्पतालमा अहिले दैनिक तीन सय ५० बढी आउने गरेका छन् ।

उनका अनुसार अधिकांश झाडापखाला, बान्ता, आउँ एलर्जी, अपच, जनिडस, श्वासप्रश्वास र भाइरल ज्वरोका बिरामी बढी आउने गरेका छन् । उनले भने, “गर्मीले मुख सुक्ने, पानीको कमी हुनेलगायतका समस्या देखिएका बिरामीलाई झोलिलो पदार्थ खान सुझाव दिने गरेका छौँ ।”

अत्यधिक गर्मी र तातो हावाले वायु प्रदूषण हुने र त्यसले बालबालिका, वृद्धवृद्धालगायत बिरामीको श्वासप्रश्वासमा समेतमा असर पु¥याउने गरेको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज रानीगाउँ भैरहवाका एशोसिएट प्रोफेसर तथा बालरोग विशेषज्ञ डा नगेन्द्र चौधरीले बताए ।

तराई–मधेस तथा चुरे क्षेत्रमा तापक्रम बढ्दो क्रममा रहेकाले गर्मीका कारण हुनसक्ने असरबाट बच्न र आवश्यक सतर्कता अपनाउन रुपन्देहीका १६ वटै स्थानीय तहसँग समन्वय, सहकार्य, सूचना सम्प्रेषण तथा प्रचारप्रसार भइरहेको जिल्ला जनजस्वास्थ्य कार्यालयका प्रमुख गौरव ढकालले बताउनुभयो । यस्तो गर्मीमा अत्यावश्यक काममा बाहेक घर बाहिर ननिस्कन, निस्किनुपरे छाता ओढेर हिँड्न र प्रशस्त पानी पिउन उनको सुझाव छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन

काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी

५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु

काठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती

वीरगञ्जमा ४० जनामा हैजा संक्रमण पुष्टि

काठमाडौं । वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मुर्लीको नयाँटोलमा हैजासँग लक्षण मिल्ने बिरामी फेला परेका छन । हैजाको संक्रमण पहिचानका

लिपुलेक नेपालको अभिन्न भू-भाग हो : परराष्ट्र मन्त्रालय

काठमाडाैँ । परराष्ट्र मन्त्रालयले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू-भाग रहेको स्पष्ट पारेको छ । नेपाली भूमि लिपुलेक हुँदै

कोरिया जान १ लाख ३ हजार आवेदन

काठमाडौं । सन् २०२५ मा रोजगार अनुमति प्रणाली इपिएस मार्फत दक्षिण कोरिया जानका लागि एक लाख तीन हजार जनाको आवेदन

Techie IT