Techie IT
२०८२ असोज १४, मंगलबार
NepaliPatra logo
गृहपृष्ठजीवनशैलीमुस्ताङको मुक्तिक्षेत्रमा सांस्कृतिक पर्व ‘यार्तुङ’ आरम्भ

मुस्ताङको मुक्तिक्षेत्रमा सांस्कृतिक पर्व ‘यार्तुङ’ आरम्भ


मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा सांस्कृतिक पर्व ‘यार्तुङ’ आरम्भ भएको छ ।

खिङ्गा गाउँबाट यसवर्षको ’यार्तुङ’ पर्व आरम्भ भएको हो । ‘यारको अर्थ बर्खा’ र ‘तुङको अर्थ समाप्ति’ भन्ने बुझिन्छ । यसैका खातिर बर्खायाम सकिएको र हिउँदयाम शुुरु भएको भन्दै यहाँको खिङ्गा गाउँमा यार्तुङ पर्व मनाईएको हो । घोडा चढर्नुपर्ने प्रचलन रहेको यार्तुङ पर्वमा प्रकृति र विश्वशान्तिको कामना गरिने प्रचलन रहेको छ ।

यार्तुङमा घोडा चढ्ने, तारा खेल्ने र स्थानीय सांस्कृतिक मौलिकता पस्किने गरिन्छ । पर्वका क्रममा खिङ्गा गाउँबाट दर्जनौ घोडाको लस्करले मुक्तिनाथ मन्दिर र त्यहाँको गुम्बा दर्शन गरेको थियो । खिङ्गा गाउँका युवाहरुले मुक्तिनाथ स्थित पुराङ रानीपौवामा साहसिक रुपमा घोडा दौडाएका थिए ।

रानीपौवामा स्थानीय स्याब्रो नाच र स्थानीय भाषाको गीत समेत प्रस्तुत गरिएको छ । बर्खायाममा उवा र जौ लगायतका अन्नबाली थन्क्याएर खेतबारीमा फापरबाली छरेपछि वारागुङ मुक्तिक्षेत्रमा ‘यार्तुङ’ पर्व मनाईने गरिन्छ ।

यार्तुङ पर्वको बेला यहाँका स्थानीय नागरिकहरु फुर्सदिला हुन्छन् । यही फुर्सदिलो महिनामा धार्मिक तथा सांस्कृतिक पर्व यार्तुङ सदिंयौदेखि मनाईने गरिएको हो । खिङ्गा गाउँबाट शुुरु भएको धार्मिक तथा सांस्कृतिक पर्व यार्तुङ त्यसपछि क्रमश सबै स्थानमा गुरुङ,बिष्ट र लोवा समुदायले मनाउँने प्रचलन छ ।

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका भित्रका १९ वटा गाउँ र उपल्लो मुस्ताङमा फरक फरक तिथिमा यार्तुङ पर्व मनाईने गरिएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट

जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन

काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी

५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु

काठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती

Techie IT