Techie IT
२०८२ भदौ ५, बिहीबार
NepaliPatra logo
गृहपृष्ठखेलटप एन्ड टि–२० सिरिजमा नेपालको लगातार दोस्रो जित

टप एन्ड टि–२० सिरिजमा नेपालको लगातार दोस्रो जित


काठमाडौं । नेपालले टप एन्ड टि–ट्वान्टी सिरिजमा लगातार दोस्रो जित निकालेको छ ।

सोमपाल कामीको सानदार बलिङमा नेपालले बुधबार मेलबर्न रेनेगेड्सलाई ३३ रनले पराजित गरेको हो ।

जितका लागि १ सय ४० रनको लक्ष्य पछ्याएको मेलबर्न रेनेगेड्स २० ओभरमा अल आउट हुँदै १ सय ६ रनमा समेटियो । मेलबर्नका लागि अर्जुन नेरलसईले ३६, हयारी डिक्सनले १६, ओलिभर पिकेले १४, जल लेमिरेलसई १८, हयारी होक्स्ट्राले ११ रन बनाए ।

नेपालका लागि सोमपालले सानदार बलिङ गर्दै ५ विकेट लिए । उनले ४ ओभर बलिङ गर्दै १७ रन खर्चिएर ५ विकेट लिएका हुन् । कुशल मल्लले ३ तथा सहाब आलाम र रूपेश सिंहले १–१ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३९ रन बनाएको थियो ।

नेपालका लागि कुशल मल्लले २९, भीम सार्की दिपेन्द्रसिंह ऐरीले समान २७–२७, लोकेश बमले २४, आरिफ शेखले १२ र रुपेश सिंहले अविजित १६ रन बनाए । बलिङमा फर्गस ओ नेल, कालुम स्टो, लाचियन बाङ्स र माइकल आर्चरले समान २–२ विकेट झारे ।

५ खेलमा नेपालले लगातार दोस्रो जित निकालेको हो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

ऐन, कानून, नियमविपरीत विज्ञापन नगर्न क्यानलाई विज्ञापन बोर्डद्वारा सचेत

काठमाडाैँ । विज्ञापन बोर्डले प्रचलित ऐन, कानून, नियमविपरीत विज्ञापन नगर्न नेपाल क्रिकेट सङ्घ (क्यान)लाई सचेत गराएको छ । क्यानले गएको

डुरान्ड कप : त्रिभुवन आर्मी समूह चरणबाटै बाहिरियो

काठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लब भारतमा भइरहेको डुरान्ड कपको समूह चरणबाटै बाहिरिएको छ । जमशेदपुरको जेआरडी स्पोर्टस कम्प्लेक्स मंगलबार

‘फिफा फुटबल फर स्कुल’ कार्यक्रमको शुभारम्भ

काठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओलीले खेल क्षेत्रको विकासमा सरकारले बिशेष प्राथमिकता दिएको बताएका छन् । अखिल नेपाल फुटबल संघ

नेपाल र कुवेतले वार्षिक द्विपक्षीय क्रिकेट शृङ्खला खेल्ने

काठमाडाैँ । नेपाल क्रिकेट सङ्घ (क्यान) र कुवेत क्रिकेट बोर्ड बीच क्रिकेटलाई अगाडि बढाउन द्विपक्षीय शृङखला आयोजना गर्न सहमति भएकाे

नेपाललाई हराउँदै बङ्गलादेशले जित्यो २० वर्षमुनिको महिला साफ च्याम्पियनशिप

काठमाडाैँ । बङ्गलादेशले २० वर्षमुनिको महिला साफ च्याम्पियनशिप जितेको छ । अन्तिम खेलमा हिजो नेपाललाई ४–० गोलले हराउँदै बङ्गलादेश पाँचौं

नेपाल स्ट्रिट प्रिमियर लिग हुँदै, विजेता टोलीले २१ लाख रुपैयाँ…

काठमाडाैँ । डीजीआर स्पोट्र्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लिको आयोजनामा नेपालको सबैभन्दा ठूलो टी–१० क्रिकेट प्रतियोगिता नेपाल स्ट्रिट प्रिमियर लिग (एनएसपीएल)

Techie IT