Techie IT
२०८१ वैशाख २१, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिसरकारमा रहेका र सरकार बाहिर रहेका कम्युनिष्ट दलबीच कार्यगत एकता असार ४ गते हुने

सरकारमा रहेका र सरकार बाहिर रहेका कम्युनिष्ट दलबीच कार्यगत एकता असार ४ गते हुने


चितवन । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का उपाध्यक्ष राजेन्द्र पाण्डेले सरकारमा रहेका र सरकार बाहिर रहेका कम्युनिष्ट दलबीच कार्यगत एकता असार ४ गते हुने बताएका छन् ।

समाजवादी प्रेस सङ्गठन नेपाल चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले असार १ गते घोषणा गर्ने भनिएको समाजवादी मोर्चा प्राविधिक कारणले केही दिन ढिला हुन पुगेको बताए। उनले यस विषयमा छलफल जारी रहेको जानकारी दिए ।

उपाध्यक्ष पाण्डेले भने, “कम्युनिष्टबीच कार्यगत एकता गर्दै देशको राजनीतिक अस्थिरता रोक्नका लागि मोर्चा गठन गर्न लागिएको हो ।” सरकारमा रहेका र बाहिर रहेका कम्युनिष्ट पार्टीबीच भएका छलफल टुङ्गिए पनि केही प्राविधिक समस्याका कारण घोषणामा ढिलाइ भएको उनको भनाइ थियो । उनले थपे, “सरकारमा देखिएको अस्थिरता रोक्न र सबैलाई एकीकृत गरेर अगाडि बढ्न सहज होस् भनेर मोर्चा गठनको पहल एक वर्षअघिदेखि भएको थियो ।”

सरकारमा रहेका दलले सरकार सञ्चालनमा सहयोग गर्ने र बाहिर रहेका दलले बाहिरी वातावरण तयार गर्ने गरी मोर्चा गठन गर्न लागिएको उपाध्यक्ष पाण्डेले बताए ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा आरोपी पुर्पक्षमा जानुले भ्रष्टाचार विरुद्धको अभियान सुरु भएको उनले बताए । सुरुआतीमा पक्राउ परेका मात्रै नभई आरोपितलाई समेत कानुनी कठघरामा ल्याउनुपर्ने उपाध्यक्ष पाण्डेले पत्रकार सम्मेलमा जानकारी दिए ।

उनले भने, “नक्कली भुटानी शरणार्थीका विषयमा अनुसन्धान जहाँदेखि रोकिएको छ त्यहीँबाट पुनःसुरु गर्नुपर्छ । जो संलग्न भए पनि कारबाहीको दायरामा ल्याउनुपर्छ ।”

फरक प्रसङ्गमा उहाँले बजेट हरेक निर्वाचन क्षेत्र र जिल्लामा समानुपातीक हुन जरुरी रहेको बताए । अहिलेको बजेटमा विभेद देखिएको भन्दै यसलाई सच्याएर जानुपर्ने उनको भनाइ थियो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

रास्वपाको सचिवालय बैठक बस्दै

काठमाडौँ । आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बस्दैछ । पार्टी कार्यालय वनस्थलीमा दिउँसो ४ बजेदेखि बैठक बस्ने सचिवालयले

वेश्यावृत्ति गराएको आरोपमा खाजाघर सञ्चालक पक्राउ

काठमाडौँ । काठमाडौँको टोखा नगरपालिका–९ मा सञ्चालित सुर्खेत खाजा घरका दुई जना सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा

आज चार वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौँ । आज एकै पटक चार वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार बिहान ११ बजे संघीयता सबलीकरण तथा राष्ट्रिय

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सोडारीले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज प्रदेश सभाबाट विश्वासको मत लिँदैछन् । विश्वासको मत लिन शुक्रबार बेलुका ५

आज विश्व प्रेस स्वतन्त्रता दिवस

काठमाडौँ । आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस मनाइदैछ । ‘विश्वका लागि प्रेसः वातावरणीय संकटको सामनामा पत्रकारिता’ भन्ने नाराका

कपिलवस्तुको पकडीमा एभरेस्ट बैंकको एक्स्टेन्सन काउन्टर

काठमाडौँ । एभरेस्ट बैंक लिमिटेडले कपिलवस्तुको मायादेवी गाउँपालिका–१ स्थित पकडीमा एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । तौलिहवा शाखा कार्यालयको मातहतमा

Techie IT