Techie IT
२०८२ असार २, सोमबार
NepaliPatra logo
गृहपृष्ठनेपालतथ्याङ्कका आधारमा योजना निर्माण गर्नुपर्छः मुख्यमन्त्री कार्की

तथ्याङ्कका आधारमा योजना निर्माण गर्नुपर्छः मुख्यमन्त्री कार्की


विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको समृद्धिका लागि तथ्याङ्कका आधारमा योजना निर्माण गर्नुपर्ने बताएका छन्।
प्रदेश योजना आयोग र प्रदेश योजना आयोजना मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत सञ्चालित प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमद्वारा संयुक्तरुपमा आयोजित  ‘कोशी प्रदेश समृद्धिको नवीनतम् आधार’सम्बन्धी कार्यशाला गोष्ठीको आज उद्घाटन गर्दै उनले राष्ट्रिय लक्ष्य प्राप्त गर्न प्रदेशबाट आवश्यक सहयोग प्रदान गर्नेतर्फ ध्यानउन्मुख भएको धारणा राखे।
मुख्यमन्त्री कार्कीले प्रदेशको बजेट निर्माणमा केही प्राथमिकता राख्न चुकेकाले केही क्षेत्रमा विकासको सन्तुलन कायम हुन नसकेकामा चर्चा गर्दै आगामी वर्षको बजेटमा यसलाई सुधार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरे।
उनले प्रदेशमा औद्योगिक उत्पादन, निर्माण सामग्री उत्पादन घट्नाले राजस्व सङ्कलन लक्ष्यअनुसार प्राप्ति नभएको बताए। मुख्यमन्त्री कार्कीले कुनै पनि क्षेत्रको विकास र समृद्धिका लागि खर्च गर्ने क्षमता बढाएको बताए।
उनले प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयनका लागि सङ्घीय सरकारले निजामती कर्मचारी ऐन चाँडै ल्याउनुपर्नेमा जोड दिए।
प्रा डा शिव अधिकारीले नेपाली अर्थतन्त्रको विद्यमान अवस्थाको चिरफार, प्रदेशको आर्थिक अवस्था र प्रदेशको समृद्धिका नवीनतम् आधार समेटिएको ‘कोशी प्रदेशः समृद्धिका नवीनतम् आधार विषयक कार्यपत्र प्रस्तुत गरेका थिए।
प्रदेशको पहिलो आवधिक योजना कार्यान्वयनको पुनरावलोकन गरी स्वच्छ र समृद्ध प्रदेश बनाउनु गोष्ठीको मुख्य उद्देश्य छ।



ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

खेती गर्ने समयमा यो वर्ष पनि रासायनिक मल अभाव

काठमाडौं । खेती गर्ने समयमा यो वर्ष पनि किसानले मल अभाव झेल्नुपरेको छ । बर्खे धान रोपाइँ र मकै खेतीका

हेवा खोलामा बेलिब्रिज खस्दा घाइते भएका ३ जना मजदुरको मृत्यु

पाँचथर । पाँचथरको हेवा खोलामा बन्दै गरेको बेलिब्रिज खस्दा घाइते भएका ३ जना मजदुरको मृत्यु भएको छ। मेची राजमार्गस्थित पाँचथरको

अत्यधिक गर्मी बढेपछि बेलौरीमा दुई दिन विद्यालय बिदा

कञ्चनपुर । बेलौरी नगरपालिकाले अत्यधिक गर्मी बढेपछि दुई दिन विद्यालय बिदा दिने निर्णय गरेको छ । गर्मीका कारण शिक्षक, विद्यार्थी

म्याग्दीको विकट गाउँ पात्लेका १२२ घरपरिवारलाई खानेपानी सुविधा

म्याग्दी । मालिका गाउँपालिका–३ पात्लेमा ‘एक घर, एक धारा’ को सुविधा पुगेको छ । ६५ लाख ५७ हजार दुई सय

म्याग्दीको डाडागाउँमा ‘एक घर, एक धारा’

म्याग्दी । मालिका गाउँपालिका–३ मा एक करोड १० लाखको लागतमा निर्माण भएको डाडागाउँ बोक्रे खानेपानी, सरसफाइ तथा स्वच्छता आयोजनाबाट दुई

अमेरिकामा नेपाली आप्रवासीलाई दिँदै आएको टीपीएस सुविधा खारेज

एजेन्सी । अमेरिकी ट्रम्प प्रशासनले नेपाली आप्रवासीलाई दिँदै आएको टेम्पररी प्रोटेक्टेड स्ट्याटस (टीपीएस) सुविधा २०२५ अगस्ट ५ मा अन्त्य हुने

Techie IT