Techie IT
२०८२ असार २, सोमबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिनेकपा विभाजनको यथार्थ विश्लेषण आवश्यकः अध्यक्ष ओली

नेकपा विभाजनको यथार्थ विश्लेषण आवश्यकः अध्यक्ष ओली


काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट आन्दोलनको हितका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनको यथार्थ विश्लेषण आवश्यक रहेको बताएका छन् ।

एमाले नेता केशवप्रसाद वडालले लेखेको सिंहावलोकन पुस्तकको आइतबार यहाँ विमोचन गर्दै उनले नेकपा विभाजनको यथार्थ विश्लेषण गर्न सके भविष्यमा राम्रो हुनेसमेत बताए ।

“नेकपा विभाजन किन कसरी, के उद्देश्य, आन्तरिक र वाह्य कारण के थियो त्यसको यथार्थ विश्लेषण गर्नुपर्छ”, उनले भने, “नेकपा विभाजन हुनुका कारण स्वचालित थियो वा परचालित के थियो ? त्यसको विश्लेषण जरुरी रहेको छ । यथार्थ विश्लेषणले नेपालको कम्युनिष्ट आन्दोलनको हित गर्दछ ।”

नेपालमा भएका आन्दोलनले स्वतन्त्र क्रान्तिको रुप लिन नपाएपछि असफल भएको उनको भनाइ थियो । “नेपालका आन्दोलनले स्वतन्त्र क्रान्तिको रुप लिन पाएन, लिएन र त्यसरुपमा सफल पनि भएन”, उनले भने ।

अध्यक्ष ओलीले २००७ सालमा नेपाली जनताको बलले भएको आन्दोलन भए पनि तर सम्झौता नेपाली र नेपालका राजनीतिक शक्तिले वार्ता गरेर टुङ्ग्याउन नपाएको बताए । “विसं २०३६ को आन्दोलन जनमत सङ्ग्रहमा गएर टुङ्गियो । २०४६ सालको आन्दोलन एउटा सम्झौतामा गएर टुङ्गियो । २०६२/२०६३ सालको आन्दोलन सम्झौतामा गएर टुङ्गियो”, उनले भने ।

उनले अन्तराष्ट्रिय क्षेत्रमा पनि राजनीतिक पुरानै राजनीतिक नभएको भन्दै कम्युनिष्ट भनेर जे बुझिन्थ्यो अहिले त्यो पुरानो कम्युनिष्ट आज नभएको प्रस्ट पारे । अध्यक्ष ओलीले नयाँ ढङ्गले सामाजिक परिवर्तन गर्न सकिन्छ भनेर जनताको बहुदलीय जनवादी ल्याइएको बताए ।

अध्यक्ष ओलीले पुस्तकमा नेपाल कम्युनिष्ट भित्र के के खालका समस्या रहेका छन्, त्यसको पनि पुस्तकको अर्को संस्करणमा उठान गर्नुपर्ने धारणा राखे । घटनासँगसम्बन्धी भएर प्रवृत्तिको विश्लेषण पुस्तकमा गरियो भने पुस्तक महत्त्वपूर्ण हुने उनको भनाइ थियो । लेखक वडालले पुस्तक नेपाल कम्युनिष्ट पार्टीको स्थापनादेखि १०औँ महाधिवेशनसम्मको बारेमा लेखिएको जानकारी दिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

असारमा पनि घट्यो बैंकको ब्याजदर

काठमाडाैँ । केही महिनायता ब्याजदर निरन्तर घटाउँदै आएका वाणिज्य बैंकहरूले असारका लागि पनि घटाएका छन् ।बैंकहरूले प्रकाशित गरेको सूचना अनुसार

‘महाभोज’को अस्ट्रेलिया प्रदर्शन नियमित हुने र दक्षिण कोरियामा प्रदर्शनको तयारी,…

काठमाडौँ । नेपालमा दर्शकहरूबाट व्यापक सकारात्मक प्रतिक्रिया पाइरहेको नेपाली चलचित्र ‘महाभोज’ अब अन्तर्राष्ट्रिय बजारमा पनि आफ्नो प्रभाव जमाउने तयारीमा छ

यो सभा चलाउने तरिका भएन: राजेन्द्र पाण्डे

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष एवं सांसद राजेन्द्रप्रसाद पाण्डेले प्रतिपक्ष दलहरुले संसदमा अवरोध गरिरहेको बेलामा संसद बैठक

चलचित्र ‘ऊनको स्वीटर’लाई ऐतिहासिक सफलता: सबै गीत करोड क्लबमा

काठमाडौं । नेपाली चलचित्र उद्योगमा यति बेला चलचित्र ‘ऊनको स्वीटर’ले नयाँ कीर्तिमान स्थापित गरेको छ । आज प्रदर्शनको ३७ औँ

नेपालले पहिलो पटक बंगलादेशलाई बिजुली बेच्न थाल्यो

काठमाडौं । नेपालले पहिलो पटक बंगलादेशलाई ४० मेगावाट विद्युत् व्यावसायिक रूपमा निर्यात शुुरु गरेको छ । अहिले उत्पादित विद्युतले स्वदेशमा

खेती गर्ने समयमा यो वर्ष पनि रासायनिक मल अभाव

काठमाडौं । खेती गर्ने समयमा यो वर्ष पनि किसानले मल अभाव झेल्नुपरेको छ । बर्खे धान रोपाइँ र मकै खेतीका

Techie IT