Techie IT
२०८२ वैशाख २६, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालअध्यक्ष तिमिल्सिनासँग दक्षिण कोरियाली राजदूतको भेट

अध्यक्ष तिमिल्सिनासँग दक्षिण कोरियाली राजदूतको भेट


काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष  गणेशप्रसाद तिमिल्सिनासँग आज नेपालका लागि नवनियुक्त दक्षिण कोरियाका राजदूत पार्क तइयोङले भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित अध्यक्षको कार्यकक्षमा भएको भेटमा दुई देशबीचको सम्बन्ध, संसदीय अनुभव आदानप्रदान, हवाई उडान, पर्यटन तथा  आर्थिक विकासलगायत विषयमा कुराकानी भएको छ । भेटमा अध्यक्ष तिमिल्सिनाले  दुई देशबीचको द्विपक्षीय सम्बन्ध तथा सहयोग अझ प्रगाढ र सुदृढ हुनेमा  विश्वस्त रहेको बताए । उनले आगामी वर्ष नेपाल र कोरियाको कूटनीतिकसम्बन्ध स्थापना भएको पचासौंँ वार्षिकोत्सवलाई नेपालको पर्यटन र आर्थिक विकासका लागि महत्वपूर्ण हुने गरी मनाउनुपर्नेमा जोेड दिए ।

अध्यक्ष तिमिल्सिनाले नेपालको आर्थिक विकासमा दक्षिण कोरियाको  सहयोग उल्लेखनीय रहेको बताउँदै सामसुङले जस्तै अन्य कारखाना पनि नेपालमै राखेर उत्पादन गर्न आग्रह गरे । उनले अहिले कोरियामा नेपाली श्रमिकले काम गरिरहेको अवस्थामा नेपालमै काराखाना राख्दा श्रमसमेत सस्तो हुने भएकाले कोरियाली कम्पनीलाई पनि व्यापारमा थप लाभ हुनसक्ने जिकिर गरे ।

अध्यक्ष तिमिल्सिनाले आफूले कोरियाको औपचारिक भ्रमणका क्रममा पनि यस विषयमा कुरा राखेको अवगत गराउँदै भविष्यमा नेपालको जलस्रोत, कृषि र पर्यटनका क्षेत्रमा पनि कोरियाली लगानी भित्रने अपेक्षा गरे । कोरियाली पर्यटकको नेपालप्रति आकर्षण रहेकाले आगामी दिनमा पर्यटकको सङ्ख्या दोब्बर वृद्धि गर्ने उद्देश्यसहित काम अघि बढाउन सुझाव दिँदै उनले नेपाल एयरलायन्सको कोरियामा सिधा उडान सुरु गर्न पनि आग्रह गरे ।

दुबै एयरलायन्सले उडान सञ्चालन गर्दा भाडादर सस्तो हुने र  नेपाल आउने पर्यटकको सङ्ख्या वृद्धि हुने भएकाले नेपाली श्रमिक र कोरियाली पर्यटक दुबै लाभान्वित हुन सक्नेमा अध्यक्ष तिमिल्सिनाले  ध्यानाकर्षण गराए।

राजदूत तइयोङले कोरियाको रोजगार क्षेत्रमा नेपाली कामदारको उल्लेख्य उपस्थिति रहेकाले  कोरियामा सिकेको सीप र आर्जन गरेको पुँजीलाई नेपालमा फर्केर उद्योग तथा व्यवसायमा लगाउने वातावरण बनाउन  आग्रह गरे । नेपालीहरूको स्वदेश फर्केपछि अहिले घर र गाडीमा लगानी गर्ने क्रम बढेकामा चिन्ता व्यक्त गर्दै उनले त्यसको साटो रोजगारी सिर्जना गर्दा देश र जनताका साथै सम्बन्धित व्यक्तिलाई  पनि फाइदा हुनसक्नेमा जोड दिए ।

नेपाली श्रमिक शिष्ट, मेहनती र अनशासित रहेको बताउँदै राजदूत तइयोङले नेपालबाट जाने श्रमिकको सङ्ख्या आगामी दिनमा बढ्दै जाने विश्वास ब्यक्त गरे । उनले नेपाल र कोरियाको कूटनीतिकसम्बन्ध स्थापना भएको स्वर्ण जयन्तीको अवसरमा आफ्नो मुलुकले विशेष कार्यक्रम गर्ने योजना बनाएको बताए ।

कोरियाको संसद्मा कोरिया–नेपाल मैत्री समूह गठन भएको जानकारी दिँदै राजदूत तइयोङले नेपालको सङ्घीय संसद्ले पनि छिट्टै मैत्री समूह गठन गर्ने विश्वास व्यक्त गर्नुभयो । नेपाल विश्वकै दोस्रो ठूलो जलस्रोतको देश भएको बताउँदै उनले जलविद्युत्लगायत क्षेत्रमा आफ्नो मुलुक लगानी गर्न इच्छुक रहेको पनि जानकारी दिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

विपिन जोशी जिवित रहेकोमा इजरायलको आशंका

एजेन्सी । इजरायल–हमास युद्धमा झण्डै दुई वर्षदेखि बेपत्ता भएका नेपालका विपिन जोशी जीवितै रहेकोमा इजरायली अधिकारीहरूले नै आशंका व्यक्त गरेका

रेबिज लागेर १ जनाको मृत्यु

चितवन । रेबिज लागेर इच्छाकामना गाउँपालिका–२ का ३२ वर्षीय मीनबहादुर प्रजाको मृत्यु भएको छ । निजको भरतपुर अस्पतालमा उपचारका क्रममा

नेपालीको औषत आयु ६० वर्ष

काठमाडौँ । नेपालीको औषत आयु ६० वर्षसम्म रहेको राष्ट्रिय तथ्यांक कार्यालयको अध्ययनले देखाएको छ । २०७८ सालको राष्ट्रिय जनगणना अनुसार

भक्तपुरले जित्यो फुल कन्ट्याक्ट किक बक्सिङको उपाधि

भक्तपुर । भक्तपुरमा पहिलो पटक आयोजना गरिएको फुल कन्ट्याक्ट किक बक्सिङ प्रतियोगिता मा आयोजक टिम भक्तपुर नै समग्र विजेता बन्न

सुरक्षण मुद्रण उपकरण खरिदमा विकल पौडेल भ्रष्टाचारी ठहर

काठमाडाैँ । विशेष अदालतले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई उपकरण खरिद गर्दा भ्रष्टाचार गरेको कसूरमा दोषी ठहर

मनसुनजन्य विपद् व्यवस्थापनका लागि पूर्वतयारी

काठमाडौँ । सरकारले मनसुनजन्य विपद् व्यवस्थापनको पूर्वतयारीसँगै विपदपछिको पुनर्निर्माणका लागि सक्रियता बढाएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन

Techie IT