Techie IT
२०८२ वैशाख २४, बुधबार
NepaliPatra logo
गृहपृष्ठनेपालस्नातकोत्तर पढ्ने पत्रकारलाई रामपुर नगरपालिकाको सहयोग

स्नातकोत्तर पढ्ने पत्रकारलाई रामपुर नगरपालिकाको सहयोग


पाल्पा । पाल्पाको रामपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि नीति तथा कार्यक्रममा पत्रकारिता क्षेत्रलाई प्राथमिकतामा राखेको छ । नगरपालिकाले पत्रकारको क्षमता विकासका लागि स्नातकोत्तर तहमा पत्रकारिता विषय लिएर अध्ययन गर्न चाहने पत्रकारलाई विशेष सहयोग गर्ने भएको छ ।

आगामी आव २०८०÷८१ का लागि नीति तथा कार्यक्रममा पत्रकारितासम्बन्धी नीतिमा नगरका क्रियाशील पत्रकारलाई अध्ययनका लागि विशेष सहयोग गरिने उल्लेख छ । उक्त कार्यक्रम पाल्पाकै नमूना भएको नगरपालिकाले जनाएको छ ।

पत्रकारिता गर्ने सञ्चारकर्मी तथा पत्रकारिता क्षेत्रको विकासका लागि नगरपालिकाले आगामी आवदेखि लागू हुने गरी स्नातकोत्तर तहमा अध्ययन गर्ने पत्रकारका लागि नीति तथा कार्यक्रममा समावेश गरेको नगरप्रमुख रमणबहादुर थापा बताउँछन् ।

“राज्यको चौथो अङ्गका रूपमा रहेको पत्रकारिता क्षेत्रले समाजको सही, सत्य र निष्पक्ष सूचना प्रवाह गरेको हुन्छ”, उनले भने, “त्यस क्षेत्रमा क्रियाशील पत्रकारलाई दक्ष बनाउन स्नातकोत्तर तह पढ्नेलाई रामपुर नगरले विशेष सहयोग गर्नेछ ।”

पत्रकारिता विषय अध्ययनका लागि नगरभित्र रहेर सक्रियरूपमा पत्रकारिता गर्ने पत्रकारले विशेष सुविधा पाउनेछन् । यस कार्यक्रमले रामपुरमा क्रियाशील पत्रकारमा खुसीयाली छाएको छ । पत्रकारिता विषय लिएर अध्ययन गर्ने मन भए पनि अर्थाभावमा रहेका पत्रकारलाई यो कार्यक्रमले धेरै सुविधा पुग्नेछ ।

रामपुर नगरपालिकाभित्र हाल एफएम रेडियो, टेलिभिजन, अनलाइन, छापा माध्यमलगायतका विभिन्न सञ्चारमाध्यममा गरी करिब ३० सञ्चारकर्मी क्रियाशिल छन् । पाल्पाको सदरमुकाम तानसेनबाट करिब ६५ किलोमिटर पूर्वमा रहेको रामपुरमा पछिल्लो समय सञ्चारमाध्यमको विकास हुँदै जाँदा पत्रकारितामा रुचि राख्ने सञ्चारकर्मी पनि बढ्दै गएका छन् ।

रामपुरमा बसेर राष्ट्रियस्तरका विभिन्न सञ्चारमाध्यममा पत्रकारिता गर्ने जनशक्ति उत्पादन भएको छ । पत्रकारिता विषय लिएर स्नातकोत्तर तहसम्मको अध्ययन गर्ने पत्रकार भने अति न्यून छन् । समाजमा भएका यथार्थ घटना पत्रकारले देश तथा विदेशमा खबर पुर्याउने भएकाले राम्रो र सक्षम पत्रकार उत्पादन गर्न उनीहरूको शैक्षिक गुणस्तर विकासका लागि आगामी आवदेखि लागू हुने गरी नयाँ कार्यक्रम ल्याएको नगरका प्रशासकीय अधिकृत लेखनाथ न्यौपाने बताउँछन् ।

स्नातकोत्तर तहमा पत्रकारिता अध्ययन गर्नका लागि धेरै रकम लाग्ने, अर्कोतर्फ काठमाडौँमा नै गएर भर्ना भएर पढ्नुपर्दा आर्थिक भार हुने हुँदा पढ्ने रुचि भएर पनि धेरैले पढ्न नसकिरहेको अवस्था छ । नगर सरकारले विशेष सहयोग कार्यक्रम ल्याएपछि पत्रकारितामै भविष्य बोकेका पत्रकारलाई धेरै राहत मिल्ने नेपाल पत्रकार महासङ्घ पाल्पा शाखाका सदस्य दुर्गेश मल्ल बताउँछन् ।

पत्रकारिता क्षेत्रमा केही अध्ययन गरेर राम्रो गर्छु भनेर लागिरहेका छन् । कतिपय पत्रकारिता क्षेत्र नै राम्ररी नबुझीकन यो क्षेत्रमा लागेका छन् । रामपुर नगरले पत्रकारिता क्षेत्रलाई महत्व दिएर नीति तथा कार्यक्रममा समावेश गरेपछि पत्रकारिता गरिरहेका सञ्चारकर्मी उत्साहित बनेका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नेपालीको औषत आयु ६० वर्ष

काठमाडौँ । नेपालीको औषत आयु ६० वर्षसम्म रहेको राष्ट्रिय तथ्यांक कार्यालयको अध्ययनले देखाएको छ । २०७८ सालको राष्ट्रिय जनगणना अनुसार

भक्तपुरले जित्यो फुल कन्ट्याक्ट किक बक्सिङको उपाधि

भक्तपुर । भक्तपुरमा पहिलो पटक आयोजना गरिएको फुल कन्ट्याक्ट किक बक्सिङ प्रतियोगिता मा आयोजक टिम भक्तपुर नै समग्र विजेता बन्न

सुरक्षण मुद्रण उपकरण खरिदमा विकल पौडेल भ्रष्टाचारी ठहर

काठमाडाैँ । विशेष अदालतले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई उपकरण खरिद गर्दा भ्रष्टाचार गरेको कसूरमा दोषी ठहर

मनसुनजन्य विपद् व्यवस्थापनका लागि पूर्वतयारी

काठमाडौँ । सरकारले मनसुनजन्य विपद् व्यवस्थापनको पूर्वतयारीसँगै विपदपछिको पुनर्निर्माणका लागि सक्रियता बढाएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन

अब नौबिसे–नागढुङ्गा सडक १० दिनसम्म रातमा चार घण्टा बन्द हुने

काठमाडौँ । नागढुङ्गा–नौबिसे सडक खण्डअन्तर्गत नागढुङ्गा–पिप्लामोड खण्ड आजदेखि १० दिनसम्म रातको समयमा चार घण्टा बन्द हुने भएको छ । मर्मतका

राष्ट्रकविको जन्मस्थानमा उद्यान निर्माण

लमजुङ । राष्ट्रकवि माधव घिमिरको जन्मथल मस्र्याङ्दी गाउँपालिका–६ स्थित पुस्तुन बाहुनडाँडामा ‘राष्ट्रकवि उद्यान र सालिक’ निर्माण गरिएको छ । गण्डकी

Techie IT