Techie IT
२०८१ जेठ ४, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिसमलिंगी विवाहले सामाजिक विकृति सिर्जना गर्छः कमल थापा

समलिंगी विवाहले सामाजिक विकृति सिर्जना गर्छः कमल थापा


काठमाडौँ। राप्रपा नेपालका अध्यक्ष कमल थापाले समलिंगी विवाहले सामाजिक विकृति सिर्जना गर्ने बताएका छन्। सामाजिक सञ्जालमा एक पोस्ट गर्दै अध्यक्ष थापाले सो कुरा बताएका हुन्।

समलिंगी विवाह दर्ताको सम्बन्धमा सर्वोच्च अदालतले गरेको फैसला त्रुटिपूर्ण रहेको उनको भनाई छ। विवाह महिला र पुरुषबीचको पवित्र सम्बन्ध र समलिंगी विवाह सामाजिक मान्यता र संस्कार विपरीत रहेको उनको भनाइ छ।

अध्यक्ष थापाले ट्वीटरमा लेखेका छन्, ‘समलिंगी विवाह दर्ताको सम्बन्धमा सर्वोच्च अदालतको फैसला त्रुटिपूर्ण छ। समलिंगी विवाह प्राकृतिक नियम, सामाजिक मान्यता र संस्कार विपरीत छ। विवाह महिला र पुरुषबीचको पवित्र सम्बन्ध हो। समलिंगी विवाहले वैधानिकता पाउने हो भने यसले पारिवारिक झमेला एवं सामाजिक विकृति सिर्जना गर्दछ।’

बुधबार सर्वोच्च अदालतले यौनिक तथा लैंगिक अल्पसंख्यक नागरिकको विवाह दर्ता गर्न आदेश दिएको थियो।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

प्रतिनिधि सभाको बैठक २ बजेसम्मका लागि स्थगित

काठमाडौँ । प्रतिनिधिसभाको बैठक २ बजेसम्मका लागि स्थगित भएको छ । सभामुखको सचिवालयका अनुसार आज बिहान ११ बजेदेखि बस्ने भनिएको

सभामुख घिमिरेले पक्षपाती व्यवहार गरेको नेविसंघको आरोप

काठमाडौँ । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघले प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पक्षपाती व्यवहार संसदीय व्यवस्थामाथिको प्रहार गरेको आरोप लगाएको

ओखरबोट राजधानी काठमाडाैँ रात्री डिलक्स बस सेवा सुरू

बागलुङ । गलकोट नगरपालिका वडा नं ४ को केन्द्र ओखरबोट राजधानी काठमाडाैँ रात्री डिलक्स बस सेवा सुरू भएको छ ।

प्रधानमन्त्रीले जेठ ७ गते विश्वासको मत लिने

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही जेठ ७ गते विश्वासको मत लिने भएका छन् । जनता समाजवादी पार्टी नेपालले

काँग्रेससहित विपक्षी दलहरुको संयुक्त बैठक

काठमाडौँ । नेपाली काँग्रेससहित विपक्षी दलहरुको संयुक्त बैठक बसिरहेको छ । काँग्रेसको संसदीय दलको बैठक सकिएलगत्तै काँग्रेसले विपक्षी दलहरुको संयुक्त

कांग्रेसले समय मागेपछि प्रतिनिधिसभाको बैठक बस्न ढिलाइ

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले केही समय मागेपछि प्रतिनिधिसभाको बैठक बस्न ढिलाइ भएको छ । प्रतिपक्षी दलले केही

Techie IT